वरिष्ठ नेफ्रोलोजिष्ट डाक्टर बस्नेत अब क्रिमसन अस्पतालमा


रुपन्देही

मृगौला सम्बन्धि विशेषज्ञता हासिल गरेका डाक्टर शक्ति बस्नेतले अब क्रिमसन अस्पतालबाट सेवा प्रवाह गर्ने भएका छन् । यही षौष ३ गतेबाट हरेक दिन बिहान १० बजेदखि दिउँसो १२ बजेसम्म क्रिमसन अस्पतालमा डाक्टर बस्नेतलाई भेटेर मृगौला सम्बन्धि रोगका विषयमा सेवा तथा परामर्श लिन सकिनेछ ।

अत्याधुनिक सेवा प्रवाह तथा दक्ष चिकित्सिकहरुलाई नियुक्त गरेर आफुलाई यस क्षेत्र मै अब्बल बनाउदै आएको क्रिमसनले यही पौष ३ गतेबाट भने डाक्टर बस्नेतलाई नेफ्रो अर्थात मृगौला सम्बन्धि समस्याको उपचार र रोग निदानका हेतुले नियुक्ति गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए । बस्यालले स्थानीयलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालको उद्देश्यले बिस्तारै मुर्तरुप लिदै गएको बताए ।

डाक्टर शक्ति बस्नेत देश कै चिरपरिचित नेफ्रोलोजिष्ट डाक्टर हुन् । औँलामा गन्न सकिने गरि नेफ्रोलोजिष्ट डाक्टरहरु रहेको नेपाल जस्तो अति कम विकशीत देशमा वरिष्ठ नेफ्रोलोजिष्टको रुपमा डाक्टर बस्नेतलाई क्रिमसन अस्पतालमा नियुक्ति गर्न पाउनु सबैका लागी सुखद समाचार भएको बस्यालको भनाई छ । ईसं २०१० मा शिक्षा मन्त्रालयको छात्रबृत्ति अन्तर्गत नेफ्रो सम्बन्धि अध्ययन गरेपश्चात्डाक्टर बस्नेतले नेफ्रोलोजिष्टको रुपमा सेवा प्रवाह गर्न लागेको १४ बर्ष पुरा भयो । राजधानी काठमाण्डौंस्थित बीर अस्पतालको मृगौला रोग विभागमा ५ बर्ष काम गरेको अनुभव संगालेका डाक्टरबस्नेतले त्यत्ति नै समय सामाजिक कार्य अन्र्तगत नेपाल किड्नी फाउण्डेसनको स्थापना गरि संस्थापक अध्यक्षको हैसियतममा काम गरे ।

मृगौला सम्बन्धि जनचेतना जगाउदै आएको उक्त संस्थाले अहिले पनि स्थानीय स्तरमा जनचेतना जगाउदै र मृगौला रोग सम्बन्धि समस्याहरुबाट जोगिने उपाएका विषयमा सचेत बनाउने गरि विभिन्न किसिमका सामाजिक कामहरु गर्दै आइरहेको छ । निरन्तर कर्म गर्ने सिलसिलामा पछिल्लो समय मोफसललाई कार्यथलो बनाएर बुटवल क्षेत्रमा सक्रिय डाक्टर बस्नेतले गौतम बुद्ध मुटु अस्पतालको मृगौला रोग विभागको प्रमुख पदमा रही काम गरेको अनुभव छ भने त्यस लगत्तै ६ बर्षसम्म बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृगौला रोग विभाग स्थापना गरि प्रमुखका रुपमा रही काम गर्दै आएको अनुभव पनि छ ।

मृगौला सम्बन्धि विशेषज्ञता हासिल गरेका डाक्टर शक्ति बस्नेतले आफनो अनुभवलाई थप परिष्कृत एवँ सेवामैत्री बनाउने उद्देशयसहित अब तिलोत्तमा ५ मणिग्राममा रहेको क्रिमसन अस्पतालबाट समेत सेवा प्रवाह गर्न लागेको बताएका छन् ।

छुटाउनुभयो कि ?

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

बुटवलनेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन्। पार्टीभित्र आन्तरिक कमजोरी ...
एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा त्रिविले गठन गर्यो छानबिन समिति

एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा त्रिविले गठन गर्यो छानबिन समिति

काठमान्डौँ त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एमबीएस प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेक...
लुम्बिनी प्रदेशमा कांग्रेसले सरकार छाड्यो, एमाले र नेकपाको सरकार बन्ने

लुम्बिनी प्रदेशमा कांग्रेसले सरकार छाड्यो, एमाले र नेकपाको सरकार बन्ने

बुटवलनेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमतिपछि लुम्बिनी प्रदेशमा एमालेको सत्ता साझेदार दल कांग्रेसका मन्त्रीले राजीनाम...
सातै प्रदेशमा एमाले र नेकपाको सरकार बन्ने सहमतिपछि कांग्रेसको भनाई

सातै प्रदेशमा एमाले र नेकपाको सरकार बन्ने सहमतिपछि कांग्रेसको भनाई

कांग्रेसको भनाईकाठमाडौंनेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच पाँच वटा प्रदेशमा भागबन्डाका आधारमा र थप दुई प्रदे...