एनपिएलः जनकपुरको सामना गर्दै सुदूरपश्चिम


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा बुधबार बहुप्रतिक्षित खेल हुँदैछ।

त्रिवि मैदान कीर्तिपुरमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स बिहान सवा ९ बजे आमनेसामने हुँदैछन्।

दुवै टिम जारी लिगको हालसम्म खेलका आधारमा उत्कृष्ट टिम हुन्। जनकपुरमा आशिफ शेख र सुदूरपश्चिममा उनका दाइ आरिफ शेख भएकाले आजको खेललाई दाजु-भाइको भिडन्त पनि भनिएको छ।

यद्यपि  चार खेल खेलिसक्दा जनकपुर बोल्ट्सले चारै खेल आफ्नो पक्षमा पारेको छ भने सुदूरश्चिम रोयल्सले चार मध्ये १ खेलमा पराजित भएको थियो। बाँकी तीन खेलमा उसले सानदार जित निकालेको छ।

जनपुर बोल्ट्सले पहिलो खेलमा विराटनगर किंग्सलाई  ८ विकेटले पराजित गरेको थियो। त्यतिबेला लाहिरू मिलन्थाले नट आउट ७५ रन हानेका थिए भने ललित राजवंशीले तीन विकेट लिएका थिए।

दोस्रो खेलमा कर्णालीलाई आठै विकेटमा पराजित गर्दा ओपनर अनील साहले नट आउट ६२ रन हानेका थिए। तेस्रो खेलमा पोखरालाई सात विकेटले पराजित गर्दा ललित राजवंशीले तीन विकेट लिएका थिए भने आशिफ शेखले ३३, लाहिरू मिलन्थाले ४५ र जेम्स निशमले ४० रन हानेका थिए।

जनकपुरले लुम्बिनी लायन्सविरूद्ध भने संघर्षपूर्ण जित निकालेको थियो।१३६ रनको लक्ष्य पछ्याएको जनकपुरले ८ विकेट गुमाएर १ रनले मात्रै लुम्बिनीविरूद्ध जित निकालेको थियो। त्यतिबेला हर्ष थाकरले पाँच विकेट लिएका थिए।

जनकपुरमा राष्ट्रिय टिमकै ओपनर आशिफ शेख र अनील साह छन् । ‌ओपनरसँगै मध्यक्रममा पनि राम्रो खेल्न सक्ने ब्याट्सम्यान हुनु उसको बलियो पक्ष हो। ललित राजवंशी, हर्ष थाकर जस्ता बलरहरूले अहिलेसम्म राम्रो प्रदर्शन गर्दै आएका छन्।

यता चार खेल खेलिसकेको सुदूरश्चिम रोयल्सले तीन खेलमा सानदार जित निकालेको छ।

उसले पनि पहिलो खेलमा विराटनगरलाई नै हराएको थियो। विराटनगरविरूद्ध ९० रनको जित निकाल्दा  कप्तान दिपेन्द्र सिंह ऐरीले नट आउट ५७ रन हानेका थिए भने स्कट कुगलेइजन र अभिनास बोहराले तीन विकेट लिएका थिए।

दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गर्दा ब्रान्डन मिकमलेनले ५३, विनोद भण्डारीले ३५ र कप्तान दिपेन्द्रसिंह ऐरीले ४३ रन बनाएका थिए।

तेस्रो खेलमा लुम्बिनी लायन्सलाई पराजित गर्दा सेप जइबले ९० रन र  कप्तान ऐरीले नट आउट ३९ रन बनाएका थिए।

चौथो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित हुन पुगेको थियो।

सुदूरपश्चिमको ब्याटिङ पक्ष बलियो देखिन्छ। सेफ जइब, विनोदो भण्डारी, ब्रान्डन मिकमलेन, आरिफ शेखदेखि  दिपेन्द्रसिंह ऐरीसम्म ब्याटिङ लाइन बलियो देखिन्छ।

दुई बलिया टिमको प्रतिस्पर्धा रोमाञ्चक हुने आकलन गरिएको छ। सुदूरपश्चिममा दिपेन्द्रसिंह ऐरी र जनकपुरमा आशिफ शेख मार्की खेलाडी छन्।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...