प्रधानमन्त्री बालेन्द्र शाहलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ
काठमाडौंप्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई गाली गरेका सामग्री युटुबमा प्रसारण गरेको आरोपमा पाँचथरबाट एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल रहेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।हाल उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट दशदिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।
...








