Breaking news 3

रारा मसला उद्योगको प्रदूषणविरुद्ध स्थानीय आक्रोश, एक वर्षभित्र स्थानान्तरणको माग

रारा मसला उद्योगको प्रदूषणविरुद्ध स्थानीय आक्रोश, एक वर्षभित्र स्थानान्तरणको माग

Breaking news 3, जीवनशैली, ताजा अपडेट, विदेश, विविध, समाचार, स्थानीय
बुटवल — बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित साँग्रिला पथमा सञ्चालित रारा मसला उद्योगबाट निस्कने धुलो, धुवाँ, मसलाको खार तथा ध्वनि र कम्पनका कारण स्वास्थ्यमा असर परेको भन्दै स्थानीय बासिन्दाले उद्योग स्थानान्तरणको माग गरेका छन्।लामो समयदेखि उद्योगबाट हुने प्रदूषणका कारण समस्या भोग्दै आएको स्थानीयको गुनासो छ। पटक–पटक उद्योग सञ्चालकलाई समस्या समाधानका लागि आग्रह गरे पनि सुनुवाइ नभएपछि स्थानीयले बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा लिखित उजुरी दिएका थिए।उजुरीपछि न्यायिक समितिले दुवै पक्षबीच छलफल गराउनुका साथै गत असार २६ गते उद्योगको स्थलगत अनुगमन गरेको थियो। तर, अनुगमन प्रभावकारी नभएको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै साउन २५ गते जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय, भैरहवामा ध्यानाकर्षणपत्र बुझाएका थिए।त्यसपछि घरेलु तथा साना उद्योग कार्यालयको टोलीले साउन २८ गते उ...
उद्योग संघमा प्रदेशस्तरीय प्राविधिक,व्यावसायिक तालिम सम्बन्धी अन्तरक्रिया तथा भेटघाट कार्यक्रम

उद्योग संघमा प्रदेशस्तरीय प्राविधिक,व्यावसायिक तालिम सम्बन्धी अन्तरक्रिया तथा भेटघाट कार्यक्रम

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरूपन्देही उद्योग संघ र लुम्बिनी प्रदेशका सचिव स्तरीय टोलीबीच प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम सम्बन्धी अन्तरक्रिया भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष पराजुलीले उद्योगको आवश्यकता र बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमकार्यक्रमलाई उद्योगसँग अझ प्रभावकारी रूपमा जोड्नुपर्नेमा जोड दिए। उनले उद्योग क्षेत्रमा आवश्यक सीप र जनशक्तिको पहिचान गरी सोहीअनुसार तालिम सञ्चालन गर्न सके युवालाई रोजगारीसँग जोड्न सहज हुने बताए।कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रदेशको आर्थिक विकास, रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्न दक्ष जनशक्तिको महत्वपूर्ण भूमिका रहने बताउँदै टिभेटकार्यक्रमलाई परिणाममुखी बनाउन सरकार,...
स्पाको चमकभित्रको अँध्यारो खोज्दै प्रहरी : बुटवल–तिलोत्तमामा एकैपटक छापा

स्पाको चमकभित्रको अँध्यारो खोज्दै प्रहरी : बुटवल–तिलोत्तमामा एकैपटक छापा

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलका व्यस्त बजार, मुख्य सडक र आवासीय क्षेत्र आसपास पछिल्लो समय स्पा तथा मसाज सेन्टरको संख्या बढ्दो छ। बाहिरबाट हेर्दा आधुनिक सेवा व्यवसायजस्तो देखिने यी केन्द्रभित्र के भइरहेको छ भन्ने प्रश्न भने पटक–पटक उठ्दै आएको छ। यही प्रश्नको जवाफ खोज्दै प्रहरीले बुधबार बुटवल र तिलोत्तमा क्षेत्रमा सञ्चालित २५ वटा स्पामा एकैपटक अनुगमन तथा छापा मारेको छ। इलाका प्रहरी कार्यालय बुटवलले विशेष सूचनाका आधारमा विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा एकसाथ टोली परिचालन गरेको थियो। प्रहरीका अनुसार केही स्पामा सेवा प्रवाहको आवरणमा मर्यादाविपरीत तथा गैरकानुनी गतिविधि भइरहेको सूचना आएपछि निगरानी बढाइएको थियो। अनुगमनका क्रममा बुटवलस्थित इनटाउनबाट सात महिला र पाँच पुरुष गरी १२ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरू अमर्यादित गतिविधिमा संलग्न भएको आरोपमा नियन्त्रणमा परेको प्रहरीले जनाएको छ। नियन्...
जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवलजनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार श्रेष्ठलाई आज ललितपुर कुसुन्तीबाट पक्राउ गरिएको हो । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा जनआस्था साप्ताहिकका सम्पादक एवं पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार श्रेष्ठको सञ्चारमाध्यममा प्रकाशित एक तस्बिरलाई लिएर परेको पीडितको उजुरीका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो। पत्रकार श्रेष्ठको पक्राउलाई स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने र सरकार र सत्तासिन दललाई जवाफदेही बनाउन प्रश्न उठाईरहने पत्रकारमाथी प्रहार गर्ने सत्ताको खतरनाक कदम भएको बताइएकोछ । पत्रकार किशोर श्रेष्ठ पक्राउको विषयलाई लिएर सरकारको चौतर्फी बिरोध भैरहेको छ । पत्रकार श्रेष्ठलाई विनासर्त तुरुन्त रिहा गर्न देशभरका पत्रकारहरुले ...
बजार व्यवस्थित गर्न औषधि थोक व्यवसायी संघले अघि सार्‍यो १३ बुँदे माग

बजार व्यवस्थित गर्न औषधि थोक व्यवसायी संघले अघि सार्‍यो १३ बुँदे माग

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँनेपालको औषधि आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन नेपाल औषधि थोक व्यवसायी संघले औषधि व्यवस्था विभागसमक्ष १३ बुँदे सुझाव तथा मागपत्र पेश गरेको छ। संघका केन्द्रीय अध्यक्ष गणेश नेपालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागका निमित्त महानिर्देशक शिवानी खड्गीसँग भेटवार्ता गरी सुझावपत्र बुझाएको हो। सुझावपत्रमा मुख्यतः अस्पताल तथा सरकारी संस्थामा आपूर्ति हुने औषधि जेनेरिक नाममै वितरण गर्ने व्यवस्था गर्न माग गरिएको छ। ब्रान्ड नाममा आपूर्ति गरिएका औषधि पुनः बजारमा प्रवेश गरी अनधिकृत रूपमा बिक्री–वितरण हुन सक्ने जोखिम रहेको भन्दै त्यसलाई नियन्त्रण गर्न जेनेरिक नाममा औषधि वितरण प्रभावकारी हुने संघले जनाएको छ। संघले सुझावपत्रमार्फत औषधि बजारमा देखिएका वितरणसम्बन्धी समस्या, व्यवसायीबीचको असमान व्यावसायिक अभ्यास, भुक्तानीमा हुने ढिलाइ, मार्जिन तथा ह्या...
कोलम्बियामा शक्तिशाली भूकम्प- मृत्यु हुनेको संख्या १ सय ११ पुग्यो

कोलम्बियामा शक्तिशाली भूकम्प- मृत्यु हुनेको संख्या १ सय ११ पुग्यो

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौँकोलम्बियामा आएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ । भवनहरू भत्किएर मानिसहरू पुरिएको आशंका रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार बिहान ७ बजेर ३४ मिनेटमा चोको प्रान्तलाई केन्द्रबिन्दु बनाएर १०३ किलोमिटर गहिराइमा भूकम्प गएको हो । यसको कम्पन पश्चिमी कोलम्बियाका साथै भेनेजुएला, इक्वेडर र पानामासम्म महसुस गरिएको थियो । सबैभन्दा बढी क्षति पेरेइरा क्षेत्रमा भएको छ । त्यहाँ कम्तीमा ४० जनाको मृत्यु, ६५ भवन भत्किएको र १५ भवनमा मानिसहरू पुरिएको आशंका गरिएको छ । कालीमा ३२ भवन भत्किएका छन् । मानिजालेस, क्विब्दो, मेडेलिन, चोको र भाये डेल काउका क्षेत्रमा पनि मानवीय क्षति भएको छ । मानिजालेसमा मात्रै कम्तीमा दुई जनाको मृत्यु भएको छ । राजधानी बोगोटामा भवनमा चिरा परेको तथा रूख र सडक बत्ती हल्लिएको भए पनि ...
अस्ट्रेलियाको टप एन्ड सिरिजमा नेपाल ‘ए’ खेल्ने- साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट

अस्ट्रेलियाको टप एन्ड सिरिजमा नेपाल ‘ए’ खेल्ने- साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौँअस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० प्रतियोगिता तथा त्यसपछि दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ विरुद्ध हुने मैत्रीपूर्ण शृंखलाका लागि नेपाल ‘ए’ क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरिएको हो । टोलीमा अनिलकुमार साह, त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन् । अस्ट्रेलियाको उत्तरी भूभाग क्रिकेटले आयोजना गर्ने टप एन्ड टी-२० प्रतियोगिता अगस्ट २० देखि ३० सम्म डार्विनमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालले अगस्ट २१ मा उत्तरी भूभाग स्ट्राइकसँग पहिलो खेल खेल्नेछ । त्यसपछि अगस्ट २२ मा बंगलादेश, अगस्ट २४ मा हुरिकेन्स, अगस्ट २६ मा एसीटी कमेट्स...
पाल्पा जिप दुर्घटनामा १० जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा जिप दुर्घटनामा १० जना घाइते, एकको अवस्था गम्भीर

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, स्थानीय
बुटवलपाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडास्थित भित्री कच्ची सडकमा सोमबार बिहान जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बङ्सिङ डाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप सडकबाट करिब ११० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित जिपमा सवार १० जना घाइते भएका स्थानीयले बताएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने नौ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभएको छ । ...
कपिलवस्तुका पूर्व नगरप्रमुख सिंह वन क्षेत्रबाट बेपत्ता

कपिलवस्तुका पूर्व नगरप्रमुख सिंह वन क्षेत्रबाट बेपत्ता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलकपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख किरण सिंह तिलौराकोट साझेदारी वन क्षेत्रको जंगलबाट बेपत्ता भएका छन् ।सिंह शुक्रबार अपराहन्न करिब ४ बजेदेखि सम्पर्कविहीन भएको परिवारले बताएको छ । उनले प्रयोग गर्ने मोटरसाइकल भने तिलौराकोटस्थित साझेदारी वन क्षेत्रमा फेला परेको छ । सिंहको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय सर्वसाधारण परिचालन भएका छन् । हालसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। ...
५८ वर्षपछि रोहिणीका २ सय ७१ परिवारले पाए लालपुर्जा

५८ वर्षपछि रोहिणीका २ सय ७१ परिवारले पाए लालपुर्जा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देही रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । २०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा लालपुर्जा आज सम्बन्धित जग्गाधनीलाई वितरण भएको छ ।दशकौँदेखि आफ्नो जग्गाको कानुनी स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका स्थानीय बासिन्दाका लागि यो वितरण ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।लालपुर्जा प्राप्त भएसँगै जग्गाको स्वामित्व कानुनी रूपमा सुनिश्चित हुनुका साथै किनबेच, बैंकिङ कारोबार तथा अन्य प्रशासनिक सेवा लिनसमेत सहज हुने अपेक्षा गरिएको छ । स्थानीय वासीले ५८ वर्ष लामो प्रतीक्षापछि आफ्नो नाममा लालपुर्जा प्राप्त गर्न लागेकोमा खुसी व्यक्त गरेका छन्। ...