गुल्मीको तम्घासमा  महोत्सव सुरु


गुल्मी, तम्घास – कृषि, पर्यटन, उद्योग र व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा गुल्मी महोत्सव २०८१ सुरु भएको छ। “गुल्मी जिल्लाको समृद्धिको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने नाराका साथ गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा सुरु भएको महोत्सव वैशाख १७ गतेसम्म सञ्चालन हुने छ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले गरेका हुन्। उद्घाटन अवसरमा सदरमुकाम तम्घासमा विभिन्न संघ–संस्थाहरूले सांस्कृतिक झाँकी र र्याली प्रस्तुत गरेका थिए।

महोत्सवमा गुल्मी जिल्लाको विभिन्न जातीय परिकार, सांस्कृतिक झाँकी, तथा औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरू प्रदर्शनमा राखिएका छन्। साथै जिल्लामा उत्पादन हुने कृषिजन्य सामग्री, मनोरञ्जनात्मक सामाग्री तथा बिक्री वितरणका लागि तीन सयवटा स्टल राखिएको छ।

महोत्सव अवधिभर लोकप्रिय कलाकार, इन्द्रेणी टिमसहित झण्डै सयभन्दा बढी कलाकारले सांस्कृतिक प्रस्तुति दिनेछन्। आयोजकले महोत्सवबाट करिब ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने र डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिएको छ।

गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेका अनुसार जिल्लामा रहेका स्थानीय उत्पादन , धार्मिक एतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार ,मझौला उद्योगहरूको प्रचारप्रसार गर्दै तिनीहरूको प्रवर्द्धन गर्नु महोत्सवको प्रमुख उद्देश्य हो। साथै स्थानीय उत्पादनहरूको बजारीकरणमा टेवा पुर्‍याउने लक्ष्य लिइएको छ ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...