विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना,२५ जना घाइते
Breaking news 1, अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर-१० मा विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर–१० को शंकरपुरमा लु १ ख ८०७८ नम्बरको मिनि ट्रक दुर्घटनामा परेको हो ।
मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही केशव केसीले जानकारी दिए । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ को अवस्था गम्भीर छ भने दर्जनभन्दा बढी घाइते भएका छन् ।
घटनाकाे यकिन विवरण आउन बाँकी छ । सिद्धार्थनगर-१० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् । उनी एक हजार एक मत ल्याएर विजयी बनेका हुन् ।
...


