ताजा अपडेट

गुल्मीमा एक महिलाको कंकाल फेला

गुल्मीमा एक महिलाको कंकाल फेला

Breaking news 1, अपराध, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी । गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ। इस्मा गाउँपालिका १ हस्तिचौरको बसेनी सामुदायिक बनमा महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए। आज बिहान १० बजे गाई हेर्न गएका स्थानीयले कंकाल देखेपछि वडा अध्यक्षलाई खबर गरेका थिए। अन्दाजी ६० वर्षीया महिलाको कंकाल हुन सक्ने वडा अध्यक्ष कुँवरले जानकारी दिए । शरीरमा चोलो र हातमा चुरा देखिए पनि कंकालको पहिचान हुन नसकेको जनाएको छ । अहिले घटनास्थलमा हस्तिचौर प्रहरी चौकीका प्रहरीले अनुसन्धान गरिरहेका छन्। ...
कांग्रेस नेता प्रदीप गिरिको निधन

कांग्रेस नेता प्रदीप गिरिको निधन

Breaking news 1, ताजा अपडेट, समाचार
काठमाडौं  ।  नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राति ९:३६ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गिरिको निधन भएको अस्पताल स्रोतले जनाएको छ । प्रतिनिधि सभाको सांसद समेत रहेका गिरिलाई घाँटीको क्यान्सर भएपछि केही समयअघि उपचारका लागि भारतको मुम्बई लगिएको थियो । मुम्बईमा क्यान्सरको सफल उपचार गरेर नेपाल फर्किएका गिरिलाई लगत्तै निमोनिया संक्रमण देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा क्रमिक सुधार देखिएको भनिएपनि केही दिनदेखि नेता गिरिको स्वास्थ्य अवस्था नाजुक रहेको खबर बाहिर आएका थिए । उनलाई ३ वर्ष अघि नै क्यान्सरको लक्षण देखिएको बताइएको छ । नेता गिरि नेपाली राजनीतिका बौद्धिक नेताका रूपमा परिचित छन्। प्रखर वक्ता एवं समाजवादी चिन्तक समेत मानिने नेता गिरि नेपाली कांग्रेसका प्रभावशाली नेता थिए । ...
नगर प्रमुख पाण्डेले गरे आमरण अनशन बस्ने घोषणा

नगर प्रमुख पाण्डेले गरे आमरण अनशन बस्ने घोषणा

Breaking news 1, ताजा अपडेट, फिचर, समाचार, स्थानीय
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको राजमार्ग चौराहा–गोलपार्क सडक खण्डको ठेकेदारको संरक्षण गर्दै म्याद थप्ने काम भए आफु आमरण अनशन बस्ने घोषणा गरेका छन् । आज उपमहानगरको कार्यालयमा सडक निर्माणबारे सडक विभागका उपमहानिर्देशक दीपक श्रेष्ठ सहितको टोलीसँग छलफल गर्ने क्रममा उपमहानगर प्रमुखले ठेकेदारको संरक्षणमा बिभाग लागे आमरण अनशन बस्ने घोषणा गरेका हुन् । उनले निर्माण व्यवसायीले सडक निर्माणको काम नगर्दा बिभागले चासो नदिएको र सडक अलपत्र पार्नेलाई कारबाही गर्न तदारुकता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘फेरिपनि जालझेल गरेर ठेकेदारको म्याद थप्ने निर्णय भए म सडक बिभागसँग बिद्रोह गरेर आमरण अनशन बस्छु ।’ उनले भने,- ‘वर्तमान ठेकेदार कम्पनीबाट बुटवलबासीको बिश्वास टुटेको छ ।’ नगरप्रमुख पाण्डेयले बुटवलभित्रको सडक निर्माणमा लापरबाही गर्ने निर्माण कम्पनीको म्या...
गुल्मीकी अतिता खत्री उत्कृष्ट रेडियो पुरस्कारबाट  सम्मानित

गुल्मीकी अतिता खत्री उत्कृष्ट रेडियो पुरस्कारबाट सम्मानित

Breaking news 3, ताजा अपडेट, फिचर, विविध, समाचार
४ भदौ, बुटवल । कुनै पनि पेशा व्यवसायमा निरन्तररुपमा मेहनत गर्ने हो भने सफलता अबश्य प्राप्त गर्न सकिन्छ जसको उदाहरण हुन् गुल्मीकी पत्रकार अनिता खत्री । खत्रीे निजी रेडियोहरुको छाता संस्था ब्रोडकाष्टिङ् अफ नेपाल (वान)द्धारा उत्कृष्ट छनौट भएकी छिन् । उनी अहिले देशभरका सयौ रेडियोबाट उत्कृष्ट छनोट भएकी हुन । गुल्मी जिल्लाको पहिलो रेडियो, रेडियो रेसुङ्गा एफ.एम.१०६.२ मेगार्हजमा स्टेशन म्यानेजरको रुपमा कार्यरत अनिता खत्रीलाई बानले १८ औं वार्षिक साधारणसभा तथा सातौं महाधिवशेनको अवसरमा सम्मानित गरेको हो । रेडियो र सञ्चार क्षेत्रको विकासको लागि पुर्याएको योगदानको कदर गर्दै (वान)ले सम्मान गरेको हो । नेपालमा एफ.एम रेडियो स्थापना, सञ्चालन र व्यवस्थापनका साथै रेडियो आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै संस्थाको तर्फबाट उच्च मूल्याङकन् गर्दै खत्रीलाई सम्मान गरिएको वानले जनाएको छ । राष्ट...
जितगढी युद्ध जितेको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइँदै

जितगढी युद्ध जितेको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइँदै

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, फिचर, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
४ भदौ, बुटवल । बुटवलको जितगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमा २०४औं ऐतिहासिक भगवती जात्रा आज शनिबार पाल्पाको तानसेनमा मनाइँदैछ । कोरोना महामारीका कारण दुई वर्षदेखि जात्रा रोकिएको थियो । हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी विसं १८७७ सालदेखि निरन्तर कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ । विसं १८७७ देखि निरन्तररुपमा विजयोत्सव भगवती जात्रा मनाउँदै आइएको छ । पाल्पाका तत्कालीन कर्णेल उजिर सिंह थापाले वि.सं १८७१ पुसदेखि १८७२ बैसाखसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हासिल गरेको थियो । सोही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भोलिपल्ट तानसेन भगवतीटोलमा रहेको रणउजीरेश्वरी भगवतीको मन्दिरबाट सिन्दूरजात्रा निकाल्ने परम्परा सुरु भएको हो । राति १२ बजे बली दिएर भगवती...

कृष्णाष्टमीमा मयूरको प्वाँखको अवैध व्यापार !

कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, समाचार
पाटनको कृष्णमन्दिरमा शुक्रवार दर्शन गर्न लाइनमा उभिरहनुभएकी कल्पना सुवेदीको हातमा धुपबत्ती र फूलसँगै मयूरको दुईवटा प्वाँख पनि थियो । ‘हामीले पहिलेदेखि नै कृष्णजीलाई चढाउने गरेका छौँ’ उहाँले भन्नुुभयो ।  मयूरको प्वाँख वा अरु जनावरको रौँ, प्वाँख, हड्डी तथा छाला बोक्न र यसरी चढाउन मिल्दैन । तर यसबारेमा आफूलाई थाहा नभएको बताउँदै सुवेदी भन्नुहुन्छ, ‘यस बारेमा हामीलाई केही पनि थाहा छैन । पहिलेदेखि चढाएको भएर चढाउन हिँडेका हौँ । अरु त्यस्तो केही पनि थाहा छैन ।’ कुनै पनि जीवजन्तु वा पशु पक्षीको अङ्ग वा प्वाँख आदि बेचबिखन वा ओसारपसार गर्नु गैरकानुनी हो । तर, कानुनले अवैध भने पनि कृष्ण अष्टमीको दिन कृष्ण मन्दिर परिसरमा मयूरको प्वाँख हातमा लिएर दर्शन गर्न लाइन बसेका भक्तजन अनि वरपर प्वाँख बेच्नेको भिड देख्दा यो कानुनमा बन्देज छैन कि जस्तो देखिन्थ्यो ।  वातावरण तथा वन्यजन्त...
रसुवागढी र तातोपानी नाका ठप्प हुँदा दशैँका लागि ल्याइएका सामान बाटोमै रोकिए

रसुवागढी र तातोपानी नाका ठप्प हुँदा दशैँका लागि ल्याइएका सामान बाटोमै रोकिए

Breaking news 1, कृषि, ताजा अपडेट, समाचार
४ भदौ, काठमाडौ । - नेपाल र चीन जोड्ने रसुवागढी र तातोपानी नाका खुल्न नसक्दा सरसामान आयात ठप्प भएको छ । दशैँको लागि भन्दै व्यापारीले अर्डर गरेका र ल्याउँदै गरेका सामान रोकिएको छ । कोरोना जोखिम बढेको भन्दै चीनले बन्द गरेको दुवै नाका तत्काल खुल्ने सम्भावना नदेखिँदा व्यापारी चिन्तित भएका छन् ।   रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनमा कोरोना सङ्क्रमण कायमै रहेकाले रसुवागढी नाका छिटै खुल्ने सम्भावना नदेखिएको बताउनुभयो । सङ्क्रमण कम भयो भने छिटै खुल्ने, नत्र भन्न नसकिने उहाँको भनाइ छ । तर यो समस्या धेरै दिन नलम्बिने उहाँको विश्वास छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले पनि तातोपानी नाका खुलाउनेबारे चिनियाँ पक्षबाट जानकारी नआएको बताउनुभयो । चीनतर्फ कोरोना सङ्क्रमण बढिरहेको र त्यसकै कारणले नाका बन्द गरेकाले तत्काल खुल्ने सम्भावना नदेखिएको उहाँले ब...

सेयर बजारमा लगानीले बीमा कम्पनीको नाफामा धक्का

ताजा अपडेट, पत्रपत्रिका, फिचर
४ भदौ, काठमाडौं । सेयर बजारमा गरेको लगानी घाटामा जाँदा गत आर्थिक वर्ष २०७८/७९ मा अधिकांश बीमा कम्पनीको नाफामा धक्का लागेको छ । सेयरको लगानीकै कारण व्यवसायको हिसावले दुई ठूला जीवन बीमा कम्पनीहरुले त गत आर्थिक वर्षमा खुद नोक्सानीमा रहेको प्रारम्भिक वित्तीय विवरण प्रकाशित गर्नुपरेको छ । जीवन बीमा कम्पनीको वास्तविक नाफा बिमाङकीय मूल्यांकनपछि यकिन हुन्छ । बीमा कम्पनीहरुले जीवन बीमा कोषमा रहेको रकमबाट एक वर्षमा विभिन्न क्षेत्रमा लगानी गरेर प्राप्त भएको रकममध्ये केही हिस्सा जीवन बीमा कम्पनीको नाफामा आउने गर्छ । त्यसले गर्दा जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्यांकनपछि मात्रै वास्तविक नाफा देखिन्छ । यद्यपि प्रारम्भिक वित्तीय विवरण प्रकाशित गर्दा बीमा कम्पनीको नाफा प्रभावित भएको देखिन्छ । बीमा समितिले २०७४ मा एकसाथ १० वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । नयाँ जीवन बीमा कम्पनीह...

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

Breaking news 1, ताजा अपडेट, समाचार
१ भदौ, धनगढी । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, चार जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी जितेन्द्रकुमार पालले जानकारी दिए । जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ । ...

तीनपल्ट घट्यो इन्धन मूल्य, नेपालमा घटाइएन

Breaking news 1, ताजा अपडेट, फिचर, समाचार
१ भदौ, काठमाडौं । — इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मूल्य लगातार घटाएर इन्धन पठाए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य यथावत् राखेको छ । आईओसीले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा गरी पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाइसक्दा पनि निगमले पुरानो घाटा पूर्ति गर्न भन्दै मूल्य समायोजन नगरेको हो ।  आईओसीलाई चार महिनादेखि सम्झौताअनुसार भुक्तानी दिन नसकेको र सरकार तथा वाणिज्य बैंकबाट लिएको ऋण चुक्ता गर्नुपर्ने दायित्व रहेकाले मूल्य यथावत् राख्नुपरेको निगमले जनाएको छ । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीका अनुसार आईओसीको नयाँ मूल्यसूचीअनुसार पनि मासिक घाटा करिब ६२ करोड रुपैयाँ छ । ‘घाटाकै कारण आईओसीलाई २३ अर्ब तिर्न सकेका छैनौं । सरकार, वाणिज्य बैंक र आईओसीलाई तिर्नुपर्ने ब्याज मात्रै मासिक १४ करोड छ । यस्तो अवस्थामा मूल्य घटाउन कसरी सम्भव हुन्छ,’ ...