निर्वाचन सुरक्षा चुस्त, मतदान गर्न हुनुस् ढुक्क


२० फागुन, काठमाडौं । भोलि (बिहीबार) हुने प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ ।

निर्वाचन गराउन ७७ वटा जिल्लाका मतदानस्थलहरूमा सुरक्षाकर्मीहरू पुगेर गस्ती, पेट्रोलिङ गरिरहेका छन् । नेपाली सेनादेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, निर्वाचन प्रहरीहरू देशभरका मतदान स्थलहरूमा पुगिसकेका छन् ।

एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना २०८२ अनुसार अहिले सुरक्षाकर्मीहरू खटिएर ड्यूटी गरिरहेका छन् । यही कार्ययोजना अनुसार नेपाली सेनाले अहिले काम गरिरहेको छ ।

तोकिएकै मिति २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन होला/नहोला भन्ने दुविधा र आशंकाहरू गर्नेहरूको संख्या पनि बाक्लो थियो । यसरी आशंका गर्ने र निर्वाचन बिथोल्न खोज्ने समूहलाई पराजित गर्दै सरकारले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा गरेको छ ।

सुरक्षाकर्मीदेखि, स्रोत साधन सबै कोणबाट पूरापुर तयारी भइसकेकाले बिना त्रास शान्तिपूर्ण वातावरणमा मतदान गर्न अवस्था बनेको छ । सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओम प्रकाश अर्यालले यसपालीको निर्वाचन पहिला भन्दा सुदृढ तरिकाले स्वच्छ, निश्पक्ष र धाँधलीरहित तरिकाले सम्मपन्न हुने बताएका छन् ।भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गरेका छौं । अहिलेको निर्वाचनले लोकतन्त्रको गुणस्तर सुदृढ गर्छ,’ गृहमन्त्री अर्यालले भने ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...