द एस आर होटलले गर्यो वृद्ध आमाहरूलाई सम्मान ।।


बुटवल, हरितालिका तिजको अवसर पारेर द एस आर होटल ड्राइभर टोलले वृद्ध आमा हरुलाई सम्मान गरेकोछ ।  तिलोत्तमा १ ड्राइभरटोल स्थित होटल ले ९१ वर्ष उमेर पुगेका ३ जना आमा हरुलाई दोसल्ला र उपहार सहित सम्मान गरेको हो । वृद्ध आमाहरुले कार्यक्रम गरेर यसरी सम्मान गरेकोमा आशिर्वाद सहित धन्यबाद ब्यक्त गर्नुभयो।  कार्यक्रम मा बोल्दै होटलका अध्यक्ष शंकर बस्यालले आमा हरु लाई सम्मान गर्नपाउँदा खुसि ब्यक्त गर्नुभयो पछिल्लो समय विविध कारणले हाम्रो समाज मा संकृति परम्परा हरुलाई विर्सिदै जाने र आधुनिकताका नाममा भड्काउलो तिर जादैगरेको उल्लेख गर्दै हिजो आमा आमाहरुले तिजमा अवसरमा घरका पीडा र खुसि हरुलाइ गितको माध्यम बाट प्रफुटन गर्दै रमाइलो साटासाट गर्ने गरेको इतिहास बताउनु भयो ।

कार्यक्रम मा तिलोत्तमा १ का वडा अध्यक्ष फर्सुराम गिरिले लामो समय प्रभासमा रहि हाल रुपन्देही मा आउनुभै यसरी होटल संचालन गर्नुभयको मा संचालक ज्युहरुलाई आभार सहित तिजमा यसरी आमाहरुको सम्मान गरेर अर्को उदाहरण बन्नुभयकोमा धन्यवाद ब्यक्तगर्नुभयो कार्यक्रममा तिलोत्तमा वडा नम्बर १का जनप्रतिनिधि हरु , तिलोत्तमा नगर पलिकाका केही महिला कर्मचारी हरु तथा कालिका टोल विकास संस्था का नवनिर्वाचित महिला टोलिलाई सम्मान कार्यक्रम पनि गरियकोथियो। कार्यक्रममा होटलका संचालक चिरन अर्याल, विमल केशि , टेकनाथ वस्याल, पत्रकार खेमराज रेग्मी  लगाएतले वोल्दै  वृद्ध आमाहरुलाई सम्मान सहित तिजको अवसरमा  सबैमा शुभकामना ब्यक्त गर्नु भयो कार्यक्रम मा केही वेर पुरानो गितहरु गाएर रमाइलो समेत गरिएकोथियो ।

कार्यक्रममा आमा हरु लाई सम्मान गर्न पाउँदा खुसिलागेको भन्दै उहाहरुको उपस्थिति ले आफु र सिंगोटिम हर्सित भएको बताउँदै संचालक चिरन अर्यालले उपस्थिति का लागि सबैमा आभार ब्यक्तगर्नुभयो ।कार्यक्रम जल्सा पार्टीहलमा सम्पन्न भयो  कार्यक्रमा करिव २५० जनाको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...
भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

काठमाडौँसामाजिक सञ्जालहरूमा शुक्रबारदेखि लगातार पाँच दिन सार्वजनिक बिदा भनेर प्रचार भइरहेको छ। तर, गृह मन्त्रालयले भने सोमबार...
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...