रातोपाटी डटकमको सम्पादकमा दिपक ज्ञवाली नियुक्त



बुटवल

रातोपाटी न्युज नेटवर्क’द्वारा सञ्चालित अनलाइन पोर्टल रातोपाटी डटकमको सम्पादकमा पत्रकार दीपक ज्ञवाली नियुक्त भएका छन् । ‘रातोपाटी न्युज नेटवर्क’ को सोमबार बसेको बोर्ड बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ज्ञवालीलाई सम्पादक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सोहीअनुसार मङ्गलबार ललितपुरको बखुन्डोलस्थित रातोपाटीको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहकाबिच उनलाई अध्यक्ष विजया शर्माले स्वागत गरिन् ।

गुल्मीको रुरु गाउँपालिकामा जन्मिएका ज्ञवालीसँग पत्रकारिताको तीन दशक लामो अनुभव रहेको छ । उनले रातोपाटीअघि हिमाल खबर पत्रिका, समय (म्यागेजिन), राजधानी दैनिक, स्पेसटाइम दैनिक, दैनिक लुम्बिनी, भावना दैनिक, लुम्बिनी रिभ्यू डटकम, रेडियो लुम्बिनी, रासस लगायतका सञ्चार संस्थाहरुमा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् ।
लिथो, लेटरप्रेसदेखि आधुनिक डिजिटल प्लेटफर्मसम्मको अनुभव बोकेका ज्ञवालीले मिडिया टेक्नोलोजी, जोखिम पत्रकारिता, भ्रष्टाचार निवारण र आमसञ्चार जस्ता विषयमा अध्ययन, अनुसन्धान र प्रशिक्षण समेत दिँदै आएका छन् ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...