ताजा अपडेट

हाम्रो नेपाली पार्टीका उम्मेदवार निकोलसको पक्षमा धर्ना

हाम्रो नेपाली पार्टीका उम्मेदवार निकोलसको पक्षमा धर्ना

ताजा अपडेट, समाचार, स्थानीय
बुटवल । रुपन्देही–२ को निर्बाचन अधिकृतको कार्यालय अगाडी उम्मेदवारी बदर भएको हाम्रो नेपाली जनता पार्टीका उम्मेदवारको पक्षमा धर्ना बसेका छन् । निर्वाचन कार्यालयले उक्त पार्टीका उम्मेदवार डा. कमल भुसाल (निकोलस)को उम्मेदवारीमा उजुरी परेपछि छानविन गरी बदर गरेको थियो । कार्यालयले आफ्नो कार्यातालिका अनुसार नै असोज २५ गते बदर भएका उम्मेदवार बाहेकको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । विर्नाचन कार्यालयले गलत निर्णय गरेको भन्दै हाम्रो नेपाली पार्टीका उम्मेदवार निकोलसका समर्थकहरुले निर्वाचन अधिकृतकोे कार्यालय रहेकोे बुटवल उपमहानगरपालिकाकोे पुरानो भवनकोे गेटमा शुक्रबार धर्नामा बसेका हुन् । धर्नामा निकोलसका बुबा तुलसीकुमार भुसाल, उनका दाजु सागर भुसाल लगायत (निकोलस) का समर्थक बिभिन्न प्ले कार्ड प्रदर्शन गर्दै धर्नामा बसेका हुन् । उनीहरुले ‘निर्वाचन अधिकृत हो की आदेश पालक ?’, ‘निर्वाचन आयोग जन...
२५ वर्षदेखि  एउटै पदमा उनै प्रतिष्पर्धी !

२५ वर्षदेखि एउटै पदमा उनै प्रतिष्पर्धी !

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्य पदमा २५ वर्ष अघिकै प्रतिष्पर्धी उम्मेदवार बनेका छन् । गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को प्रदेश सभा (क) मा उम्मेदवार बनेका नेकपा एमालेका डिल्लीराज भुसाल र नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ बीच २५ वर्ष अघिबाट एउटै पदमा प्रतिष्पर्धा हुँदै आएको हो । तत्कालिन तम्घास गाविसको अध्यक्ष पदका लागि २०५४ सालमा सम्पन्न स्थानीय निकाय निर्वाचन गाविस अध्यक्ष पदमा भुसाल र श्रेष्ठ बिच प्रतिस्पर्धा भएको थियो । त्यस्तै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा कांग्रेसबाट श्रेष्ठ र एमालेबाट भुसालबीच प्रतिष्पर्धा भएको थियो । ०५४ सालको निर्वाचनमा त्यतिबेलाको गाविस अध्यक्षमा कांग्रेसका श्रेष्ठ निर्वाचित भएका थिए । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख...
मधेश सरकारबाट कांग्रेसका ३ मन्त्री बर्खास्त

मधेश सरकारबाट कांग्रेसका ३ मन्त्री बर्खास्त

Breaking news 1, ताजा अपडेट, समाचार
२८ असोज, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् । कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेका थिए । तर राजीनामा नदिएपछि बर्खास्त गरेका एक मन्त्रीले जानकारी दिए । उनीहरु २६ जेठ २०७८ मा नियुक्त भएका थिए । बिहीबार साँझ सत्ता गठबन्धन घटक दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबै...
बृहत सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रमको तयारी पुरा

बृहत सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रमको तयारी पुरा

ताजा अपडेट, समाचार, स्थानीय
असोज ९ बुटबलनेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मंचले आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रम सगै शुभकामना आदान प्रदान कायक्रमको तयारी पुरा भएको छ ।असोज १० गते भोली घटस्थापानाको दिन आयोजना हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको मञ्चले जनाएको छ । आउदै गरेका चाडपर्वहरु विजया दशमि ,शुभ दिपावली तथा छट पर्वको अवशरमा एक आपसमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजनामा गरिएको मंंचका अध्यक्ष हेम थापाले जानकारी दिनुभएको छ ।गुल्मी जिल्लाबाट बसाईसराइ गरि रुपन्देही जिल्ला लगायत आसपासमा क्षेत्रमा विभिन्न पेशा व्यावसाय गरि बसोबास गर्नुहुने नेकपा एमालेमा आस्थावान सुभेक्छुक कार्यक्रताहरुको उल्लेखनिय उपस्थिती रहने आयोजकले जनाएको छ । गुल्मी जिल्लाका १२ ओटै स्थानियतहको प्रतिनिधित्व हुने गरि उल्लेखनिय उपस्थितीको लागी प्रचारको कार्यलाई तिब्रता दिएको मञ्चका अध्यक्ष थापाले बताउनु भएको छ ।बुटब...
गुल्मी रेसुङ्गा युवा क्लबद्धारा खेलकुद प्रतियोगिता संगै विभिध सांस्कृतिक कार्यक्रम हुने ।

गुल्मी रेसुङ्गा युवा क्लबद्धारा खेलकुद प्रतियोगिता संगै विभिध सांस्कृतिक कार्यक्रम हुने ।

ताजा अपडेट, समाचार, स्थानीय
असोज ९, गुल्मीगुल्मी रेसुङ्गा युवा क्लबद्धारा खुल्ला क्रिकेट प्रतियोगिता एवम भलिबल प्रतियोगिता संचालन हुने भएको छ । विजया दशमी शुभ दिपावली तथा आफनो पाँचौं वार्षिकोत्सवको अवशर पारेर रेसुङ्गा नगरपालिका–६ मा रहेको गुल्मी रेसुङ्गा युवा क्लबले खुल्ला क्रिकेट प्रतियोगिता एवम खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको हो । विभिन्न सामाजिक काम गर्दै सभ्य र सुसस्कृत समाज निर्माणको अभियान सहित स्थापना भएको क्लबले खेल क्षेत्रको विकाश र युवाहरुको माग अनुसार खेलकुद कार्यक्रम आयोजना गरेको जनाएको छ । चाडपर्व विषेश परम्परा र सकृतिको संरक्षण समंर्बधन तथा सामाजिक उत्तरदाईत्वका कार्यक्रमहरु गर्दै आईरहेको क्लबले २०७९ सालको विजया दशमीको अबशरमा खुल्ला भलिवल तथा क्रिकेट प्रतियोगिता संगै विभिध सांस्कृतिक कार्यक्रम संचालन गर्न लागेको क्लबका अध्यक्ष गोकर्ण बरालले जानकारी दिनुभएको छ ।असोज १३ र १४ गते क्रिकेट , १५ गत...
उद्यमि कृषि सहकारी सदस्यलाई जीवन बिमा ।

उद्यमि कृषि सहकारी सदस्यलाई जीवन बिमा ।

ताजा अपडेट, समाचार, स्थानीय
सुवास बि.सि ।बुटवल,८ भदौ ।बुटवल ११ देविनगरमा रहेको उद्यमि कृषि सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुको सामुहिक जिवन बीमा गरि दिएको छ ।शनिबार सामुहिक जीवन बिमा पोलिसी हस्तान्तरण कार्यक्रम गरि आफ्ना शेयर सदस्यहरुलाई रिलायन्स लाइफ इन्स्योरेन्स मार्फत जीवन बिमा गरि दिएको हो ।बचत र ऋणको सम्बन्ध मात्र नभई सदस्यको जिवन सुरक्षालाई बीमा गरिदिएको सहकारीका अध्यक्ष दल बहादुर लहोगुनले बताउनुभयो ।सहकारीले आफ्ना शेयर सदस्यहरुको लागि दुई लाखको दुर्घटना बिमा ,कालगतिले मृत्यु भए एक लाख र घातक रोग लागे उपचार खर्च बापत पचास हजार गराइदिएको छ भने शेयर सदस्यको मृत्युभएमा परिवारलाई किरिया खर्च बापत पाँच हजार र सुत्केरी आमालाई पोषिलो खाना बापत एक हजार प्रदान गर्दैै आएको अध्यक्ष लहोगुनले बताउनुभयो ।हस्तान्तरण कार्यक्रममा बोल्दै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका लुम्बिनी प्रदेश प्रमुख इन्द्र बिश्वकर्माल...
संविधान दिवसको उपलक्ष्यमा दीपावली ।

संविधान दिवसको उपलक्ष्यमा दीपावली ।

ताजा अपडेट, समाचार, स्थानीय
कार्यक्रम सम्पन्न पछी कल्बको टिम द्धारा सामुहिक फोटो , श्रीराम ज्ञवालीबुटबललायन्स क्लब अफ बुटवल सिद्धार्थले ८ औं संविधान दिवसको अवशरमा दीपावली कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न सामाजिक कार्यमा सक्रिय हुदै आएको क्लबले दिवसको उपलक्ष्यमा सन्ध्याकालीन समयमा बसपार्क पछाडि होटल सम्मानमा आफनो तेस्रो नियमित बैठक तथा दिपावली कार्यक्रम गरेको हो । डिष्ट्रिक्ट ३२५ पि. नेपालका भिडिजन सेकेण्ड लायन पुरुषोत्तम प्रधानाङ्गको प्रमुख अतिथिमा रहेको कार्यक्रममा क्लबका गाइडिङ्ग लाइन लायन रोमनाथ ढकाल, संस्थापक अध्यक्ष श्रीकान्त सुवेदी, आइ.पी.पी. लायन भोजराज पोखेल, भिपी थर्ड लायन राजु भारी, सचिव दिनेशमणि सुवेदी, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा शुद्धोधनका अध्यक्ष रमेश गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।उक्त कार्यक्रममा क्लबका अध्यक्ष लायन ओमबहादुर थापाको अध्यक्षता ,लायन सुन्दर श्रेष्ठको संचालन, लायन नाराय...
कम्युनिष्ट नेताले सम्झिरहने अप्ठ्यारोको आश्रय स्थल ग्वादीको सटखोला

कम्युनिष्ट नेताले सम्झिरहने अप्ठ्यारोको आश्रय स्थल ग्वादीको सटखोला

Breaking news 2, ताजा अपडेट, फिचर, समाज, स्थानीय
कृष्ण अन्जानसटखोला ग्वादीमुस्किलले आठ नौ घर रहेको मगर बस्ति दुईतिर रुखले ढाकेका खोल्सा तिनै दुईखोल्सीको बिचमा उत्तर बाट दक्षिणतिर लाम्चो परेर फिँजारिएको डाँडो साविकको ग्वादी गाउँ विकास समिति र हालको रुरुक्षेत्र गाउँपालिकाको वडा न २ मा रहेको सटखोलाले ठुलै ईतिहास बोक्छ ।गाउँमा पुग्दा भिम बहादुर लामिछाने घरमै मेलापात गोबर सोत्तरमा व्यस्त भेटिए तर यहि व्यस्तताका बिचमा उनले त्यहाँ पुगेका एमालेनेता हरु कमल राज श्रेष्ठ ,हरी ज्ञवाली लगाएत सँग दरिलो कमरेडि हात मिलाएर अभिभादन गरे ।उनलाई यो कुराको बानी परेको धेरैभो ।पन्चायतको कालरात्रिमा यहि सटखोला हो जसले कम्युनिस्ट नेता हरुलाई वर्षौँ सम्म आश्रय दियो ।उन्चालीस साल तिरबाट कम्युनिस्ट नेताहरु यहाँ आएर बस्न थाल्नु भएको हो । यो निरन्तरता छयालीस सालको जनआन्दोलन सम्म रह्यो करिब सत्तरी वर्ष कटेका लामिछानेले भने ।सटखोला अर्थात मगर भाषामा सट भनेको आँप र ...
नेपाल टी–२० लिगको मिति सर्यो

नेपाल टी–२० लिगको मिति सर्यो

खेलकुद, ताजा अपडेट
काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गर्ने नेपाल टी–२० लिगको मिति सरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको कारण मङ्सिर ४ गतेअघि लिग सञ्चालन हुने भएको हो । लिगमा खेल्ने खेलाडी तथा मैदानको सुरक्षाको लागि गृह मन्त्रालयलाई क्यानले पत्राचार गरेको थियो । तर गृह मन्त्रालयले प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि मात्रै प्रतियोगिता सञ्चालन गर्न भनेको छ । यसअघि असोज ८ देखि कात्तिक ५ गतेसम्म प्रतियोगिता आयोजना हुने तालिका रहेकामा अब मंसिरसम्म सरेको हो । प्रतियोगितामा ६ वटा टोली सहभागी छन् । केही टोलीले विदेशी खेलाडी समेत अनुबन्ध गरिसकेका छन् । ...
आजदेखि तीन दिन झरी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह

आजदेखि तीन दिन झरी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै - गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । आज देशैभर झरी पर्ने अनुमान छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा रहे पनि पूर्वी क्षेत्रमा सरदर स्थानभन्दा केही माथि सरेकाले मौसम बदली भइ झरी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज, भोलि र पर्सि दिन तीन दिनसम्म नै झरी पर्ने सम्भावना छ । केहीबेर पानी  पर्न रोकिएर घाम लागेजस्तो भए पनि फेरि पनी पर्ने उहाँले बताउनुभयो । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तीन दिन नै ठूलो वर्षाको सम्भावना छ । यसले गर्दा यी दुई प्रदेशमा बाढी पहिरोको जोखिम धेरै छ । आज लुम्बिनी, गण्डकी, सुदूरपश्चिम, प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ । झरीका कारण भू–क्षय, पहिरो तथा बाढीको जोखिम रहेकाले सतर...