ट्राफिक कार्यालय बुटवलको कार्यप्रगति बढ्दो


बुटवल

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले शुक्रबार कार्यालय परिसरमा मासिक कार्य प्रगति विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै मृत्यु हुनेको संख्या घटेको र राजस्वको मात्रा पनि वृद्धि भएको जनाएको छ।

२०८०/ ०८१ चैत महिनामा स-सानादेखि ठूला सवारी दुर्घटना हुनेको संख्या बढेता पनि मृत्यु हुनेको संख्या पनि घटेको जानकारी गराएको छ। कार्यालयको कार्यक्षेत्र भित्रका भए गरेका विवरणहरूमा गएको चैत महिनामा ४०२ सडक दुर्घटना भएका छन् भने ०८० को चैतमा मात्र ९४ दुर्घटना भएका थिए ,प्रतिशतका आधारमा ३२७.६६ प्रतिषत ले वृद्धि भएको थियो जसमा घाइते हुनेको सङ्ख्या ७४५ थियो। भने० ८० को चैतमा १४० मात्र थियो। जसअनुसार घाइते हुनेको संख्या ४३२.११प्रतिशतले बढेको छ। तथापि यी ससाना सडक दुर्घटनालाई पनि मापन गरिएकोले दुर्घटना र घाइतेको संख्या बढी भएतापनि मृत्यु हुनेको संख्या भने घटेर १४.२९ प्रतिशत ले कमी हुन आएको छ। प्रहरीको सक्रियताले कारबाही र राजस्वको मात्रा पनि वृद्धि भएको छ।

जसअनुसार २०८० चैतमा भन्दा० ८१ चैतमा १५.७०प्रतिशतले कारबाहीको दर बढेको छ भने दुवै चैत महिनाको तुलनामा राजस्व ४०.२६ प्रतिषतले वृद्धि भएको छ। ट्राफिक प्रहरी बुटवलले विभिन्न समयमा जनचेतनाका कार्यक्रमहरु लाई पनि बढाइराखेको छ भने लाभान्वित हुने हरुको सङ्ख्या पनि १११.६५प्रतिशतले बढेको छ।

ट्राफिक प्रहरीले सवारीचालक नियन्त्रणसँगै योग साधनाका कार्यक्रमहरू ,डिजिटल प्रविधिबाट जरिवाना भुक्तानी गर्न सक्ने व्यवस्था,अग्नि नियन्त्रण प्रशिक्षण जस्ता कार्यक्रम गरिरहेको छ। सरकार ,विभिन्न संघसंस्थाहरूको सहयोगमा निःशुल्क इन्टरनेट कनेक्सन, सिसिटिभी क्यामेरा ,कम्प्युटर, प्रिन्टर ,जेब्रा क्रसिङ् रोड सिग्नल पनि विस्तार गर्दै गएको छ। जसबाट सेवाग्राहीलाई सडकमा सवारी चलाउन ,विविध जानकारी लिन र ई- सेवा मार्फत जरिवाना भुक्तानी गर्न सहज हुनेछ।

कार्यक्रम मार्फत नागरिकको संयमता ,आवश्यक जनशक्ति ,आवश्यक पूर्वाधार ,प्रविधि, सामग्रीहरू उपलब्ध भएमा सडक दुर्घटना न्यूनीकरणमा थप सहयोग पुग्ने ट्राफिक कार्यालय बुटवलका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताए।

चैत महिनामा मात्र नम्बर प्लेट र बिलबुक नभएका इलेक्ट्रिक स्कुटर २२ वटा नियन्त्रणमा लिएको र चालकहरू बाट १ महिनासम्म पनि बिलबुक नआएको र विक्रेता फरार भएको गुनासो लिएर चालकहरु प्रहरी समक्ष आएको ट्राफिक कार्यालय बुटवलका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मधु सुधन न्यौपानेले जानकारी गराए।

छुटाउनुभयो कि ?

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

श्रीराम ज्ञवालीबालबालिका देशका भविष्य मात्र होइनन्, उनीहरू वर्तमानका साझेदार र परिवर्तनका संवाहक पनि हुन्। समाजको चेतना, सभ्य...
देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको ...
मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बुटवलविभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केरा...
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

काठमाण्डाै – काठमाण्डाैकाे त्रिपुरेश्वमार रहेकाे राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका प...