रुपन्देहीका संघसंस्थाले भने – बुटवलको मेला सबैको हो


बुटवल

रुपन्देहीका संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुले बुटवलमा सञ्चालन हुने मेला आयोजक एउटा संस्थाको मात्रै नभएर सबै संघसंस्थाको र सिंगो रुपन्देहीको भएको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गईरहेको औद्योगिक व्यापार मेलाका सन्दर्भमा सोमबार मेला स्थल बुटवल मण्डपमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका उद्योगी व्यवसायीका संस्थाहरुले मेला सबैको भएकाले यसको अवनत्व सबैले लिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले मेला तयारीका बारेमा जानकारी गराउनु भयो । उहाँले मेला सञ्चालनका क्रममा गर्नुपर्ने थप तयारीका कुराहरुमा समेत सुझाव दिन आग्रह गर्नुभयो ।
त्यस अवसरमा रुपन्देही उद्योग संघका अध्यक्ष दिपिल सापकोटा, त्यसैगरी रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डे, पश्चिम नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष दधि खरेलले बुटवलमा यहाँका तीन वटा संस्थाले आलोपालो मेला सञ्चालन गर्दै आएको र एउटाले गर्ने मेलामा अर्काे संस्थाको पूर्ण साथ र सहयोग रहने बताउनु भयो ।

त्यसैगरी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले मेलाको अवलोकनकर्ता बढाउनेगरी योजना बनाउन सुझाव दिँदै पछि समस्या नआउने गरी सुरुमै सचेत हुन आग्रह गर्नुभयो । त्यसैगरी होटल तथा पर्यटन व्यवसायी माधव नेपालले पर्यटन व्यवसायको पनि प्रवद्र्धन गर्नेगरी मेलामा समेट्न आग्रह गर्नुभयो ।

उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले उपभोक्तामैत्री व्यवस्थापनमा जोड दिनुभयो । कार्यक्रममा यस क्षेत्रको विभिन्न व्यवसायिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुको सहभागिता रहेको मेला कार्यसम्पादन समितिका सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।

छुटाउनुभयो कि ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...
आजको मौसम: कोशी–बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम: कोशी–बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...