Breaking news 3

बुटवलको चौराहामा नयाँ व्यवस्थापनका साथ स्टान्डर्स टेलरिङ्ग सेन्टर सञ्चालनमा

बुटवलको चौराहामा नयाँ व्यवस्थापनका साथ स्टान्डर्स टेलरिङ्ग सेन्टर सञ्चालनमा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको राजमार्ग चौराहामा नयाँ व्यवस्थापनका साथ स्टान्डर्स टेलरिङ्ग सेन्टर सञ्चालनमा आएको छ । बुटवलमा लामो समयदेखि टेलरिङ्ग व्यवसाय सञ्चालन गर्दै आएका युवा व्यवसायी सुवास परियारको संयुक्त पारिवारीक लगानीमा टेलर्स सञ्चालनमा ल्याइएको हो ।उक्त टेलर्सको शनिबार एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिव्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर श्रेष्ठले उद्घाटन गरे । सोही अबसरमा बोल्दै उनले विषम परिस्थितिमा पनि ठुलो लगानीका साथ व्यवसाय शुरु गरेर स्वदेशमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीहरुलाई राज्यले संरक्षणसँगै लगानीको वातावरण तयार गर्नुपर्ने बताए । लामो व्यवसायीक अनुभव र आकर्षक डिजाइन र उचित मूल्यमा गुणस्तरीय पहिरनका कारण यस क्षेत्रका ग्राहकको मन जित्न सफल भएको उल्लेख गर्दै उनले आगामी दिनमा सबैको साथ पाउने विश्वास व्यक्त गरे ।टेलर्सका सञ्चालक सुवास परियारले गुणस्तरी...
काँग्रेसमा गगन थापाको नेतृत्वलाई सर्वोच्चले दियो आधिकारिकता

काँग्रेसमा गगन थापाको नेतृत्वलाई सर्वोच्चले दियो आधिकारिकता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंसर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय कमिटीलाई नै आधिकारिकता दिएको छ। शुक्रबार न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको हो।सर्वोच्चले निवेदक पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको रिट खारेज गरेको छ। रिट खारेजीसँगै विशेष महाधिवेशनबाट चुनिएको कार्य समितिलाई नै सर्वोच्चले आधिकारिकता दिएको हो। यो इजलासमा बिहीबारदेखि सुनुवाइ भएको थियो। गत पुसमा भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत गएका थिए। उनीहरूले निर्वाचन आयोग, विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका थिए। प्रारम्भिक सुनुवाइ क्रममा माघ ६ गते सर्वोच्च अदालतका न्याया...
मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौँ आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ । विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै चौबिसै घण्टा सेवा सञ्चालन गर्ने जनाएको छ । विभागका निमित्त महानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखा चौबिसै घण्टा सक्रिय रहने जानकारी दिइन । “तीन दिन सम्मको नियमित मौसम पूर्वानुमान दैनिक बिहान ८ः०० र साँझ ६ः०० बजे सार्वजनिक गरिनेछ भने विशेष अवस्थाहरूमा तीनदेखि पाँच दिनअगावै चेतावनीसहित विशेष बुलेटिन जारी गरिनेछ,” उनले भनीन, “भारी वर्षा, मेघगर्जन, चट्याङ, हिमपातजस्ता जोखिमपूर्ण मौसम अवस्थाबारे समयमै जानकारी दिन रङ्ग सूचकसहितको चेतावनी नक्सा पनि प्रकाशन गरिने छ । श्रेष्ठका...
रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ

रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देहीका विभिन्न स्थानमा नेपाली नक्कली नोटको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले निगरानीका क्रममा उनीहरूलाई रु. १ हजार दरका २१ थान नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार चैत २२ गते सिद्धार्थनगर नगरपालिका–५ भैरहवा क्षेत्रबाट तथा चैत २६ गते सैनामैना नगरपालिका–१० भच्कैया क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचुली नगरपालिका–१५ का २८ वर्षीय मुक्ति प्रसाद खनाल (सुजन खनाल), सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–८ का ३५ वर्षीय रोल बहादुर श्रेष्ठ र काठमाडौँ बुढानीलकण्ठ...
स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण

स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको कार्यान्वयनका क्रममा विद्यालय समायोजन र नयाँ स्थापना गरिएका विद्यालयको विवरण मागेको छ । केन्द्रले सबै स्थानीय तहलाई पत्राचार गरेर मन्त्रिपरिषद्को गत चैत १३ को बैठकको निर्णयमा रहेको १०० बुँदे कार्यसूचीअन्तर्गत पर्ने विद्यालय शिक्षा क्षेत्रका विषयबारेको विवरण मागेको हो । केन्द्रले भौगोलिक सूचना प्रणालीको प्रयोगमार्फत् वैज्ञानिक नक्साङ्कन गरी जनसङ्ख्याको बदलिँदो स्वरुप, भौगोलिक विकटता, विद्यार्थी सङ्ख्या र दुरी आदिका आधारमा विद्यालय समायोजन गरिएका तथा नयाँ स्थापना गरिएका विद्यालयको विवरण स्थानीय तहसँग मागेको छ । केन्द्रका निर्देशक डा श्यामप्रसाद आचार्यले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ बमोजिम निजी लगानीका विद्यालय र सार्वजनिक गुठी...
लुम्बिनी प्रदेशका तत्कालीन सचिवसहित १६ जनालाई भ्रष्टाचार मुद्दा, शीतभण्डार निर्माणमा रकम अपचलनको आरोप

लुम्बिनी प्रदेशका तत्कालीन सचिवसहित १६ जनालाई भ्रष्टाचार मुद्दा, शीतभण्डार निर्माणमा रकम अपचलनको आरोप

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंरुपन्देहीको सम्मरीमाई गाउँपालिकामा शीत भण्डार निर्माणको अनियमिततालाई लिएर लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।तत्कालीन सचिव बैकुण्ठ अधिकारी, तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल र सह(लेखापाल अजय मिश्र । परामर्शदाता मेगा माइन्ड्स आर्किटेक्ट्स एण्ड स्ट्रक्चर प्रालिका सञ्चालक सुगम कोइरालालाई प्रतिवादी बनाइएको छ ।त्यस्तै भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक अशोककुमार तिवारी, तत्कालीन अध्यक्ष जयराम गडेरिया लगायत विभिन्न सहकारीका प्रतिनिधि प्रतिवादीको सूचीमा छन् । स्व। श्याम सुन्दर यादव र स्व। कतवारु गोसाईको हकमा बिगो बमोजिम असुल उपर गर्न उनीहरूका श्रीमतीहरू क्रमशस् इनर...
कांग्रेसमा दुवै पक्ष अडानमै, टाढिँदै एकता

कांग्रेसमा दुवै पक्ष अडानमै, टाढिँदै एकता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँपूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि नरोकेपछि कांग्रेसको एकता प्रयास झन् टाढिएको छ । देउवा समूहका नेता पूर्णबहादुर खड्काले पार्टीको ‘लेटरहेड’ प्रयोग गरेर कार्यवाहक सभापतिकै हैसियतमा गतिविधिलाई निरन्तरता दिन थालेपछि संस्थापन पक्ष आक्रोशित बनेको छ । खड्काको गतिविधिलाई कारबाहीको विषय बनाउन तारामान गुरुङ नेतृत्वको केन्द्रीय अनुशासन समितिको बैठक बुधबार बोलाइएको छ । नेता शेखर कोइराला र देउवा समूहभित्रै पनि खड्काको समानान्तर गतिविधिको आलोचना हुन थालेको छ । २४ र २५ चैतको भेलापछि खड्काले बोलाएका समानान्तर गतिविधिबाट अलग भएका नेता कोइराला यसबीचमा पार्टी एकताका लागि जुटेका थिए । कोइरालाले देउवा पक्षका नेताहरू नेता मीनेन्द्र रिजाल र संस्थापन पक्षका पूर्वसहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारमार्फत संवाद अघि बढाइरहेका थिए । दुवै पक्षसँग एकताको प्रयास भइरहेका बेला...
व्यवसायिक मर्यादा र नैतिकतालाई ख्याल राख्न शैक्षिक सामग्री व्यवसायीलाई अभिभावक संघको आग्रह

व्यवसायिक मर्यादा र नैतिकतालाई ख्याल राख्न शैक्षिक सामग्री व्यवसायीलाई अभिभावक संघको आग्रह

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलअभिभावक संघ नेपाल लुम्बिनी प्रदेशले नयाँ शैक्षिक सत्र शुरु भएसंगै पाठ्यपुस्तक, शैक्षिक सामग्री र पोसाकको व्यवसाय गर्ने व्यवसायीलाई व्यवसायिक मर्यादा र नैतिकतालाई ख्याल राख्न आग्रह गरेको छ।प्रेस विज्ञप्ति जारी गर्दै संघले २०८३ को शुरुवातसँगै देशभरका शिक्षण संस्थाहरूमा विद्यार्थी भर्ना तथा पठनपाठनको तयारी तीव्र रूपमा भइरहेको र विद्यार्थीहरूलाई समयमै गुणस्तरीय पाठ्यपुस्तक, शैक्षिक सामग्री र पोसाक उपलब्ध गराउनु सबै सरोकारवालाहरूको साझा दायित्व रहेको जनाएको छ।संघले विगतका अनुभवहरूलाई मध्यनजर गर्दै, यस नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरूले शैक्षिक सत्रको पहिलो दिनमै सबै पाठ्यपुस्तक र स्टेशनरी प्राप्त गर्ने वातावरण निर्माण गर्न सरोकारवालाले सक्रियता देखाउनु पर्ने वताएको छ।सरकारद्वारा तोकिएको र पुस्तकमा छापिएको मूल्य (MRP) भन्दा बढी नलिन तथा स्पष्ट मूल्य सूची राखेर बिक्री वितरण गर्न अनुरोध...
गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्डको अनुगमन

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्डको अनुगमन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवलगृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका छन् । अनुगमनका क्रममा आज गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए । उनले काममा ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारेका छन् । त्यसैगरी काममा ढिलाइ भएको विषयमा उनले चिनियाँ ठेकेदार कम्पनीलाई ध्यानाकर्षणसमेत गराएका छन् । अनुगमनका क्रममा उहाँले काम समयमा सम्पन्न नगर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेकाले यस अवस्थाको चाँडो अन्त्य गर्न निर्देशन दिएका हुन् । निर्माण कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले निर्माणलाई तीव्रता दिइ निर्धारित समयसीमाभित्रै सम्पन्न गर्ने जनाएका छन् । ...
रातोपाटी डटकमको सम्पादकमा दिपक ज्ञवाली नियुक्त

रातोपाटी डटकमको सम्पादकमा दिपक ज्ञवाली नियुक्त

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल रातोपाटी न्युज नेटवर्क’द्वारा सञ्चालित अनलाइन पोर्टल रातोपाटी डटकमको सम्पादकमा पत्रकार दीपक ज्ञवाली नियुक्त भएका छन् । ‘रातोपाटी न्युज नेटवर्क’ को सोमबार बसेको बोर्ड बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ज्ञवालीलाई सम्पादक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सोहीअनुसार मङ्गलबार ललितपुरको बखुन्डोलस्थित रातोपाटीको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहकाबिच उनलाई अध्यक्ष विजया शर्माले स्वागत गरिन् । गुल्मीको रुरु गाउँपालिकामा जन्मिएका ज्ञवालीसँग पत्रकारिताको तीन दशक लामो अनुभव रहेको छ । उनले रातोपाटीअघि हिमाल खबर पत्रिका, समय (म्यागेजिन), राजधानी दैनिक, स्पेसटाइम दैनिक, दैनिक लुम्बिनी, भावना दैनिक, लुम्बिनी रिभ्यू डटकम, रेडियो लुम्बिनी, रासस लगायतका सञ्चार संस्थाहरुमा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् ।लिथो, लेटरप्रेसदेखि आधुनिक डिजिटल प्लेटफर्मसम्मको अनुभव बोकेक...