ताजा अपडेट

रेसुङ्गा क्याम्पसको अवस्था सुधारको लागी कर्मचारी हेरफेर गरिदै ।

रेसुङ्गा क्याम्पसको अवस्था सुधारको लागी कर्मचारी हेरफेर गरिदै ।

Breaking news 2, ताजा अपडेट, शिक्षा, समाचार
गुल्मी । आर्थिक रुपमा थला पर्दै गएको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पस भित्रको वेथिती अन्त्य गर्न क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामी निर्मम बन्ने संकेत देखाएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गर्दै त्यस्तो संकेत देखाएका हुन् । भलामीले राजनीतिक नियुक्ती जस्तो गरि प्राध्यापक र कर्मचारी भर्ना हुने , सञ्चालक समिति पनि राजनैतिक भागबण्डा मै चुनिने भएकोले क्याम्समा बेतिथी आएको धारणा राखे ।उनले भने– ‘यहाँ भित्रका बेथिती र अनुत्तरदायि प्रबृत्ति देखिएको पाईयो, त्यसको अन्त्य गर्दै क्याम्पसलाई पुरानै लयमा होईन, नयाँढंगबाट सञ्चालन गर्नका लागि हामी निर्मम बन्न तयार छौं र हामी भन््न चाहन्र्छा कि राजनीतिक कोट र जुत्ता गेट बाहिरै निकालेर विद्यार्थी पढाउन क्याम्पस छिर्नुस ।” ७ महिना देखिको प्राध्यापक कर्मचारीहरुको झण्डै डेढ करोड रुँपैयाँ तलव खुवाउन नसकेको कारण देखाउँदै गत साउन २...
वर्गीय मायाले भेट भोनि हाम्रो फेरी ।

वर्गीय मायाले भेट भोनि हाम्रो फेरी ।

ताजा अपडेट, फिचर, समाचार, स्थानीय
कृष्ण अन्जान ,गुल्मी नेकपा एमाले गुल्मीको पार्टी कार्यालय तम्घासमा साेमवार बिहानै देखि चहल पहल छ ।त्यसाे त एमाले पार्टी कार्यालय तम्घासमा यसै पनि चहल पहल भई रहन्छ तर याे चहलपहलकाे प्रयाेजन बेग्लै छ । अघिल्लाे दिननै एमाले गुल्मीका शिर्ष नेताहरु तम्घास पुगि सकेका थिए भने उम्मेदवार चयनका विषयमा एमालेले जिल्ला कमिटीकाे बैठक आयाेजना गरेकाले एमाले कार्यकर्ताहरुकाे चहल पहल नहुने कुरे भएन । अझ त्यसैमा पनि एमालेबाट बिभाजन भएर गएका हस्तिहरु सँघिय र प्रादेशिक निर्वाचनकाे चहल पहल बढिरहँदा एमालेलेमै फर्किने तयारीले एमाले गुल्मी उत्साहित हुनु स्वाभाविक थियाे । यसै बिच पार्टी कार्यालयमा आयाेजित विशेष समारोहका बिच नेकपा एकीकृत समाजवादीका दुई केन्द्रीय सदस्यसहित गुल्मीको जिल्ला नेतृत्व नेकपा एमालेमा प्रवेश गरेको सनसनी पुर्ण कार्यक्रम शुरुभयाे । एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्...
गुल्मी १ मा ज्ञवाली र २ मा विष्टसहित ३ जना सिफारिस

गुल्मी १ मा ज्ञवाली र २ मा विष्टसहित ३ जना सिफारिस

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
sanchar patra १९ भदौ, गुल्मी । नेकपा एमालेले गुल्मी क्षेत्र नम्बर–१ मा प्रदीपकुमार ज्ञवालीलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर १ कमिटीको रिडीमा बसेको भेलाले ज्ञवालीलाई सर्वसम्मत उम्मेदवार बनाउने सिफारिस गरेको नेकपा एमाले केन्द्रिय सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले बताए । ज्ञवाली ०५६ सालदेखि ०७४ सालसम्ममा तीन पटक निर्वाचित भएका छन् । उनी ०७० सालमा भने नेपाली कांग्रेसका डा.चन्द्र भण्डारीसँग पराजित भएका थिए । गुल्मी क्षेत्र नम्बर–२ मा गोकर्णराज बिष्ट सहित ३ जनाको नाम सिफारिस भएको छ । नेकपा एमाले क्षेत्र नम्बर–२ को भेलाले गोकर्णराज बिष्टका अलवा राजेन्द्र अर्याल र शेषकान्त गौतमलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । सिफारिस भएकामध्ये बिष्ट ३ पटकसम्म निर्वाचित सांसद हुन् । बिष्ट ०५६ सालदेखि ०७४ सालसम्मा ३ पटकसम्म निर्वाचित भएका हुन...
गुल्मी क्षेत्र न १ बाट प्रतिनिधि सभा र्निवाचनका लागि नेकपा एमाले बाट ज्ञवाली सर्वसहमत सिफारिस

गुल्मी क्षेत्र न १ बाट प्रतिनिधि सभा र्निवाचनका लागि नेकपा एमाले बाट ज्ञवाली सर्वसहमत सिफारिस

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
कृष्ण अन्जान१९ भदौ, रिडीबजार गुल्मीमंसिर चारमा संघिय र प्रदेश निर्वाचनलाई लक्षित गरि नेकपा एमाले जिल्ला कमिटी गुल्मीले निर्वाचन क्षेत्र समन्वय कमिटी बैठक गुल्मी जिल्लामा आयोजना गरेको छ ।भाद्र १८ गते गुल्मी निर्वाचन क्षेत्र न २ को समन्वय समिति बैठक सम्पन्न गरि क्षेत्र न १ को निर्वाचन क्षेत्र समन्वय कमिटीले बैठक भाद्र १९ गते रुरुक्षेत्रको रिडीबजारमा आयोजना गरेको छ ।निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र १ को बैठकमा बोल्दै नेकपा एमालेका उपमहासचिव प्रदिप कुमारी ज्ञवालीले गठबन्धनको भयको मनोविज्ञानबाट मुक्त हुँदै निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन ।उनले परमादेश बाट कसरी एमालेलाई सत्ताबाट हटाईयो भन्ने कुरा पापधुरीबाट कराउँछ भनेझै सर्वोच्च अदालत जस्तो ठाउँमा सेटिँग गरिएको कुरा बाहिर आएको नेता प्रदिप ज्ञवालीले बताए ।गठबन्धनले जित्दा देश दुर्घटनामा जाने हुँदा राष्ट्रिय स्वाभिमान कायम ...
३० अर्बको गौतमबुद्ध विमानस्थलमा अनपेक्षित सन्नाटा

३० अर्बको गौतमबुद्ध विमानस्थलमा अनपेक्षित सन्नाटा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, माैसम, विदेश, स्थानीय
१८ भदौ, भैरहवा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिकका कारण बिहीबार विहान ९ बजे उड्नुपर्ने यति एयरलाइन्सको विमान आधा घण्टा ढिला साढे नौ बजे गन्तव्यतर्फ जान पायो । अवतरण हुँदा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भने सुनसान थियो । २ जेठ २०७९ बाट सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलमा हप्तामा जम्मा ३ वटा अन्तर्राष्ट्रिय उडान हुन्छ, त्यो पनि कुवेतबाट आउने जजिरा एयरको मात्र । शनिबार, सोमबार र बुधबार विहान जजिरा एयरको विमान यात्रु लिएर आउँछ र एकाध घण्टामा यात्रु भरेर फर्किन्छ । यो अन्तर्राष्ट्रिय विमानस्थलको साख त्यही जजिराका साप्ताहिक ३ उडानले थेगेको छ । त्यसबाहेकको बेला विमानस्थल सुस्ताउँछ । जमिनको मुआब्जासहित ३० अर्ब रुपैयाँभन्दा बढी लागतको यो विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र र अगाडि पार्किङ क्षेत्रमा कमिला दौडने गरेको भैरहवाका व्यवसायीहरु बताउँछन् । ...
रुरुक्षेत्रमा शुरु गर्यो एमालेले प्रशिक्षण सहित प्रचारात्मक अभियान

रुरुक्षेत्रमा शुरु गर्यो एमालेले प्रशिक्षण सहित प्रचारात्मक अभियान

ताजा अपडेट, स्थानीय
कृष्ण अन्जानरुरुनेकपा एमाले निकट कार्यकर्ताका लागि प्रचारात्मक प्रशिक्षणको प्याकेज बोकेर रुरुक्षेत्र गाउँपालिका कमिटी वडाहरुमा पसेको छ ।भदौ १८ गतेबाट श्रृङखलाबद्ध रुपमा हरेक वडाहरुमा आयोजना हुने प्रशिक्षणको पहिलो कक्ष रुरुक्षेत्र वडा न २ को निरकुंशकालको ऐतिहासिक सेल्टर सटाखोला र रुरुक्षेत्र ३ को थानपति एकैपटक शुरु गरिएको छ ।मुख्यतया पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिन र जनताको बहुदलीय जनवाद ,समाजवादमा पुग्ने आधार ,पार्टीको बर्तमान कार्यनीति आगामी निर्वाचनका विषयमा केन्द्रित रहि प्रशिक्षण कार्यक्रम सन्चालन गरिएको छ ।रुरुक्षेत्र गाउँपालिक वडा न २ मा मार्क्सवादी अवधारणा र पार्टीको ऐतिहासिक पृष्ठभूमि विषयमा नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य समेत रहेका प्रदेश साँसद कमल राज श्रेष्ठल प्रशिक्षण दिएका थिए भने ,पार्टीका लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद ज...
नेविसंघ कार्यकर्ताप्रति प्रधानमन्त्रीको आक्रोश : लगेर थुन्दिए हुन्छ उनीहरूलाई

नेविसंघ कार्यकर्ताप्रति प्रधानमन्त्रीको आक्रोश : लगेर थुन्दिए हुन्छ उनीहरूलाई

ताजा अपडेट, फिचर, शिक्षा, समाचार
१५ भदौ, काठमाडौं । चार दिनअघि त्रिवि कार्यकारी परिषद् बैठक बसिरहेको एक होटलमा नेविसंघ त्रिवि इकाइका योगेन्द्र रावलको समूहले घेराबन्दी गरेर कागजात नियन्त्रणमा लियो । त्रिवि परिसरभित्र बैठक गर्न नपाएका पदाधिकारी कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा गएका थिए । तर नेविसंघका कार्यकर्ताको रवाफ यस्तो थियो, मानौं त्यो कागजात उनीहरुले विश्वविद्यालयका अधिकारीहरुबाट होइन, अपराधीहरुबाट बहादुरीपूर्वक खोसिल्याउन सफल भएका हुन् । विश्वविद्यालयका कुलपति अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवा त्यही नेविसंघका संस्थापक सभापति हुन् । आफ्नो दलसँग जोडिएका भ्रातृसंस्था कार्यकर्ताहरुको ताल देखेर उनी स्वयं आजित भए । मिडियामा कागजात कब्जाको खबर फैलिएसँगै उनले गृहमन्त्रीलाई भने, ‘चोरी मुद्दा लगाउनुस् तिनीहरुलाई, लगेर थुन्दिए हुन्छ ।’ प्रधानमन्त्री जति रिसाए पनि त्यहाँ उपस्थित गृहमन्त्री बालकृष्ण खाँणको ...
७० जिल्लामा डेङ्गीको सङ्क्रमण : ललितपुरमा सबैभन्दा धेरै, ८० प्रतिशतलाई लक्षण नै देखिँदैन

७० जिल्लामा डेङ्गीको सङ्क्रमण : ललितपुरमा सबैभन्दा धेरै, ८० प्रतिशतलाई लक्षण नै देखिँदैन

Breaking news 2, ताजा अपडेट, समाचार
काठमाण्डाै - ७० जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको पाइएको छ । अहिलेसम्म ७० जिल्लाका २ हजार ५ सय ३९ जनालाई सङ्क्रमण पुष्टि भएको छ । विगतका वर्षमा भन्दा यसपालि डेङ्गीको सङ्क्रमण फैलिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार वाग्मती, लुम्बिनी र प्रदेश-१ का १० जिल्लामा डेङ्गीको सङ्क्रमण धेरै फैलिएको छ । दाहालका अनुसार डेङ्गीको सङ्क्रमण भए पनि ८० देखि ८५ प्रतिशतलाई लक्षण देखिँदैन । त्यसैले सामान्य लक्षण देखिनासाथ उपचारमा जान उहाँको सुझाव छ । सबैभन्दा धेरै वाग्मती प्रदेशको ललितपुरमा डेङ्गीका बिरामी धेरै छन् । अहिलेसम्म ललितपुरमा ८ सय ५८ जना सङ्क्रमित भएका छन् । अहिले काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकुमा  दैनिक ७० जनासम्म उपचारका लागि पुग्ने गरेका ...
आज हरितालिका तीज व्रत, महिलालाई बिदा

आज हरितालिका तीज व्रत, महिलालाई बिदा

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, समाचार, समाज, स्थानीय
१४ भदौ, काठमाडौं । आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ । पछिल्लो समय भने तीज केही भड्किलो भएको संस्कृतविद्हरू बताउँछन् । आजका दिन पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लाग्ने गर्दछ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै न...

दूईवटा मोटरसाईकल ठक्कर खांदा शंकरनगरका दिदि भाईको ज्यानगयो

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल भदौ १२ रुपन्देहीको तिलोत्तमामा नगरपालिका वडा नं ६ गोर्कट्टामा दुईवटा मोटरसाईकल एक आपसमा जुद्धा २ जनाको ज्यान गएको छ।दुर्घटनाबाट ज्यान गुमाउनेमा तिलोत्तमा नगरपालिका ३ शंकरनगरकी १२ वर्षिया समिक्षा खराल र उनका भाइ ७ वर्षिय सुग्रीम खराल रहेका छन्। घटनामा थप दुई जना घाईते भएका छन्।मणिग्रामबाट गोरकट्टातर्फ जाँदै गरेको बुलेट मोटरसाईकल र गोरकट्टाबाट मणिग्रामतर्फ जाँदै गरेको पल्सर मोटरसाईकल एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा तिलोत्तमा ३ शंकरनगरकी १२ वर्षिया समिक्षा खराल र ७ वर्षिय सुग्रीम खराल रहेका छन्।त्यसैगरी दुर्घटनामा परि सुद्धोधन ३ का ३४ वर्षिय सुरज काफ्ले र तिलोत्तमा ३ की कमला खराल घाईते रहेको प्रहरीले जनाएको छ। उनीहरुको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भईरहेको छ । लु १६ प ६१३० र लु २८ प ४३७३ न...