दुम्कीबासमा पुल भासिएपछि वैकल्पिक मार्गबाट सवारी सञ्चालनमा


बुटवल

पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दुम्कीबासमा पुल भासिँदा अवरुद्ध सडक डाइभर्सन निर्माणपछि आंशिक सञ्चालनमा आएको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भासिएपछि पूर्व–पश्चिम यातायात अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएपछि बीचमै अलपत्र परेका यात्रु तथा सवारी साधनलाई गन्तव्यतर्फ पठाउन डाइभर्सन निर्माण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । डाइभर्सन निर्माणसँगै साँझ करिब ७ बजेदेखि ठूला तथा साना सवारीका साधन चल्न सक्ने भएका हुन् । डाइभर्सनलाई थप सहज बनाउनका लागि थप निर्माण कार्य भने जारी रहेको छ ।

पुल भासिएपछि भारतीय मालबहाक ट्रकको ओभरलोडका कारण पुल भासिएको भन्दै सर्वत्र आलोचना भएका छन् । नेपालका ढुवानी व्यवसायी तथा विभिन्न संघ-संस्थाहरुले भारतीय मालबहाक ट्रकहरु सडक क्षमताभन्दा ओभरलोड हुने गरेको भन्दै नियन्त्रण गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । शुक्रबार पनि पुलमा मालबहाक भारतीय ट्रक (लरी) गुडिरहेको समयमा पुल भासिएको थियो ।   

नवलपरासीमा रहेकामध्ये विनयी खोला पुल सबैभन्दा लामो हो । सोही पुल भासिदा राजमार्ग अवरुद्ध बनेको थियो ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...