एनपिएलः जनकपुरको सामना गर्दै सुदूरपश्चिम


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा बुधबार बहुप्रतिक्षित खेल हुँदैछ।

त्रिवि मैदान कीर्तिपुरमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स बिहान सवा ९ बजे आमनेसामने हुँदैछन्।

दुवै टिम जारी लिगको हालसम्म खेलका आधारमा उत्कृष्ट टिम हुन्। जनकपुरमा आशिफ शेख र सुदूरपश्चिममा उनका दाइ आरिफ शेख भएकाले आजको खेललाई दाजु-भाइको भिडन्त पनि भनिएको छ।

यद्यपि  चार खेल खेलिसक्दा जनकपुर बोल्ट्सले चारै खेल आफ्नो पक्षमा पारेको छ भने सुदूरश्चिम रोयल्सले चार मध्ये १ खेलमा पराजित भएको थियो। बाँकी तीन खेलमा उसले सानदार जित निकालेको छ।

जनपुर बोल्ट्सले पहिलो खेलमा विराटनगर किंग्सलाई  ८ विकेटले पराजित गरेको थियो। त्यतिबेला लाहिरू मिलन्थाले नट आउट ७५ रन हानेका थिए भने ललित राजवंशीले तीन विकेट लिएका थिए।

दोस्रो खेलमा कर्णालीलाई आठै विकेटमा पराजित गर्दा ओपनर अनील साहले नट आउट ६२ रन हानेका थिए। तेस्रो खेलमा पोखरालाई सात विकेटले पराजित गर्दा ललित राजवंशीले तीन विकेट लिएका थिए भने आशिफ शेखले ३३, लाहिरू मिलन्थाले ४५ र जेम्स निशमले ४० रन हानेका थिए।

जनकपुरले लुम्बिनी लायन्सविरूद्ध भने संघर्षपूर्ण जित निकालेको थियो।१३६ रनको लक्ष्य पछ्याएको जनकपुरले ८ विकेट गुमाएर १ रनले मात्रै लुम्बिनीविरूद्ध जित निकालेको थियो। त्यतिबेला हर्ष थाकरले पाँच विकेट लिएका थिए।

जनकपुरमा राष्ट्रिय टिमकै ओपनर आशिफ शेख र अनील साह छन् । ‌ओपनरसँगै मध्यक्रममा पनि राम्रो खेल्न सक्ने ब्याट्सम्यान हुनु उसको बलियो पक्ष हो। ललित राजवंशी, हर्ष थाकर जस्ता बलरहरूले अहिलेसम्म राम्रो प्रदर्शन गर्दै आएका छन्।

यता चार खेल खेलिसकेको सुदूरश्चिम रोयल्सले तीन खेलमा सानदार जित निकालेको छ।

उसले पनि पहिलो खेलमा विराटनगरलाई नै हराएको थियो। विराटनगरविरूद्ध ९० रनको जित निकाल्दा  कप्तान दिपेन्द्र सिंह ऐरीले नट आउट ५७ रन हानेका थिए भने स्कट कुगलेइजन र अभिनास बोहराले तीन विकेट लिएका थिए।

दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गर्दा ब्रान्डन मिकमलेनले ५३, विनोद भण्डारीले ३५ र कप्तान दिपेन्द्रसिंह ऐरीले ४३ रन बनाएका थिए।

तेस्रो खेलमा लुम्बिनी लायन्सलाई पराजित गर्दा सेप जइबले ९० रन र  कप्तान ऐरीले नट आउट ३९ रन बनाएका थिए।

चौथो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित हुन पुगेको थियो।

सुदूरपश्चिमको ब्याटिङ पक्ष बलियो देखिन्छ। सेफ जइब, विनोदो भण्डारी, ब्रान्डन मिकमलेन, आरिफ शेखदेखि  दिपेन्द्रसिंह ऐरीसम्म ब्याटिङ लाइन बलियो देखिन्छ।

दुई बलिया टिमको प्रतिस्पर्धा रोमाञ्चक हुने आकलन गरिएको छ। सुदूरपश्चिममा दिपेन्द्रसिंह ऐरी र जनकपुरमा आशिफ शेख मार्की खेलाडी छन्।

छुटाउनुभयो कि ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...
आजको मौसम: कोशी–बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम: कोशी–बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...