ताजा अपडेट

बुटवल–नारायणगढ सडकको काम तेस्रो पटक थपिएको म्यादमा पनि सकिने सम्भावना छैन

बुटवल–नारायणगढ सडकको काम तेस्रो पटक थपिएको म्यादमा पनि सकिने सम्भावना छैन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार
बुटवल नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तरगत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएको छ। योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने २९ वटा पुल निर्माणको काम सकिएको नारायणगढ–बुटवल सडक विस्तार योजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए। गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब पाँच वटा पुल मात्र निर्माणको काम बाँकी छ। यस खण्डमा २५ मिटर लम्बाइ सम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा छोटा सबै पुल निर्माणको काम सकिएको छ। लामो पुलमा जय श्री र बेल्डियाका दुई वटा पुलमा ढलानको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताए। यी पुलहरू केही दिनमा ढलानको काम हुनेछन् । ढलान भएका लामा पुल केही सञ्चालनमा आएको र बाँकी रहेका पुलसमेत चाँडै सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँले जानकारी दिए। दुई सय मिटर...
शिक्षकहरू सरकारमाथि विश्वास गरेर प्रदर्शनमा आउनुभयो: प्रधानमन्त्री ओली

शिक्षकहरू सरकारमाथि विश्वास गरेर प्रदर्शनमा आउनुभयो: प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरू सरकारलाई विश्वास गरेर प्रदर्शन गर्न काठमाडौं आएको बताएका छन्। शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्रीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आवाज उठाए सरकारले सुन्छ भन्ने विश्वास राखेर शिक्षकहरू काठमाडौं आएको बताएका हुन्।  'नत्र पहिले पहिले प्रदर्शनमा आउनु हुन्नथ्यो। प्रदर्शन गर्‍यो गर्‍यो कानमा बतास लाग्दैन भने किन गर्ने भन्ने हुन्थ्यो। अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने उहाँहरूलाई विश्वास छ,' उनले भने।  उनले सानो डेलिगेशन आएको भए पनि सरकारले सम्बोधन गर्ने बताए।  'आइरहनुपर्ने थिएन। सानो डेलिगेशन आएको भए पनि भइहाल्थ्यो। सरकारले सुनेन कि भन्ने ‍पहिले-पहिले जस्तै ठान्नुभयो होला। अलि ठूलै जमात जानुपर्छ। यो विषय टुंगिन्छ र उहाँहरू जानुहुन्छ,' उनले भने। अब शिक्षकहरूको कु...
रवि लामिछाने दुई दिन रूपन्देही प्रहरी हिरासतमा रहने

रवि लामिछाने दुई दिन रूपन्देही प्रहरी हिरासतमा रहने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालतको आदेश कार्यान्वयनका लागि रूपन्देही पठाइएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो। काठमाडौंको बूढानीलकण्ठस्थित घरबाटै पक्राउ परेका लामिछानेलाई शनिबार यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइएको हो। लामिछाने शनिबार र आइतबार  जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा रहने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जानकारी दिए। उनका अनुसार आज शनिबार र भोलि सरकारी बिदा भएकाले अदालत नखुल्ने भएकाले दुई दिन लामिछाने जिल्ला प्रहरीकै हिरासतमा रहनेछन्। ‘सोमबार मात्रै बाँकी प्रक्रिया सुरू हुन्छ,’ एसपी राठौरले भने। सोमबार अदालत खुलेपछि लामिछानेलाई अदालतमा हाजिर गराइन्छ। ...
नेपाल बारको अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय मिश्र र श्रेष्ठबीच प्रतिस्पर्धा

नेपाल बारको अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय मिश्र र श्रेष्ठबीच प्रतिस्पर्धा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । बारको आज बिहान ८ बजेदेखि सुरु हुने कार्यसमिति निर्वाचनमा वरिष्ठ अविधक्ताद्वय प्राडा मिश्र र श्रेष्ठ फरक–फरक प्यालन नै बनाएर चुनावमा प्रतिस्पर्धा गर्दै छन् । न्यायालयको सुधारका लागि दुवैले आ–आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरिसकेका छन् । अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहले आफ्नो उम्मेदवारी नेपाल बारको संस्थागत, संरचनागत र नीतिगत सुधार गर्नका लागि आवश्यक कदम चाल्न, सशक्त, प्रभावकारी एवं कार्यमुखी बार निर्माण गर्न भनेको छ । ‘न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउ...
किन सडकमा उत्रिए शिक्षक ?

किन सडकमा उत्रिए शिक्षक ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौँ विद्यालय शिक्षा ऐनको माग राख्दै देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन थालेका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न काठमाडौं केन्द्रित अनिश्चितकालीन सडक आन्दोलन थालिएको नेपाल शिक्षक महासंघले जनाएको छ । यद्यपि शिक्षकहरूले भने ‘आफूअनुकूल’ विधेयक पारित गर्न सरकारलाई दबाब दिँदै आएका छन् । संविधानले व्यवस्था गरेविपरीत शिक्षक स्थानीय तह मातहत नबस्ने उनीहरूको ‘अदृश्य तर प्रमुख माग’ रहेको छ । गत मंगलबार रातिबाट संसद्को हिउँदे अधिवेशन सकिएपछि शिक्षक महासंघले अध्यादेशबाट भए पनि आफ्ना मागसहित शीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग अघि सार्दै आन्दोलनलाई निरन्तरता दिएको छ । शुक्रबार पनि माइतीघरदेखि बानेश्वर क्षेत्रमा शिक्षकहरूले सडक प्रदर्शन गरे । शिक्षा मन्त्रालयले संवादका लागि गरेको...
जाजरकोट पैंक क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का

जाजरकोट पैंक क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
जाजरकोट केन्द्रबिन्दु भएर आज (शुक्रबार) साँझ ८ बजेर ७ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । यसको तीव्रता ५.२ म्याग्निच्युड रहेको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो । यसअघि बिहीबार अपराह्न दार्चुलामा भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु अपी हिमाल आसपास रहेको थियो । यसको तीव्रता म्याग्निच्युडमा ४ मापन गरिएको थियो । त्यस्तै चैत १३ गते हुम्ला कालिका भएर भूकम्प गएको थियो । भूकम्पको तीव्रता ४.५ म्याग्निच्युड रहेको थियो । ...
रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

Breaking news 1, ताजा अपडेट, विविध
२२ चैत, बुटबल । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो । ...
ओलीसँगको भेटवार्ता फलदायी रह्यो : मोदी

ओलीसँगको भेटवार्ता फलदायी रह्यो : मोदी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
 काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सकमक्षी नरेन्द मोदीले थाइल्यान्डको बैंककमा भेटवार्ता गरेका छन् । शुक्रबार भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीसँगको भेटवार्ता फलदायी रहेको प्रतिक्रिया दिएका छन् । आफ्नो सामाजिक सञ्जालमा मोदीले नेपाली भाषा प्रयोग गरेर लेख्दै उक्त टिप्पणी गरेका हुन् । ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो,’ मोदीले भनेका छन्, ‘भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ ।’ उनले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल भएको जानकारी गराएका छन् । ‘हामीले यस वर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्‍यौं,’ उनले भनेका छन्...
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको सीमांकन जारी

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको सीमांकन जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, समाचार, समाज
रुपन्देही २०७२ मा घोषणा भएको रुपन्देहीस्थित मोतीपुर औद्योगिक क्षेत्रमा रहेको आठ सय १३ बिघा जमिनको सीमांकन बल्ल सुरु भएको छ । ०७७ मा शिलान्यास भएको औद्योगिक क्षेत्रको निर्माण सुरु भएर कहिले टुंगिने भन्ने अझै यकिन छैन । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तको नेतृत्वमा यसै साताबाट जग्गाको यकिन गर्न सीमांकनको काम सुरु भएको छ । चैतभित्रै सीमांकनको काम सकेर प्रतिवेदन दिने योजना रहेको उनले बताए । ‘मोतीपुर औद्योगिक क्षेत्रसँग रहेको जग्गाको क्षेत्रफल यकिन गरेर चैतभित्रै प्रतिवेदन दिन सकियो भने आगामी आर्थिक वर्ष ०८२/८३ मै बजेट राख्न सजिलो हुन्छ,’ उनले भने, ‘त्यसैले स्थानीयवासी र जनप्रतिनिधिको संलग्नतामा सीमांकनको कामलाई तीव्रता दिइरहेका छौँ ।’ तिलोत्तमा, शुद्धोधन र सियारीसम्मको तिनाउ नदीको पश्चिमतर्फसम्म पर्ने आठ सय १३ बिघा जग्गा १४ असार ०७३ मै औद्योगिक क्षेत्रको स्व...
शुद्धोदन गाउँपालिकामा मौरी पालन तालिम तथा घार वितरण कार्यक्रम सम्पन्न

शुद्धोदन गाउँपालिकामा मौरी पालन तालिम तथा घार वितरण कार्यक्रम सम्पन्न

Breaking news 1, जीवनशैली, ताजा अपडेट, स्थानीय
रुपन्देही २१ चैत्र — शुद्धोदन गाउँपालिका कृषि विकास शाखा मानपकडीको आयोजनामा मौरी पालनसम्बन्धी तालिम तथा मौरी घार वितरण कार्यक्रम बिहिवार सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत पालिकाका विभिन्न वडाका किसानहरूलाई कुल ४१ वटा मौरी घार वितरण गरिएको छ। यस कार्यक्रमले स्थानीय किसानलाई व्यावसायिक मौरी पालनतर्फ प्रोत्साहित गर्नुका साथै आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रममा किसानहरूलाई मौरी पालनसम्बन्धी आधुनिक प्रविधि, व्यवस्थापन तथा उत्पादन वृद्धिका विविध पक्षबारे जानकारी गराइएको थियो। सहभागी कृषकहरूले तालिम तथा घार वितरण कार्यक्रमले व्यवसाय प्रवर्द्धन गर्न मद्दत पुग्ने बताएका छन्। शुद्धोदन गाउपालिकाका आर्थिक विकास समितिका संयोजक एवं वडा नं. २ का अध्यक्ष कमल खड्का क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्य...