ताजा अपडेट

आज नेपाल र अफगानिस्तानबिच निर्णायक खेल , जित्ने टोली विश्वकपका लागि छनोट हुने

आज नेपाल र अफगानिस्तानबिच निर्णायक खेल , जित्ने टोली विश्वकपका लागि छनोट हुने

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौं आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । खेल मुलपानी क्रिकेट मैदानमा शनिबार बिहान ९ बजेबाट सुरु हुँदैछ । आजको यो खेल विश्वकप छनोटका लागि निर्णायक हुनेछ । पछिल्ला ३ वटै खेलमा जित निकालेका दुवै टोलीलाई विश्वकपमा छनोट हुन यो खेल जित्नैपर्ने हुन्छ । यो खेलमा जो विजेता हुन्छ, उहीँ टोली सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकपमा छनोट हुनेछ । छनोट प्रतियोगितामा ३ खेलबाट दुवै टोलीले ६ अंक जोड्दै शीर्ष दुईमा छन् । रनरेटमा अघि हुँदा खेल रद्द भएको खण्डमा पनि अफगानिस्तान विश्वकपमा छनोट हुनेछ । ...
सामाजिक सञ्जाल कम्पनीहरू सूचीकृत हुने–नहुने विषयमा आइतबारसम्म मेटाको जवाफ आउँदै

सामाजिक सञ्जाल कम्पनीहरू सूचीकृत हुने–नहुने विषयमा आइतबारसम्म मेटाको जवाफ आउँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, समाचार, समाज
काठमाडौँ सामाजिक सञ्जाल कम्पनीहरूलाई सूचीकृत हुन सरकारले दिएको समयसीमा घर्किन लाग्दा नेपालमा उल्लेख्य प्रयोगकर्ता भएको फेसबुक, म्यासेन्जर, इन्स्टाग्रामलगायत प्लाटफर्मको प्यारेन्ट कम्पनी मेटा र नेपाल सरकारबीच कतिपय विषयमा असहजता देखिएको छ । मेटाले नेपालमा सूचीकृत हुने–नहुने विषयमा आइतबारभित्र जवाफ पठाउने प्रतिक्रिया दिइरहँदा शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तोकिएको समयभित्र सूचीकृत नभए प्रतिबन्ध लगाउने घोषणा दोहोर्‍याएका छन् ।  नेपालमा चर्चित एक्स, स्न्यापच्याटलगायत कम्पनी भने सम्पर्कमै आएका छैनन्, अटेर गर्दैमा उम्किन नसक्ने सञ्चारमन्त्री गुरुङको प्रतिक्रिया छ । सञ्चार सचिव राधिका अर्यालसहितका पदाधिकारीसँगको भर्चुअल कुराकानीमा बिहीबार मेटाका पब्लिक पोलिसी म्यानेजर रुजन सरवर खानलगायत प्रतिनिधिले ऐन–कानुन पालना गर्ने तर निर्देशिकाका भरमा सूचीकृत हुन क...
अमेरिका र युक्रेनद्वारा संयुक्त समझदारी पत्रमा हस्ताक्षर

अमेरिका र युक्रेनद्वारा संयुक्त समझदारी पत्रमा हस्ताक्षर

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
युक्रेन र संयुक्त राज्य अमेरिकाले बिहीबार किएभको प्राकृतिक स्रोत तथा खनिजमा अमेरिकाको पहुँच रहने सम्झौतासहितको समझदारी पत्रमा हस्ताक्षर गरेको किएभ स्रोतले जनाएको छ । युक्रेनको पुनर्निर्माणका लागि आर्थिक साझेदारी सम्झौता र लगानी कोषको स्थापनाका अमेरिकी समझदारी पत्रमा हस्ताक्षर भएको घोषणा गर्न पाउँदा खुसी भएको युक्रेनकी प्रथम उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले सामाजिक सञ्जाल एक्समार्फत बताएका छन् ।किएभ र वासिङ्टनले केही हप्ताअघि  खनिज उत्खनन् गर्ने सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएकोमा गत फेब्रुअरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबिच उत्पन्न असमझदारीले सम्झौता प्रक्रियामा अवरोध पुर्याएको थियो । ट्रम्पले  भने पूर्व अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई दिएको सहायताको क्षतिपूर्तिको रूपमा युक्रेनी स्रोत साधनको उत्खननबाट हुने नाफामा अमेरिकी रोयल्टी भुक्तानी चाहेको ब...
ट्राफिक कार्यालय बुटवलको कार्यप्रगति बढ्दो

ट्राफिक कार्यालय बुटवलको कार्यप्रगति बढ्दो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले शुक्रबार कार्यालय परिसरमा मासिक कार्य प्रगति विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै मृत्यु हुनेको संख्या घटेको र राजस्वको मात्रा पनि वृद्धि भएको जनाएको छ। २०८०/ ०८१ चैत महिनामा स-सानादेखि ठूला सवारी दुर्घटना हुनेको संख्या बढेता पनि मृत्यु हुनेको संख्या पनि घटेको जानकारी गराएको छ। कार्यालयको कार्यक्षेत्र भित्रका भए गरेका विवरणहरूमा गएको चैत महिनामा ४०२ सडक दुर्घटना भएका छन् भने ०८० को चैतमा मात्र ९४ दुर्घटना भएका थिए ,प्रतिशतका आधारमा ३२७.६६ प्रतिषत ले वृद्धि भएको थियो जसमा घाइते हुनेको सङ्ख्या ७४५ थियो। भने० ८० को चैतमा १४० मात्र थियो। जसअनुसार घाइते हुनेको संख्या ४३२.११प्रतिशतले बढेको छ। तथापि यी ससाना सडक दुर्घटनालाई पनि मापन गरिएकोले दुर्घटना र घाइतेको संख्या बढी भएतापनि मृत्यु हुनेको संख्या ...
गुल्मीको तम्घासमा  महोत्सव सुरु

गुल्मीको तम्घासमा  महोत्सव सुरु

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी, तम्घास – कृषि, पर्यटन, उद्योग र व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा गुल्मी महोत्सव २०८१ सुरु भएको छ। “गुल्मी जिल्लाको समृद्धिको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने नाराका साथ गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा सुरु भएको महोत्सव वैशाख १७ गतेसम्म सञ्चालन हुने छ। महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले गरेका हुन्। उद्घाटन अवसरमा सदरमुकाम तम्घासमा विभिन्न संघ–संस्थाहरूले सांस्कृतिक झाँकी र र्याली प्रस्तुत गरेका थिए। महोत्सवमा गुल्मी जिल्लाको विभिन्न जातीय परिकार, सांस्कृतिक झाँकी, तथा औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरू प्रदर्शनमा राखिएका छन्। साथै जिल्लामा उत्पादन हुने कृषिजन्य सामग्री, मनोरञ्जनात्मक सामाग्री तथा बिक्री वितरणका लागि तीन सयवटा स्टल राखिएको छ। महोत्सव अवधिभर लोकप्रिय कलाकार, इन्द्रेणी टिमस...
६ डीआईजीलाई एआईजीमा बढुवा सिफारिश

६ डीआईजीलाई एआईजीमा बढुवा सिफारिश

Breaking news 2, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ – सरकारले नेपाल प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ६ जनालाई सिफारिश गरेको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले रिक्त ६ एआईजीमा नायब महानिरीक्षक (डीआईजी) हरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा.मनोजकुमार केसीलाई एआईजीमा सिफारिश गरेको हो । बढुवा सिफारिश भएकाहरुमध्ये खापुङ, आचार्य र शर्मा २०५२ सालमा तथा कार्की, अधिकारी र केसी ०५४ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन् । सिफारिश भएका सबै डीआईजी ज्येष्ठता र वरीयताक्रममा अगाडि रहेका अधिकृत हुन् । ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको संसदीय उपसमितिको निष्कर्ष

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको संसदीय उपसमितिको निष्कर्ष

Breaking news 1, अपराध, ताजा अपडेट, राजनीति, विविध, समाचार
काठमाण्डौ – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता एवम् भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । राप्रपा सांसद राजेन्द्र लिङदेन संयोजकत्वको उपसमितिले नागरिक उड्डयन प्राधिकरणका वर्तमान महानिर्देशक प्रदिप अधिकारीसहित विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुँदासम्मका संलग्न नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूलाई निलम्बन गर्न पनि सिफारिश गरेको छ । उपसमितिले अधिकारीसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजनाका प्रमुख विनेश मुनकर्मी, राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाला श्रेष्ठ, आयोजनाका इन्जिनियर प्रविन न्यौपाने, प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक इन्जिनियर बाबुराम पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतम र राजन पोखरेलमाथि भ्रष्टाच...
द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिदैन्ः प्रधानमन्त्री

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिदैन्ः प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पु¥याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गरेका छन् । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने बताए । उनले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने बताउँदै अधिनायकवाद परास्त भइ लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकावमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक भड्काव र अराजकता स्वीकार्य नहुने स्पष्ट गरेका छन ।“अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ । चुनाव जितेर एमालेले एकल सर...
राजनीतिक स्थिरता र संबिधान संशोधन जरुरी छ – प्रचण्ड

राजनीतिक स्थिरता र संबिधान संशोधन जरुरी छ – प्रचण्ड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
रूपन्देही  राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रेस सेन्टर नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै माओवादीका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री पुस्प कमल दाहाल प्रचण्डले अब १० बर्षको समीक्षा आबश्यक रहेको बताउदै कहाँ कहाँ त्रुटि भएको छ संसोधनको आबश्यक रहेको बताए । “संविधान संशोधन अधिकार खोस्ने गरि होइन थप अधिकार दिने गरि संबैधानिक लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउने गरि हुनुपर्यो । ” पूर्व प्रधानमन्त्री प्रचण्डले भने । माओवादीको तराई राजमार्गमा झापा देखिको अभियानमा आउंदा राजमार्ग वरिपरि जनतामा नयाँ आसा जन्माएको बताए  । झापाबाट सुरुवात भएको अभियानमा हजारौं लाखौं जोडिएको बताउंदै शिक्षा, स्वास्थ्य, पर्यटन बिकासका समस्या नजिक बाट बुझ्ने अबसर प्राप्त गरेको बताए ।  यो सरकारलाइ दब...
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू(भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज कोशी प्रदेश लगायत देशको पहाडी भू(भागका केही स्थानहरू र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।   देशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मेघगर्जन, चट्याङ, वर्षा लगायत हिमप...