ताजा अपडेट

गुल्मी बलेटक्सार- रुपन्देही सम्पर्क समाजको तीज मिलन

गुल्मी बलेटक्सार- रुपन्देही सम्पर्क समाजको तीज मिलन

गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
बुटवल गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वार्ड नं ४ साविक बलेटक्सार गाविसबाट पेशा व्यवसाय तथा बसाईसरी रुपन्देहीमा बसोबास गरेका बलेटक्सार वासिको वनबाटिकामा संस्थाको आठौं साधारण सभा तथा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।विभिन्न कारणले आफ्नो जन्मस्थान छाडी रुपन्देहीमा रहने वलेटक्सार वासिहरूको एकआपसी सद्भाव ,भातृत्व र तीजको अवसरमा नाचगान गरी मनोरञ्जन दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै रुरु क्षेत्र वार्ड नं ४ का वडा अध्यक्ष मोतीप्रसाद श्रेष्ठले विविध कारणले रूपन्देहीमा आई बसोबास गरेतापनि आफ्नो जन्मस्थानलाई माया गरी आर्थिक ,शैक्षिक ,स्वास्थ्य ,मनोरञ्जन जस्ता माध्यमबाट सहयोग गर्ने गरेकोमा संस्थालाई धन्यवाद दिए। उनले अहिले तीज जस्ता पर्वहरूमा मौलिकता कम हुँदै गएकोमा यस संस्थाले मौलिकतालाई प्राथमिकतामा राख्नेमा विश्वस्त हुँदै शुभकामना दिए। संस्थाका अध...
लुम्बिनी प्रदेशकाे ड्रिमप्राेजेक्ट निर्माणमा जनस्तरकाे चासाे आवस्यक अर्थमन्त्री पाैडेल

लुम्बिनी प्रदेशकाे ड्रिमप्राेजेक्ट निर्माणमा जनस्तरकाे चासाे आवस्यक अर्थमन्त्री पाैडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राेचक जानकरी, विविध, समाचार
बुटवल प्रदेशकाे गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल नयाँ भवनकाे शनिवार शिलान्यास गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलले आमनागरिक संग प्रत्यक्ष सराेकार राख्ने गाैरवकाे आयाेजना रहेकाेले निर्माणमा जनस्तरकाे चासाे रहनुपर्ने वताए । तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले तयार गरेको गुरुयोजना अनुसार मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारले भवन निर्माणका लागि शिलान्यास गरेपछि अत्याधुनिक भवनमा सेवा दिने अस्पतालको सपना पुरा हुने बाटोमा हिडेको हो। लुम्बिनी प्रदेश सरकार स्थापना भएपछि प्रदेश सरकार मातहतमा आएको प्रादेशिक अस्पताल लुम्बिनीको स्तर बृद्धि र अत्याधुनिक नयाँ भवन निर्माणको प्रयास सुरु भएको थियो। २०७६ सालमा तत्कालीन सरकारले ड्रिम प्रोजेक्टको रुपमा अघि बढाउने प्रक्रिया थालेको थियो। लुम्बिनी प्रदेशका बिरामी बिशेषज्ञ उपचार सेवा लिन का...
लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास अर्थमन्त्री विष्णु पौडेलले  गर्ने

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास अर्थमन्त्री विष्णु पौडेलले गर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राेचक जानकरी, विविध, समाचार, समाज, स्थानीय
बुटवल प्रदेश सरकारको गौरवको आयोजना रहेको लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शनिबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पूरानो संरचना हटाएर नयाँ संरचना निर्माणका लागि शिलान्यास गर्न लागिएको हो । शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीहरुसहित विभिन्न विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको छ । अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८५ साल पुस...
चितालाई भन्दा चिन्तालाई सदा-सहायताको खाँचो

चितालाई भन्दा चिन्तालाई सदा-सहायताको खाँचो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राेचक जानकरी, लेख रचना, विविध, शिक्षा, समाज
श्रीराम ज्ञवाली मानव सभ्यताको सुरुवात र अहिले एक्काइसौँ शताब्दीमा रहेर हामी जीवनयापन गरिरहँदा विकासक्रम के कसरी भइरहेको छ ?भन्ने कुरालाई गहन रुपमा लिन आवश्यक छ। मानव सभ्यताको सुरुवाती दिनहरूमा नितान्त गास(खाना) मात्र प्राथमिकता थियो क्रमश लत्ता कपडा (कपास)को आवश्यकता पर्यो ,त्यसैगरी घरबासको आवश्यकता र उपयोग सुरु भयो। यसरी तत्कालीन समयमा गास,वास र कपास आवश्यक रहेको मानव कर्मश स्वास्थ्य शिक्षासँगै अहिले विज्ञान र प्रविधिको युगमा छ। यी सबै मानिसलाई आवश्यकताका आधारमा सिर्जना गरिएका चिजहरू हुन्। र यी भौतिक आवश्यकता पूर्ति गरी जीवनयापन गरिरहँदा हामी समाज सामाजिक चेतना ,मानवीयता जस्ता नैतिक विकासलाई कत्तिको समानान्तर विकास गरिरहेका छौं त? सामाजिक प्राणीले भौतिक सुविधाबाट मात्रै सहज जीवनयापन गर्न सकिन्छ त? यो विषयमा गम्भीर हुनु आवश्यक छ। भौतिक सुख सुविधा भौतिक रुपमै रहन्छ भने आध्यात्मिकता,...
प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
१२ भदौ, काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले २४ भदौदेखि लागू हुने गरी उनलाई प्रधान सेनापतिमा नियुक्त गरेका राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा समाप्त हुँदैछ । कार्यकाल समाप्त हुनु एक महिनाअघि उनी बिदामा बसेकाले हाल सिग्देल कायम मुकायम प्रधान सेनापति छन् । ...
गुल्मीका चार पालिकामा विद्युत सेवा अवरुद्ध

गुल्मीका चार पालिकामा विद्युत सेवा अवरुद्ध

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
गुल्मी । जिल्लाको चार पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ ।रेसुङगा नगरपालिका वार्ड ६ तथा धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।यही भदौ १० गते राति हावाहुरीसँगै आएको चट्याङ र पानीले उनायचौरबाट धुर्कोट वस्तुमा रहेको सबस्टेसनसम्म जाने ३३ केभीको लाइनमा क्षति पुगेसँगै चार पालिकामा सेवा रोकिएको विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका सूचना अधिकारी भरत पोखरेलले जानकारी दिए ।विद्युत् अवरुद्ध हुँदा गाउँमा दैनिक काममा असहज हुनाका साथै मोबाइल चार्ज, मिल सञ्चालन, इन्टरनेटलगायत काममा बाधा पुगेको पोखरेलले बताए । वितरण केन्द्रले मर्मत गरिरहेको छ । अहिलेसम्म उनायचौरको विद्युत् स्टेसनबाट वस्तुको हर्रे भन्ने ठाउँसम्म पुगेको सूचना अधिकारी पोखरेलले बताए ।उनायचौरबाट जैसिथोकको भुवानसम्म मात्रै छ ठाउँमा बिग्रिएका मर्मत भइरहेको उनले भने । कार्यालयका प्रावि...
तिजको अवसरमा वृद्ध आमा हरुलाई सम्मान

तिजको अवसरमा वृद्ध आमा हरुलाई सम्मान

गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, विविध, समाचार, समाज, स्थानीय
रुपन्देही तिलोत्तमा १ ड्राइभरटोल स्थित द यश आर होटल ले ९१ वर्ष उमेर पुगेका ३ जना आमा हरुलाई दोसल्ला र उपहार सहित सम्मान गरेको हो । वृद्ध आमाहरुले कार्यक्रम गरेर यसरी सम्मान गरेकोमा आशिर्वाद सहित धन्यबाद ब्यक्त गरे। कार्यक्रम मा बोल्दै होटलका अध्यक्ष शंकर बस्यालले आमा हरु लाई सम्मान गर्नपाउँदा खुसि ब्यक्त गरे । पछिल्लो समय विविध कारणले हाम्रो समाज मा संकृति परम्परा हरुलाई विर्सिदै जाने र आधुनिकताका नाममा भड्काउलो तिर जादैगरेको उल्लेख गर्दै हिजो आमा आमाहरुले तिजमा अवसरमा घरका पीडा र खुसि हरुलाइ गितको माध्यम बाट प्रफुटन गर्दै रमाइलो साटासाट गर्ने गरेको इतिहास वताए । कार्यक्रम मा तिलोत्तमा १ का वडा अध्यक्ष फर्सुराम गरिले लामो समय प्रभासमा रहि हाल रुपन्देहीमा आएर होटल संचालन गरेको मा संचालकहरुलाई आभार सहित तिजमा यसरी आमाहरुको सम्मान गरेर अर्को उदाहरण बनेकाेमा धन्यवाद ब्यक्त गरे ।का...
चुनिए एकीकृत समाजवादीका पदाधिकारी, रामकुमारी हारिन्, लोकप्रिय मत पाएर मेटमणि बने उपमहासचिव

चुनिए एकीकृत समाजवादीका पदाधिकारी, रामकुमारी हारिन्, लोकप्रिय मत पाएर मेटमणि बने उपमहासचिव

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
१२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ ।वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसहमत चुनिएका थिए । महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनले अर्की प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई हराइन् ।यसैगरी मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रामचन्द्र झा थिए । खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन् । चौधरीले सबैभन्दा धेरै १५८ मत पाएर विजयी भएका छन् । चार उपमहासचिव पदमा १९ जना प्रतिस्पर्धी थिए । सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद...
द एस आर होटलले गर्यो वृद्ध आमाहरूलाई सम्मान ।।

द एस आर होटलले गर्यो वृद्ध आमाहरूलाई सम्मान ।।

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल, हरितालिका तिजको अवसर पारेर द एस आर होटल ड्राइभर टोलले वृद्ध आमा हरुलाई सम्मान गरेकोछ ।  तिलोत्तमा १ ड्राइभरटोल स्थित होटल ले ९१ वर्ष उमेर पुगेका ३ जना आमा हरुलाई दोसल्ला र उपहार सहित सम्मान गरेको हो । वृद्ध आमाहरुले कार्यक्रम गरेर यसरी सम्मान गरेकोमा आशिर्वाद सहित धन्यबाद ब्यक्त गर्नुभयो।  कार्यक्रम मा बोल्दै होटलका अध्यक्ष शंकर बस्यालले आमा हरु लाई सम्मान गर्नपाउँदा खुसि ब्यक्त गर्नुभयो पछिल्लो समय विविध कारणले हाम्रो समाज मा संकृति परम्परा हरुलाई विर्सिदै जाने र आधुनिकताका नाममा भड्काउलो तिर जादैगरेको उल्लेख गर्दै हिजो आमा आमाहरुले तिजमा अवसरमा घरका पीडा र खुसि हरुलाइ गितको माध्यम बाट प्रफुटन गर्दै रमाइलो साटासाट गर्ने गरेको इतिहास बताउनु भयो । कार्यक्रम मा तिलोत्तमा १ का वडा अध्यक्ष फर्सुराम गिरिले लामो समय प्रभासमा रहि हाल रुपन्देही मा आउनुभै यसरी होटल संचालन गर्नुभयक...
आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै

आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१०भदौ, काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै छ । यस दिन वैदिक सनातन धर्मावलम्वीले भगवान श्रीकृष्णको श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी मनाइरहेका छन् ।आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लागेको छ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ ।यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघ संस्थाले झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम ब...