मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै


काठमाण्डौ – मधेश आन्दोलन भएको १८ वर्ष पूरा भएको छ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग राख्दै भएको मधेश आन्दोलनको सम्झनामा मधेशवादी दल र प्रदेश सरकारले हरेक वर्ष बलिदानी दिवस मनाउँदै आएका छन् ।

आज पनि विभिन्न कार्यक्रम हुँदैछन् । मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोको निधन भएको सम्झनामा मधेश केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउने गर्छन् ।

२०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी भएको अन्तरिम संविधानमा सङ्घीयता र समावेशिता नसमेटेको भन्दै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन भएको थियो ।

माघ २ गतेदेखि शुरू भएको आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोको ज्यान गएको थियो । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो ।

अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो । त्यही आन्दोलनको जगमा देशमा सङ्घीयता र संविधान आएको भन्दै हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको छ ।

मधेस आन्दोलनकै जगमा सङ्घीयता, समानता, समावेशिता, आरक्षण लगायतका महत्त्वपूर्ण उपलब्धि हासिल भए पनि अझै अधिकारबाट वञ्चित हुनुपरेको मधेशका नागरिकको गुनासो छ ।

केन्द्रीय नेतृत्व राजनीतिक स्वार्थमा अल्झिँदा र इमानदार नभइदिँदा अधिकारको कार्यान्वयन हुन नसकेको मधेशका बुद्धिजीवीहरुले बताउँदै आएका छन् । 

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...