Breaking news 3

एक जना मन्त्री पनि नआएपछि प्रतिनिधिसभा बैठक स्थगित

Breaking news 3, ताजा अपडेट, विविध, स्थानीय
१७ असार, काठमाडौं । एक जना पनि मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थ, गृह र शिक्षा मन्त्रीसँग प्रश्न उत्तर कार्यसूची थियो । बैठक सुरु भए लगतै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले एक जना पनि मन्त्री अनुपस्थित रहेको भन्दै प्रश्न उठाए ।त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे । १५ मिनेट पछि बसेको प्रतिनिधि सभाको बैठक अहिले जारी छ । ...
आत्महत्याको संख्या बढि हुनेमा लुम्विनी प्रदेश तेस्रो

आत्महत्याको संख्या बढि हुनेमा लुम्विनी प्रदेश तेस्रो

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मी । आत्माहत्याका संख्या बढि हुने तीन प्रदेश मध्ये एक लुम्विनी प्रदेश पनि परेको सरकारी तथ्याङकले देखाएको छ । सबै भन्दा बढि आत्माहत्या हुने कोशी प्रदेश पहिलो , गण्डकी प्रदेश दोस्रो र लुम्विनी प्रदेश तेस्रो रहेको तथ्याङकले देखाएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्वाजानिक गरेको तथ्याङक अनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा बढि आत्माहत्या हुने जिल्ला पाल्पा रहेको छ । जनसंख्याको आधारमा अर्घाखाँची दोस्रो र गुल्मी तेस्रो जिल्ला देखिएको छ । यस प्रदेशमा सबै भन्दा कम आत्माहत्या हुने जिल्ला नवलपरासी परेको छ । विश्व आत्माहत्या दिवसको अवसरमा जिल्ला समन्व्य समिति गुल्मीको समन्व्यमा जिल्ला प्रहरी कार्यालय र गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र तम्घासले आयोजना गरेको आत्माहत्या न्युनिकरण कार्ययोजना कार्यन्वयन २०८०/०८१ पेश गर्दै जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले बताए...
अख्तियारको स्थापना दिवस : ‘मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’

अख्तियारको स्थापना दिवस : ‘मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’

Breaking news 3, ताजा अपडेट
काठमाण्डाै - ‘मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’ भन्ने मूल नाराका साथ अख्तियार   दुरुपयोग  अनुसन्धान  आयोगले  आज ३२ औँ स्थापना दिवस मनाउँदैछ । सार्वजनिक पद धारण गरेका   व्यक्तिले    भ्रष्टाचार    गरी   अख्तियारको  दुरुपयोग गरेको  सम्बन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण  भूमिका  निर्वाह गर्ने संवैधानिक निकायका रूपमा आयोगको स्थापना भएको हो । आयोगको   काठमाण्डौको टङ्गालमा रहेको  केन्द्रीय  कार्यालयसहित  आठवटा  मातहतका  कार्यालय  रहेका छन्  ।  आयोगले स्थापनादेखि अहिलेसम्म अख्तियार दुरुपयोग भएका विषयमा अनुसन्धान र छानबिन गरी भ्रष्टाचार गरेको देखिएमा अदालतमा मुद्दा दायर गर्दै आएको छ । आयोगले गरेका काम सङ्ख्यात्मक रुप...
म्यासेन्जर, भाइबर, ह्वाट्सएपजस्ता ओटीटी नियमन गर्न अध्ययन

म्यासेन्जर, भाइबर, ह्वाट्सएपजस्ता ओटीटी नियमन गर्न अध्ययन

Breaking news 3, ताजा अपडेट
६ माघ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा प्रयोगमा रहेका ‘ओभर द टप’ (ओटीटी) अर्थात् इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन तथा भिडियो सेवा प्रदान गर्ने एप्लिकेसनको नियमनबारे अध्ययन थालेको छ । दूरसञ्चार प्राधिकरणका निर्देशक अमर स्थापितको नेतृत्वमा बनेको कार्यदलले ओटीटीको नियमनको आवश्यकता, विधि र अन्तर्राष्ट्रिय अभ्यासबारे अध्ययन थालेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।‘नियमन नगर्दा ओटीटीमार्फत ठगी र विभिन्न आपराधिक तथा गैरकानुनी काम भइरहेका छन्,’ उनले भने,’त्यसैले नियमनका लागि के गर्न सकिन्छ भन्नेबारे कार्यदलले प्रतिवेदन दिनेछ ।’महालेखा परीक्षकको कार्यालयले पटक- पटक ‘ओभर द टप’मार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने एप्लिकेसनसँग पनि राजस्व असुल्ने व्यवस्था गर्न सुझाव दिंदै आएको थियो । भाइबर, फेसबूक मेसेन्जर, स्काइप, ह्वाटस् एप, विच्याट, इमो जस्ता एप्लिकेसनहरु...
 नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चको बैठक सम्पन्न

 नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चको बैठक सम्पन्न

Breaking news 3, ताजा अपडेट, समाचार, स्थानीय
कृष्ण गाउँले नेकपा एमाले गुल्मी - रुपन्देही सम्पर्क मञ्चको बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटव्युरो सदस्य लिला गिरीले अहिलेको सत्ता गठबन्धनले देश अस्थिरता तर्फ लगेको बताए । गिरीले आगामी मंसिर ४ गतेको चुनाव राष्ट्रियताको पक्षधर एमाले र राष्ट्रियता बिरोधि सत्ता गठबन्धन बिच हुने, यहीँ चुनाव देशको भविष्यको मार्ग चित्र कोर्ने बताए । बैठकमा सहभागी नेकपा एमाले तर्फका गुल्मी क्षेत्र नं. १ ख का प्रदेश सभा सदस्य उम्मेदवार फर्सुराम पाण्डेले राष्ट्र निर्माण गर्ने नीति अंगाल्ने नेकपा एमालेको पक्षमा देशभर माहोल सिर्जना भएको बताए । पाण्डेले एमालेको ०५१ सालको  'आफ्नो गाउँ आफै बनाउँ' भन्ने नीतिको प्रतिविम्ब स्वरुप गाउँ गाउँमा विकासको लहर चलेको बताउँदै पाण्डेले थपे सामाजिक सुरक्षा भत्ता (बृद्ध भत्ता) स्वरुप एमालेले लिएको नीतिले आमा बुवाहरुको अनुहार उज्या...
अखिलले गर्याे रक्तदान कार्यक्रम

अखिलले गर्याे रक्तदान कार्यक्रम

Breaking news 3, समाचार, स्थानीय
कृष्ण अन्जान बलेटक्सार नेकपा एमाले निकट विध्यार्थी सँगठन अनेरास्ववि रुरुक्षेत्र गाउँपालिका कमिटीले विहवार बलेटक्सारमा बृहत रक्तदान कार्यक्रम गरेकाे छ। नेपाल रक्तदाता स्वयंसेवी समाज रुपन्देहीकाे सहकार्यमा आयाेजना गरिएकाे रक्तदानमा पचपन्न युनिट रगत सँकलन भएकाे रक्तदान कार्यक्रमका सँयाेजक समेत रहेका अनेरास्ववियु रुरुक्षेत्र गाउँपालिकाका सहईन्चार्ज रन्जित ज्ञवालीले जानकारी दिए । रक्तदान कार्यक्रमकाे उदघाटन सत्रमा बाेल्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य कमल राज श्रेष्ठले समाजसेवकाे निस्वार्थ सेवा र सबैभन्दा ठुलाे दान रक्तदान भएकाे बताए । रगत व्यक्तिका लागि तत्काल चाहिने पदार्थ भएकाले पनि मृत्यु सँग लडिरहेकालाई दान गरिएकाे रगत जीवनदान भएकाे श्रेष्ठको भनाई थियाे कार्यक्रममा बाेल्दै नेपाल रक्तदाता स्वयंसेवी समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगत ,रक्ततत्व ,रक्त...
डेङ्गु संक्रमण बढेपछी गुल्मी मुसिकोटको एक विद्यालयको पठन पाठन बन्द

डेङ्गु संक्रमण बढेपछी गुल्मी मुसिकोटको एक विद्यालयको पठन पाठन बन्द

Breaking news 3, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी भदौ २७ ।बिद्यार्थीमा डेङ्गु संक्रमण बढेपछी गुल्मी मुसिकोटको एक विद्यालयको पठन पाठन बन्द गरिएको छ । मुसिकोट नगरपालिका ४ दजाकोटमा रहेको पशुपति निम्न माध्यमिक बिद्यालयको नियमित पठनपाठन बन्द गरिएको छ। बिगत केही दिनदेखी बिधालयमा अध्ययनरत बिद्यार्थीहरुमा उच्च ज्वरो आउने ,वाकवाकी लाग्ने प्रकृतिको लक्षण देखिएको थियो।कुल १३० विद्यार्थीले नियमित अध्ययन गर्दै आएको उक्त बिधालयमा बिहिवार २८ जनामा लक्षण देखिएपछी अनुपस्थित थिए तर शुक्रवार यो संख्या बढेर ४२ पुगेको बिधालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले जानकारी दिनुभएको छ। बिद्यार्थी संक्रमित हुने क्रम बढेपछी बिधालय ब्यबस्थापन समिती ,शिक्षक अभिभावक संघ र मुसिकोट नगरपालिका शिक्षा शाखामा जानकारी गराइएको थियो। सबैको सहमतिमा १र२ दिनको अवस्था मुल्यांकन गरेर अगाडि बढ्ने विकल्प रोजिएको थियो।तर शुक्रवार साँंझ बिधालयमा कक्षा १ मा अध्ययनरत एक...
बाघ बढे तर गोठ रित्तिए, अन्न फल्न छाड्यो

बाघ बढे तर गोठ रित्तिए, अन्न फल्न छाड्यो

Breaking news 3, फिचर, समाचार, समाज, स्थानीय
१३ भदौ, काठमाडौं । बर्दियाको मधुवन–३ भग्रैयाका रामबहादुर केसी मचानमाथि बसेर धानखेतको रखवारी गर्दैथिए– निकुञ्जबाट आउने हात्तीको बथानले हुर्कंदै गरेको धानबाली स्वाहा पारिदेला कि भनेर । त्यसैबेला छेउमा बजिरहेको रेडियोले नेपालमा बाघको संख्या बढेर ३५५ पुगेको खबर फुक्यो । ‘अब झन् कति मान्छे खाने हो !’ लामो सुस्केरा हाल्दै रामबहादुरले भने । रामबहादुरबाटै यो समाचार सुनेकी उनकी श्रीमती दुर्गा केसी पनि दुःखी भइन् । १३ साउन २०७९ (विश्व बाघ दिवस) मा वन तथा वातावरण मन्त्रालयले नेपालमा बाघको संख्या ३५५ पुगेको घोषणा  गर्यो । बाघ बढेको यो समाचार बीबीसी, नेशनल जिओग्राफी, सीएनएनलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा आईयूसीएन, वल्र्ड वाइल्ड लाइफलगायत संस्थाले पनि प्रकाशन/प्रसारण गरे । बलिउड अभिनेता लियोनार्डो डि क्याप्रियोले खुशी व्यक्त गर्दै ट्वीट गरे । तर, रामबहादुर केसीको परिवार भने चिन्ति...
रेसुङ्गा भुवनपानी रुपन्देही सम्पर्क समाजद्धारा वृद्धाआश्रममा खाद्य सामग्री सहयोग ।

रेसुङ्गा भुवनपानी रुपन्देही सम्पर्क समाजद्धारा वृद्धाआश्रममा खाद्य सामग्री सहयोग ।

Breaking news 3, ताजा अपडेट, समाचार, स्थानीय
११ भदौ, बुटवल आज कुशेऔंसी को अवसर पारेर रेसुङ्गा भुवनपानी रुपन्देही सम्पर्क समाजले बुटवल २ पाखापानीमा अवस्थित सिद्धबाबा दुर्गा मन्दिरको वृद्धाआश्रममा विभिन्न खाद्य सामग्री सहयोग गरेको छ । समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धाआश्रममा रहेका वृद्धवृद्धालाई लक्षित गरी केही खाद्यान्न सामग्री हस्तान्तरण गरेको सम्पर्क समाजका अध्यक्ष ऋषिराम खनालले जानकारी दिनुभएको छ । तिज पर्वको अवसर पारी त्यहाँ रहेका बृद्ध बृद्धाहरु ले पनि रमाइलो गरी दरखाने कार्यक्रम गरुन भन्ने उदेश्य राखी कार्यक्रम राखिएको अध्यक्ष खनालको भनाई थियो । समाजले चामल , दाल ,नुन, तेल लगायत १७ प्रकारका खाद्यान्न तथा फलफूलहरु वितरण गरेको छ्र । गुल्मी साविकको अर्खले गाविस वार्ड न ३,४ सेरोफेरोमा जन्म भई अहिले रुपन्देहीको बुटवल लगायतका आसपासका क्षेत्रमा बस्ने दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागितामा समाज गठन गरिएको छ । आफ्नो...
गुल्मीकी अतिता खत्री उत्कृष्ट रेडियो पुरस्कारबाट  सम्मानित

गुल्मीकी अतिता खत्री उत्कृष्ट रेडियो पुरस्कारबाट सम्मानित

Breaking news 3, ताजा अपडेट, फिचर, विविध, समाचार
४ भदौ, बुटवल । कुनै पनि पेशा व्यवसायमा निरन्तररुपमा मेहनत गर्ने हो भने सफलता अबश्य प्राप्त गर्न सकिन्छ जसको उदाहरण हुन् गुल्मीकी पत्रकार अनिता खत्री । खत्रीे निजी रेडियोहरुको छाता संस्था ब्रोडकाष्टिङ् अफ नेपाल (वान)द्धारा उत्कृष्ट छनौट भएकी छिन् । उनी अहिले देशभरका सयौ रेडियोबाट उत्कृष्ट छनोट भएकी हुन । गुल्मी जिल्लाको पहिलो रेडियो, रेडियो रेसुङ्गा एफ.एम.१०६.२ मेगार्हजमा स्टेशन म्यानेजरको रुपमा कार्यरत अनिता खत्रीलाई बानले १८ औं वार्षिक साधारणसभा तथा सातौं महाधिवशेनको अवसरमा सम्मानित गरेको हो । रेडियो र सञ्चार क्षेत्रको विकासको लागि पुर्याएको योगदानको कदर गर्दै (वान)ले सम्मान गरेको हो । नेपालमा एफ.एम रेडियो स्थापना, सञ्चालन र व्यवस्थापनका साथै रेडियो आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै संस्थाको तर्फबाट उच्च मूल्याङकन् गर्दै खत्रीलाई सम्मान गरिएको वानले जनाएको छ । राष्ट...