अमेरिका र युक्रेनद्वारा संयुक्त समझदारी पत्रमा हस्ताक्षर


युक्रेन र संयुक्त राज्य अमेरिकाले बिहीबार किएभको प्राकृतिक स्रोत तथा खनिजमा अमेरिकाको पहुँच रहने सम्झौतासहितको समझदारी पत्रमा हस्ताक्षर गरेको किएभ स्रोतले जनाएको छ । युक्रेनको पुनर्निर्माणका लागि आर्थिक साझेदारी सम्झौता र लगानी कोषको स्थापनाका अमेरिकी समझदारी पत्रमा हस्ताक्षर भएको घोषणा गर्न पाउँदा खुसी भएको युक्रेनकी प्रथम उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले सामाजिक सञ्जाल एक्समार्फत बताएका छन् ।
किएभ र वासिङ्टनले केही हप्ताअघि  खनिज उत्खनन् गर्ने सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएकोमा गत फेब्रुअरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबिच उत्पन्न असमझदारीले सम्झौता प्रक्रियामा अवरोध पुर्याएको थियो । ट्रम्पले  भने पूर्व अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई दिएको सहायताको क्षतिपूर्तिको रूपमा युक्रेनी स्रोत साधनको उत्खननबाट हुने नाफामा अमेरिकी रोयल्टी भुक्तानी चाहेको बताइएको छ ।  
युलिया स्विरिडेन्कोले समझदारी पत्रको विवरण प्रकाशित नगरी अन्तिम सम्झौता कायम र सुरक्षित गर्न निरन्तर काम जारी रहेको बताएका छन् । ‘युक्रेनको पुनर्निर्माण, पूर्वाधार विकास व्यापार सहयोग र आर्थिक अवसरका लागि लगानी आकर्षित गर्न यो कोष प्रभावकारी माध्याम बन्ने आशा छ’ उनले भने । 
अमेरिकी अधिकारीहरूले युक्रेनमा अमेरिकी व्यापारलाई बढावा दिनाले युद्धविराम कायम गरी रुसलाई भविष्यको आक्रमणबाट रोक्न मद्दत गर्ने बताएका छन् । किएभले भने निरन्तर रुपमा चलिरहेको युद्ध रोक्नका लागि सम्झौता तथा सैन्य सुरक्षा ग्यारेन्टीको लागि दबाब दिइरहेको छ ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...