ताजा अपडेट

रवि विरूद्धको मुद्दा १० दिनभित्र अदालत लगिसक्नुपर्ने

रवि विरूद्धको मुद्दा १० दिनभित्र अदालत लगिसक्नुपर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्धको मुद्दा अबको १० दिनभित्र अदालत बुझाउनुपर्ने भएको छ। पाँच वटा जिल्ला: कास्की, रूपन्देही, काठमाडौं, चितवन र पर्सामा छुट्टाछुट्टै सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रहिसकेका लामिछानेमाथि अनुसन्धान भइरहेको छ। पाँचै वटा जिल्लाका सरकारी वकिल कार्यालयमा बयान लिइसकेको छ। हाल लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लिला पछाई र नेचर हर्ब्स इन्टरनेशनल प्रालिका सञ्चालक रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन्। लामिछानेलाई ५५ दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो। उनी कात्तिक २ गते पक्राउ परेका हुन्। यो प्रकरणमा प्रहरीले सहकारी रकम बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान ग...
सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक

सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
 काठमाडौं सरकारले अंग्रेजी नयाँ वर्ष (१ जनवरी २०२५) १७ पुस २०८१ देखि लागु हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले बुधबार सबै हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै उक्त निर्णयबारे जानकारी गराएको हो । निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो । निर्णय अनुसार अब पर्यटक तथा स्थानीयको उद्धार तथा मालसामान ढुवानी बाहेक व्यावसायिक रूपमा हेलिकप्टर उडाउन पाइने छैन । ...
एनपिएलः  जनकपुरको सामना गर्दै सुदूरपश्चिम

एनपिएलः जनकपुरको सामना गर्दै सुदूरपश्चिम

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा बुधबार बहुप्रतिक्षित खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स बिहान सवा ९ बजे आमनेसामने हुँदैछन्। दुवै टिम जारी लिगको हालसम्म खेलका आधारमा उत्कृष्ट टिम हुन्। जनकपुरमा आशिफ शेख र सुदूरपश्चिममा उनका दाइ आरिफ शेख भएकाले आजको खेललाई दाजु-भाइको भिडन्त पनि भनिएको छ। यद्यपि  चार खेल खेलिसक्दा जनकपुर बोल्ट्सले चारै खेल आफ्नो पक्षमा पारेको छ भने सुदूरश्चिम रोयल्सले चार मध्ये १ खेलमा पराजित भएको थियो। बाँकी तीन खेलमा उसले सानदार जित निकालेको छ। जनपुर बोल्ट्सले पहिलो खेलमा विराटनगर किंग्सलाई  ८ विकेटले पराजित गरेको थियो। त्यतिबेला लाहिरू मिलन्थाले नट आउट ७५ रन हानेका थिए भने ललित राजवंशीले तीन विकेट लिएका थिए। दोस्रो खेलमा कर्णालीलाई आठै विकेटमा पराजित गर्दा ओपनर अनील साहले नट आउट ६२ रन हान...
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तराई र काठमाडौँ उपत्यकामा हुस्सु लाग्यो

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तराई र काठमाडौँ उपत्यकामा हुस्सु लाग्यो

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरो लागेको छ  ।  आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।  बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ...
शैक्षिक हब बन्दै बुटवलको कालिका क्याम्पस

शैक्षिक हब बन्दै बुटवलको कालिका क्याम्पस

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री माननीय जन्मजय तिमिल्सना कार्यक्रम थलोमा आउँदा सबैले ताली बजाएर सम्मान गरे । बुटवल कालिका क्याम्पसको ११ औं वार्षिकोत्सव एवम् अभिभावक दिवसका अवसरमा उनी प्रमुख अतिथि थिए । उनी लगायतका पाहुनाहरुले क्याम्पसद्वारा प्रकाशित नयाँ कदम(मुखपत्र–२) र अनुसन्धानमूलक जर्नलको विमोचन समेत गरेका थिए ।  निर्धारित समयभन्दा कार्यक्रम ढिला सुरु भएको र आफू मोतीपुर औद्योगिक ग्रामको जग्गासम्बन्धी कामका लागि जानेभनेर बुटवल उपमहानगरपालिकाका नगर प्रमुख विशिष्ट अतिथिका रुपमा आफ्ना पवित्र वचन राखेर बिदा भए । उनले बुटवललाई शैक्षिक पर्यटनको हब बनाउने कुरा गरे । प्रमुख अतिथिलाई आफ्नो चुनावक्षेत्रमामात्र शैक्षिक वजेट नराखेर बुटवलमा पनि राख्न विशेष अनुरोध गरे । बुटवलको कालिका क्याम्पसमा देशका सातै प्रदेशका विद्यार्थीले प्रतिनिधित्व गरेको गरिमामय क्याम्पस रहेको बताए । ब...
संगठित अपराधमा दुर्गा प्रसाईंको प्रारम्भिक बयान सकियो

संगठित अपराधमा दुर्गा प्रसाईंको प्रारम्भिक बयान सकियो

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 काठमाडौं विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंमाथि प्रहरीले आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा प्रारम्भिक चरणको बयान लिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी होविन्द्र बोगटीका अनुसार, जिल्ला सरकारी वकिलको कार्यालय भद्रकालीमा लगेर उनको प्रारम्भिक चरणको बयान लिइएको हो । ‘साइबर अपराधको कसुरमा अनुसन्धान गरिरहेका बेला उनी संगठित अपराध र आपराधिक विश्वासघातको कसुरमा पनि जोडिने तथ्य फेला परेको थियो’, उनले भने, ‘यसपछि साइबर अपराधको अनुसन्धान सकिएलगत्तै सीआईबी ल्याएर आपराधिक विश्वासघातमा अनुसन्धान थालेका थियौं ।’ पहिलो चरणको बयान सकिएपनि प्रसाईंसँग फेरि दोस्रो चरणको बयान हुने अधिकृतहरूको भनाइ छ । ‘कतिपय डिजिटल डिभाइसहरूको जाँचको प्रतिवेदन आउन बाँकी छ’, बोगटीले भने, ‘त्यसको प्रतिवेदन आएपछि थप सोधपुछ गर्नुपर्ने हुँदा दोस्रो चरणम...
लुम्बिनीमा लगानी भित्र्याउन मुख्यमन्त्री आचार्यले बढाए सक्रियता

लुम्बिनीमा लगानी भित्र्याउन मुख्यमन्त्री आचार्यले बढाए सक्रियता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा लगानी भित्र्याउन सक्रियता बढाएका छन् । कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानीकर्ताको खोजी गर्न मुख्यमन्त्री आचार्यले दातृ निकायहरुका प्रतिनिधिसँगको भेट र छलफललाई प्राथमिकतामा राखेका हुन् । यही क्रममा बेलायती दूतावासकी सहायक राजदुत तथा डेभलपमेन्ट निर्देशक पिप्पा बर्ड र अमेरिकी विकास नियोगका नेपाल प्रतिनिधि केटी डोनोहोसहितको एक प्रतिनिधि मण्डलले मुख्यमन्त्री आचार्यसँग सोमबार शिष्टाचार भेटवार्ता गरेको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए । प्रदेश सरकारले अघि बढाएका नीति तथा कार्यक्रमका आधारमा दातृ निकायका प्रतिनिधि तथा लगानीकर्ताहरु पनि लुम्बिनी प्रदेशलाई प्राथमिकतामा राखेर अघि बढेको पाइएको छ । सो क्रममा लुम्बिनी प्रदेशको प्राथमिकताका क्षेत्रको ब...
रुपन्देहीका संघसंस्थाले भने – बुटवलको मेला सबैको हो

रुपन्देहीका संघसंस्थाले भने – बुटवलको मेला सबैको हो

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल रुपन्देहीका संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुले बुटवलमा सञ्चालन हुने मेला आयोजक एउटा संस्थाको मात्रै नभएर सबै संघसंस्थाको र सिंगो रुपन्देहीको भएको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गईरहेको औद्योगिक व्यापार मेलाका सन्दर्भमा सोमबार मेला स्थल बुटवल मण्डपमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका उद्योगी व्यवसायीका संस्थाहरुले मेला सबैको भएकाले यसको अवनत्व सबैले लिने प्रतिवद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले मेला तयारीका बारेमा जानकारी गराउनु भयो । उहाँले मेला सञ्चालनका क्रममा गर्नुपर्ने थप तयारीका कुराहरुमा समेत सुझाव दिन आग्रह गर्नुभयो ।त्यस अवसरमा रुपन्देही उद्योग संघका अध्यक्ष दिपिल सापकोटा, त्यसैगरी रुपन्देही व्यापार संघक...
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, विविध कार्यक्रम गरि मनाइँदै

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, विविध कार्यक्रम गरि मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि हरेक वर्ष मानव अधिकारको सरंक्षण र सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई मानअधिकार पुरस्कार प्रदान गरिंदै आइएको छ । ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ बमोजिम स्थापना भएको कोषबाट उक्त पुरस्कार दिँदै आइएको हो । यस वर्ष भने नियमावलीले तोकेको योग्यता र कार्यविधिअनुसार प्रक्रिया पूरा नभएकाले पुरस्कार प्रदान नगरिने मन्त्रालयले स्पष्ट पारेको छ । मानव अधिकारका क्षेत्रमा कटिबद्ध भएर...

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र युएसएआइडीअन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गर्नु भएको थियो । अमेरिकी सहायक विदेशमन्त्री लूले दक्षिण एसियाका केही देश आर्थिक रूपमा समस्या परे पनि नेपालले आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नु भएको थियो । उहाँले अमेरिका आउँदा दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराउनुभएको थियो । ...