दुम्कीबासमा ट्रक सहित पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग ठप्प


बुटवल

पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दुम्कीबासमा पुल भासिँदा अवरुद्ध भएको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भासिएपछि पूर्व–पश्चिम यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

पुलमा भारतीय मालबहाक ट्रक रहेको र उक्त ट्रक अत्यधिक भारसहित रहेकोहुँदा भासिएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी यसको औपचारिक पुष्टी भने भएको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयले तत्कालका लागि साना सवारीका साधनहरुलाई सञ्चालन गर्न डाइभर्सनको व्यवस्था रहे पनि ठूला सवारी साधनका लागि नयाँ डाइभर्सन खोल्नुपर्ने जनाएको छ । 

राजमार्ग अवरुद्ध भएसँगै गन्तव्यमा नपुग्दै यात्रुहरु बिचल्लीमा परेका छन् । पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोला पुल सबैभन्दा लामो हो । सोही पुल भासिदा राजमार्ग अवरुद्ध बनेको हो । 

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...