तिलोत्तमा मिडिया क्लबद्वारा पत्रकारको क्षमता विकास तालिम तथा ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रम सम्पन्न


रुपन्देही
तिलोत्तमा मिडिया क्लबको आयोजना तथा तिलोत्तमा नगरपालिका रुपन्देहीको सहयोगमा पत्रकारहरुको क्षमता विकास कार्यक्रम तथा ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
क्लवका अध्यक्ष विपी गौतमको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वर देवी चौधरी, पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष तथा ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कारका संस्थापक मोहन चापागाईं, क्लवका उपाध्यक्ष टिआर शर्मा, सचिव कल्पना तिवारी लगायतले वोल्दै पत्रकारितामा राज्यले अंकुश लगाउन नहुने भन्दै निर्णय सच्याउन संघिय सरकारसंग माग गरेका छन्।
उनिहरुले पुरस्कृत हुने पत्रकार रेखा भुसाललाई वधाई दिंदै देश र नागरिकको सरोकारका विषयमा अझ वढि शशक्त भएर लाग्ने प्रेरणा प्राप्त होस् भन्ने शुभकामना दिएका थिए।
पुरस्कारको धनराशी २५ हजार रहेको र प्रत्येक वर्ष यसैगरी योग्य पत्रकारहरुलाई पुरस्कृत गरिने पुरस्कारका संस्थापक मोहन चापागाईंले जानकारी दिए।


पुरस्कृत पत्रकार रेखा भुसालले पुरस्कार तथा सम्मानले अझ वढि जवाफदेही वन्ने प्रेरणा मिलेको बताएकी थिइन्।

प्रशिक्षण समेत रहेको कार्यक्रममा प्रशिक्षण दिंदै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं राष्ट्रिय समाचार समितिका निवर्तमान अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिताको गरिमा बढाउने पत्रकार स्वयंले हुनाले पत्रकारले आचारसंहिता,भाषा,शैली,सिद्धान्त पालना गर्नुपर्नेलगायतका विषयमा प्रशिक्षण दिएका थिए।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...