रातोपाटी डटकमको सम्पादकमा दिपक ज्ञवाली नियुक्त
बुटवल
रातोपाटी न्युज नेटवर्क’द्वारा सञ्चालित अनलाइन पोर्टल रातोपाटी डटकमको सम्पादकमा पत्रकार दीपक ज्ञवाली नियुक्त भएका छन् । ‘रातोपाटी न्युज नेटवर्क’ को सोमबार बसेको बोर्ड बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ज्ञवालीलाई सम्पादक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सोहीअनुसार मङ्गलबार ललितपुरको बखुन्डोलस्थित रातोपाटीको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहकाबिच उनलाई अध्यक्ष विजया शर्माले स्वागत गरिन् ।
गुल्मीको रुरु गाउँपालिकामा जन्मिएका ज्ञवालीसँग पत्रकारिताको तीन दशक लामो अनुभव रहेको छ । उनले रातोपाटीअघि हिमाल खबर पत्रिका, समय (म्यागेजिन), राजधानी दैनिक, स्पेसटाइम दैनिक, दैनिक लुम्बिनी, भावना दैनिक, लुम्बिनी रिभ्यू डटकम, रेडियो लुम्बिनी, रासस लगायतका सञ्चार संस्थाहरुमा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् ।लिथो, लेटरप्रेसदेखि आधुनिक डिजिटल प्लेटफर्मसम्मको अनुभव बोकेक...








