पाल्पा जिप दुर्घटनामा १० जना घाइते, एकको अवस्था गम्भीर



बुटवल
पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडास्थित भित्री कच्ची सडकमा सोमबार बिहान जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

बङ्सिङ डाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप सडकबाट करिब ११० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित जिपमा सवार १० जना घाइते भएका स्थानीयले बताएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने नौ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभएको छ ।

छुटाउनुभयो कि ?

निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ?

काठमाडौँसुस्ताका २४ परिवारलाई होल्डिङ सेन्टरमा सारियो२४ घण्टादेखिको वर्षाका कारण नारायणी नदीको बाढी पसेर ७८ घर डुबान परेको सु...
तिनाउमा वहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रका वासिन्दालाई होल्डिङ सेन्टरमा सारियो

तिनाउमा वहाव बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रका वासिन्दालाई होल्डिङ सेन्टरमा सारियो

Screenshot बुटवलबुटवलको तिनाउ नदी किनारको जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका व्यक्तिहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ। ति...
निष्ठावान् नेता-कुशल संगठक ‘जीवराज आश्रित’

निष्ठावान् नेता-कुशल संगठक ‘जीवराज आश्रित’

श्रीराम ज्ञवालीजीवराज आश्रित (वास्तविक नाम: जीवराज शर्मा) को जन्म वि.सं. २००१ साल साउन १८ गते गुल्मी जिल्लाको चन्द्रकोट गाउँप...
राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन, मुख्य ५ विषय

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन, मुख्य ५ विषय

काठमाडौँसंयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई बदलिँदो हिमाली जलवायुको चेता...