रवि लामिछाने दुई दिन रूपन्देही प्रहरी हिरासतमा रहने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालतको आदेश कार्यान्वयनका लागि रूपन्देही पठाइएको छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो।

काठमाडौंको बूढानीलकण्ठस्थित घरबाटै पक्राउ परेका लामिछानेलाई शनिबार यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइएको हो।

लामिछाने शनिबार र आइतबार  जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा रहने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जानकारी दिए।

उनका अनुसार आज शनिबार र भोलि सरकारी बिदा भएकाले अदालत नखुल्ने भएकाले दुई दिन लामिछाने जिल्ला प्रहरीकै हिरासतमा रहनेछन्।

‘सोमबार मात्रै बाँकी प्रक्रिया सुरू हुन्छ,’ एसपी राठौरले भने।

सोमबार अदालत खुलेपछि लामिछानेलाई अदालतमा हाजिर गराइन्छ। अदालतले थुनामा पठाउने अनुमति दिएपछि लामिछानेलाई कारागार चलान गरिने उनले बताए। 

रास्वपाले न्यायका लागि अर्को तहमा अपिल गर्ने निर्णय गरेको छ। 

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...