रवि विरूद्धको मुद्दा १० दिनभित्र अदालत लगिसक्नुपर्ने


काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्धको मुद्दा अबको १० दिनभित्र अदालत बुझाउनुपर्ने भएको छ।

पाँच वटा जिल्ला: कास्की, रूपन्देही, काठमाडौं, चितवन र पर्सामा छुट्टाछुट्टै सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रहिसकेका लामिछानेमाथि अनुसन्धान भइरहेको छ।

पाँचै वटा जिल्लाका सरकारी वकिल कार्यालयमा बयान लिइसकेको छ। हाल लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लिला पछाई र नेचर हर्ब्स इन्टरनेशनल प्रालिका सञ्चालक रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन्।

लामिछानेलाई ५५ दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो। उनी कात्तिक २ गते पक्राउ परेका हुन्।

यो प्रकरणमा प्रहरीले सहकारी रकम बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरिरहेको हो।

पोखराको सूर्यदर्शन बचत सहकारीको दोस्रो चरणको अनुसन्धानका लागि सुरूमा प्रहरीले छविलाल जोशीलाई असोज ६ गते पक्राउ गरेको थियो।

सहकारी ठगीसम्बन्धी ऐनमा अभियुक्तलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइन्छ। संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐनमा अभियुक्तलाई ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने कानुनी प्रावधान छ।

सम्पत्ति शुद्धीकरणको समेत अनुसन्धान गरिरहेको हुँदा प्रहरीले उनीहरूलाई अधिकतम ९० दिन राखेर अनुसन्धान गर्न पाउँछ। उक्त समयभित्र अभियुक्तमाथि अनुसन्धान पूरा गरेर अदालतमा अभियोजन दर्ता गरिसक्नुपर्ने उनले बताइन्।

जोशी पक्राउ परेको ८० दिन भएको छ। त्यसअनुसार सरकारी वकिल कार्यालय कास्कीले अबको १० दिनमा मुद्दा कास्की जिल्ला अदालत समक्ष पेस गर्नुपर्ने बाध्यता छ।

सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले पनि अबको १० दिनभित्र मुद्दा पेस गर्ने बताइन्। मुद्दाको अभियोजन गर्नका लागि पनि प्रहरीले समयमै आफूहरूलाई प्रतिवेदन बुझाउने उनको भनाइ थियो।

‘अब १० दिन बाँकी छ। प्रहरीले समयसीमाभित्रै हामीलाई प्रतिवेदन बुझाउँछ। कानुनले दिएको हदम्यादभित्र हामीले जसरी पनि मुद्दा अदालतमा पेस गर्छौं,’ उनले भनिन्। 

यस्तै रवि लामिछानेसहित प्रतिवादीहरूविरूद्ध अदालतबाट आइतबार लिएको म्याद पनि बुधबार सकिएको छ। त्यसैले उनीहरूलाई बिहीबार पुन: अदालतमा उपस्थित गराइने पनि काफ्लेले बताइन्।

पोखराको सूर्यदर्शन सहकारीका बचत पीडितले गत वर्ष माघ २२ गते दिएको किटानी जाहेरीका आधारमा प्रहरीले दोस्रो चरणको अनुसन्धान थालेको हो।

अहिले पोखराको सूर्यदर्शन, रूपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र पर्साको सानो पाइला सहकारीको रकम अपचलन गरेको आरोप छ।

छुटाउनुभयो कि ?

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

बुटवलनेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन्। पार्टीभित्र आन्तरिक कमजोरी ...
एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा त्रिविले गठन गर्यो छानबिन समिति

एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा त्रिविले गठन गर्यो छानबिन समिति

काठमान्डौँ त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एमबीएस प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेक...
लुम्बिनी प्रदेशमा कांग्रेसले सरकार छाड्यो, एमाले र नेकपाको सरकार बन्ने

लुम्बिनी प्रदेशमा कांग्रेसले सरकार छाड्यो, एमाले र नेकपाको सरकार बन्ने

बुटवलनेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमतिपछि लुम्बिनी प्रदेशमा एमालेको सत्ता साझेदार दल कांग्रेसका मन्त्रीले राजीनाम...
सातै प्रदेशमा एमाले र नेकपाको सरकार बन्ने सहमतिपछि कांग्रेसको भनाई

सातै प्रदेशमा एमाले र नेकपाको सरकार बन्ने सहमतिपछि कांग्रेसको भनाई

कांग्रेसको भनाईकाठमाडौंनेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच पाँच वटा प्रदेशमा भागबन्डाका आधारमा र थप दुई प्रदे...