गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजद्वारा भित्ते पात्रो विमोचन एवं नवबर्षको शुभकामना आदानप्रदान


रुपन्देही
गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले नयाँ वर्ष वि.सं.२०८३को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ।
समाजका अध्यक्ष बुद्धि प्रसाद ज्ञवालीको अध्यक्षतामा आईतबार बुटवलमा सम्पन्न कार्यक्रममा वोल्दै संस्थापक अध्यक्ष नारायणप्रसाद ज्ञवालीले सम्पर्क समाजले जसरी रुपन्देहीमा बसोबास गर्ने बलेटक्सारेली र जन्मस्थललाई सक्दो योगदान गर्ने उद्देश्य रहेको र थप शशक्त वनाउन आवस्यक रहेको धारणा राखेका थिए।
उनले भित्ते पात्रोले जानकारी मात्र नभएर पेसा व्यवसायको बृद्धि, विस्तार संगै भातृत्व विकास गर्ने विश्वास व्यक्त गरे।
उनले नयाँ बर्षले देश र नागरिकमा स्थिरता, सम्बृद्धि, हर्षोल्लासको वर्ष रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

अध्यक्ष बुद्धि प्रसाद ज्ञवालीले भित्ते पात्रोले समग्र बलेटक्सारेलीहरुको एकता, भातृत्व,पेसा, व्यवसायमा बिस्तार हुने भन्दै विज्ञापन उपलव्ध गराउने विज्ञापन दाता हरु प्रति आभार व्यक्त गरेका थिए।
उनले नयाँ वर्षले सम्पर्क समाजमा आवद्व बलेटक्सारेली लगायत देश तथा विदेशमा रहेका नेपालीहरुको उन्नति, सुस्वास्थ्य, हर्षोल्लासको बर्ष बनोस् भन्ने कामना गरेका थिए। साथै आफ्नो कार्यकालमा बलेटक्सारेलीहरुको हितमा केही राम्रा कामहरू गर्ने योजना रहेको र सवैलाई साथ दिन आग्रह गरेका थिए।

समाज गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा वडा नम्बर ४, साविकको बलेटक्सार गाविसबाट विभिन्न पेशा, व्यवसाय र बसाईसराई गरी रुपन्देही आएर वसोबास गरेका बलेटक्सारेली हरुले सुख दुःख साटासाट गर्ने ,भातृत्व, एकता स्थापित गर्ने र सक्दो जन्मस्थललाई योगदान गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो।
सम्पर्क समाजका सल्लाहकार हेम थापा,निवर्तमान अध्यक्ष कपिल ज्ञवाली, सल्लाहकार पिताम्बर गौतम, वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद ज्ञवाली, सचिव वरुण ज्ञवाली,पुर्व कोषाध्यक्ष चिरञ्जिवी ज्ञवाली ,सदस्यहरू किरण ज्ञवाली, राम प्रसाद ज्ञवाली,हरि प्रसाद गौतम, चेतनारायण आचार्यलगायतले पात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए।

छुटाउनुभयो कि ?

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरापोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत दुबई जाने यात्रुहरूलाई पोखरा महा...
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

काठमाडौंमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरु...
महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...