ताजा अपडेट

निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही

निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ । राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवार...
वडालाई सम्बृद्द बनाउने सपना छ : मुसिकाेट नगरकाे वडाअध्यक्षका उम्मेदवार थापा

वडालाई सम्बृद्द बनाउने सपना छ : मुसिकाेट नगरकाे वडाअध्यक्षका उम्मेदवार थापा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
गुल्मी २०७९ सालको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको मृत्यु वा विविध कारणले रिक्त रहेका क्षेत्रमा यही मंसिर १६ गते उपनिर्वाचन हुंदैछ । जस अन्तर्गत गुल्मी जिल्लाकाे मुसिकाेट नगरपालिका १ नम्बर वडामा २०७९ सालमा निर्वाचित वडा अध्यक्ष काे मृत्यु भए पश्चात् रिक्त रहेकाे उक्त वडामा यहि मंसिर १६ गते उपनिर्वाचन हुंदैछ। उक्त वडामा ४ हजार ९१ मतदाता रहेका छन् भने ३ मतदान स्थल रहनेछन्। नेकपा एमालेको तर्फबाट पार्टीमा नगर कमिटी ,वडाअध्यक्ष लगायत विभिन्न तहमा रहेर नेतृत्व गरी पार्टीलाई योगदान गरेका दलबहादुर थापा उम्मेदवार बनेका छन्। वडा अध्यक्षका प्रत्याशी थापाले शिक्षा ,स्वास्थ्य ,खानेपानी ,सडक पूर्वाधार ,पर्यटन ,कृषि ,स्वरोजगार ,रोजगार जस्ता क्षेत्रको विकास गरी वडालाई समृद्ध बनाउने सपना बोकेका छन् । संचार पत्रसँगको कुराकानीमा थापाले ''आफू २०७४ सालको निर्वाचनमा उक्त वडाबाट वडा सद...
मट्टीतेल र डिजेलको मुल्य बढ्यो, पेट्रोलको भने यथावत

मट्टीतेल र डिजेलको मुल्य बढ्यो, पेट्रोलको भने यथावत

Breaking news 2, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर नयाँ मूल्यसूची प्राप्त भएको जनाउँदै निगमले पनि वृद्धि गरेको हो । भारतबाट पेट्रोलमा प्रतिलिटर ०.३२ र डिजेल/मट्टितेलमा २.५४ रुपैयाँले बढेर आएपछि निगमको आज बसेको सञ्चालक समितिको निर्णयले डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमले जनाएको छ । जसअनुसार पहिलो वर्गमा १५०.५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ प्रतिलिटर भएको निगमले जनाएको छ । ...
संसद्लाई कानुन निर्माणमा समयसीमा तोक्न सरकारको आग्रह

संसद्लाई कानुन निर्माणमा समयसीमा तोक्न सरकारको आग्रह

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ सरकारले कानुन निर्माणको ढिलासुस्ती हटाउनका लागि विधेयक पारित गर्ने समयसीमा तोक्न संसद्लाई आग्रह गरेको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले कानुन निर्माणमा भइरहेको ढिलासुस्ती हटाउन संसद्मा समयसीमाको प्रस्ताव गरेका हुन् । सरकारले कुनै विधेयक सदनमा पेस गरिसकेपछि त्यसलाई समयसीमामा बाँधेर विधायनको प्रक्रिया पूरा गर्नुपर्ने गृहमन्त्री लेखकले बताए । विधायन प्रक्रिया समयसीमा नबाँधिएकाले समयमै विधेयकहरू अगाडि बढ्न नसकेको उनको भनाइ थियो । ‘विधेयकको चरणलाई समयमा बाँध्नुपर्छ,’ उनले भने, ‘विधेयक दर्ता भएपछि यति दिनभित्र अनुमति माग्नुपर्ने, सैद्धान्तिक छलफल हुनुपर्ने, यति दिनभित्र समितिबाट प्रतिवेदन पेस गरी सदनमा आइसक्नुपर्ने भनेर समय तोकेर जाने व्यवस्था गरौं ।’ यसका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली संशोधन गरे पुग्ने लेखकले बताए ...
सत्यवती मेलामा दर्शालु तथा भक्तजनको घुइँचो

सत्यवती मेलामा दर्शालु तथा भक्तजनको घुइँचो

Breaking news 2, Breaking news 3, ताजा अपडेट, समाचार
बुटवल पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती ताल तथा मन्दिरमा जारी सत्यवती मेलामा आज दर्शालु तथा भक्तजनको घुइँचो थामि नसक्नु भएको छ ।  अहिले सत्यवति मन्दिर तथा मेलाको दर्शन गर्नेहरुको तलै बाटैदेखि भिड लागेको छ । कार्तिक शुक्ल पूर्णिमाको अवसर मनाइने मेलामा विशेष गरी आज राती सत्यवती बजैसँग चिच्याएर वर माग्ने तथा पूजापाठ गर्ने प्रचलन रहेको छ ।  यही कार्तिक २७ गतेदेखि सुरु भएको मेलामा २ दिनको अबधिमा ४० हजार बढी भक्तजनले दर्शन गरेको सत्यवती ताल तथा मन्दिर बिकास समितिका अध्यक्ष दानबहादुर गाहाले दाबी गरे । विहिबारको राती मुख्य दिन भएकाले करिब १ लाख भक्तजनले दर्शन  गरेको उनले बताए । आज (पूर्णिमा) सम्म सञ्चालन हुने मेलाका लागि सहज पहुँचका लागि यातायात तथा सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिइएको र सोचे भन्दा धेरै दशर्नार्थी आउँदा भिड व्यवस्थापन गर्न समेत कठिन भएको अध्यक्ष गाहाले बताए ।   ...
नेपालको बिजुली  बंगलादेश निर्यात सुरु

नेपालको बिजुली बंगलादेश निर्यात सुरु

Breaking news 1, Breaking news 3, ताजा अपडेट, विदेश, समाचार
नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश निर्यात हुन थालेको हो । ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् । शुक्रबारदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुन थालेको हो । यो याममा एक दिन मात्र बिजुली निर्यात हुनेछ  । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो । विद्युत् निर्यात गर्न भारतको आधिकारिक निकायको अनुमति आवश्यक पर्ने सम्झौतामै उल्लेख छ । सुरुमा १६ कात्तिकदेखि विद्युत् निर्यात गर्ने मौखिक सहमति तीन द...
लुम्बिनीका नगरपालिका र देयाङ नगरसंग मितेरी सम्वन्ध कायम गर्न मुख्यमन्त्री आचार्यको प्रस्ताव

लुम्बिनीका नगरपालिका र देयाङ नगरसंग मितेरी सम्वन्ध कायम गर्न मुख्यमन्त्री आचार्यको प्रस्ताव

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
बुटवल चीनको सिचुआन प्रदेशको औपचारीक भ्रमणमा त्यहाँ रहनुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देयाङ नगरलाई लुम्बिनी प्रदेशका नगरपालिकासंग मितेरी सम्वन्ध कायम गरेर अनुभव तथा सहयोग आदानप्रदानलाई अघि बढाउन प्रस्ताव गरेका छन्।  देयाङ नगरको अवलोकन भ्रमणमा पुगेका मुख्यमन्त्री आचार्यले नगरका कार्यकारी उपप्रमुख लि च्याङ्ग पो लाई लुम्बिनी भ्रमणको लागि निम्तो समेत दिए। यसका साथै सो नगर र लुम्बिनी प्रदेशका नगरपालिकाहरुको विचमा मितेरी सम्वन्ध कायम गरेर अघि बढ्ने बारेमा समेत प्रस्ताव राखेको भ्रमण दलमा सहभागि मुख्यमन्त्रीका स्वकिय सचिव कुशल भुसालले बताए।  ‘सिचुआन प्रदेशमा रहेको देयाङ नगरको अवलोकन भ्रमणपछी भएको छलफलमा मुख्यमन्त्री ज्यूले लुम्बिनी भ्रमण गर्न निमन्त्रणा गर्नु भयो भने प्रदेशका नगरपालिकाहरु संग मितेरी सम्वन्ध कायम गर्ने बारेमा पनि प्रस्ताव राख्नु भएको छ’स्व...
गण्डकी प्रदेश सांसद गौचनको निधन

गण्डकी प्रदेश सांसद गौचनको निधन

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि गएराती उपचारका लागि उनलाई ग्राण्डी हस्पिटलमा लगिएको थियो । उनको  गएराती नै निधन भएको हो । डेंगु संक्रमणबाट पीडित उनको हृदयघातका कारण निधन भएको अनुमान लगाइएको  पारिवारिक स्रोतले जनाएको छ । उनी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् ।  ...
बुटवलमा दिपल ईभी प्रति क्रेताहरुकाे बढ्दाे आकर्षण

बुटवलमा दिपल ईभी प्रति क्रेताहरुकाे बढ्दाे आकर्षण

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल ,कात्तिक २८ लुम्बिनी प्रदेशको बुटवल क्लब डेनोभोमा दिपल ईभी सार्वजनिक भएको दाेस्राे दिन बुधवार मध्यान्न सम्म ५ वटा बुकिङ भईसकेकाे छ । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले लुम्बिनी प्रदेशलाई लक्षित गरी बुटवलमा दिपल ईभी सार्वजनिक गरेको हो । आइतबार बुटवलमा एक विशेष समारोहबीच बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लू वृद्धिका सीईओ जोजुजोस थाटिल लगायतले फ्युचरिस्टिक डिजाइन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेका थिए  । बुटवलका लागि चांगानको डिलर जेनोस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको र २० वटा बिक्री गर्ने लक्ष्य पुराहुनेमा विस्वस्थ रहेकाे वताए । उ...
विद्युत प्राधिकरणद्वारा उद्योगहरुमा काटेको बिजुली पुन: जडान

विद्युत प्राधिकरणद्वारा उद्योगहरुमा काटेको बिजुली पुन: जडान

Breaking news 2, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
बुटवल नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिएको छ । मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको हो ।डेडिकेटेड र ट्रंकलाइन बापतको बक्यौता नतिरेको भन्दै प्राधिकरणले उद्योगहरुको लाइन काटिदिएको थियो । गत आइतबारको मन्त्रिपरिषद बैठकले उद्योगहरुमा काटिएका लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो । त्यसपछि मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद बैठकको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको लाइन जोड्न क्षेत्रीय कार्यालयहरुलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको नेपाल विद्युत् प्राधिकरण स्रोतले जनाएको छ । ...