निर्वाचन सुरक्षा चुस्त, मतदान गर्न हुनुस् ढुक्क


२० फागुन, काठमाडौं । भोलि (बिहीबार) हुने प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ ।

निर्वाचन गराउन ७७ वटा जिल्लाका मतदानस्थलहरूमा सुरक्षाकर्मीहरू पुगेर गस्ती, पेट्रोलिङ गरिरहेका छन् । नेपाली सेनादेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, निर्वाचन प्रहरीहरू देशभरका मतदान स्थलहरूमा पुगिसकेका छन् ।

एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना २०८२ अनुसार अहिले सुरक्षाकर्मीहरू खटिएर ड्यूटी गरिरहेका छन् । यही कार्ययोजना अनुसार नेपाली सेनाले अहिले काम गरिरहेको छ ।

तोकिएकै मिति २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन होला/नहोला भन्ने दुविधा र आशंकाहरू गर्नेहरूको संख्या पनि बाक्लो थियो । यसरी आशंका गर्ने र निर्वाचन बिथोल्न खोज्ने समूहलाई पराजित गर्दै सरकारले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा गरेको छ ।

सुरक्षाकर्मीदेखि, स्रोत साधन सबै कोणबाट पूरापुर तयारी भइसकेकाले बिना त्रास शान्तिपूर्ण वातावरणमा मतदान गर्न अवस्था बनेको छ । सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओम प्रकाश अर्यालले यसपालीको निर्वाचन पहिला भन्दा सुदृढ तरिकाले स्वच्छ, निश्पक्ष र धाँधलीरहित तरिकाले सम्मपन्न हुने बताएका छन् ।भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गरेका छौं । अहिलेको निर्वाचनले लोकतन्त्रको गुणस्तर सुदृढ गर्छ,’ गृहमन्त्री अर्यालले भने ।

छुटाउनुभयो कि ?

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...
बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बुटवलभोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको द एसआर होटलले दीप प्रज्वलन गरी ...
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ ।सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद ...
भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ ।जसमध्ये रसुवा...