Breaking news 3

रुपन्देही विद्युतीय व्यवसायी संघद्वारा फुटसल आयोजना

रुपन्देही विद्युतीय व्यवसायी संघद्वारा फुटसल आयोजना

Breaking news 3, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, स्थानीय
रूपन्देही रूपन्देही विद्युतीय व्यवसायी संघले शनिबार संघका सदस्यहरूबीच फुटसल प्रतियोगिता आयोजना गरेको छ। संघले सदस्यहरूबीच भाइचारा स्थापित गर्ने ,मनोरञ्जन र स्वास्थ्यका लागि फुटसल प्रतियोगिता आयोजना गरेको हाे। व्यवसायसँगै सामाजिक काममा अग्रसर हुँदै आएको विद्युतीय व्यवसायीहरूको साझा संस्था रूपन्देही विद्युतीय व्यवसायी संघमा ६गाउँनगर संघ रहेका छन्। फुटसलमा संघमा आबद्ध धेरै व्यवसायी तथा सदस्यहरू सहभागी हुने संघका कार्यवाहक अध्यक्ष केशवकुमार सिंहले जानकारी दिए। रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम स्थित युनिक फुटसलमा शनिबार बिहान ८ बजे देखि फुटसल टुर्नामेन्ट सुरु हुने खेल संयोजक चिरञ्जीवी गैरेले जानकारी दिए। ...
बुटवल हस्पिटल प्रा.लि. र ग्लोवल बैकबिच सहकार्य

बुटवल हस्पिटल प्रा.लि. र ग्लोवल बैकबिच सहकार्य

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवल हस्पिटल प्रा.लि.र ग्लोबल वैकसंग उपचार सम्झौता समारोहका बिच सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा लि ले उपचारका लागि ग्लोबल वैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ । त्यसैगरि बैकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ । उपचार सझौतासंगै दुई संस्थाका विचमा व्यवसायीक तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनु भयो । उहांले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । उहांले सबै खालको उपचार,उपकरण र दक्ष जनशक्तिको संयोजनरहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन अपिल समेत गर्नु भयो । सो अवसरमा ग्लोबल बैक लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले बैक र हस्पिटलका विचमा भएको उपचार स...
रेडक्रस दाङका पूर्व अध्यक्ष आचार्यले आफैमाथि गोली हाने

रेडक्रस दाङका पूर्व अध्यक्ष आचार्यले आफैमाथि गोली हाने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल दाङको तुलसीपुरमा एकजना पुरुषले आफैंलाई गोली हानेका छन्। तुलसीपुर उपमहानगरपालिका ७ मोतिपुर निवासी अन्दाजी ८३ वर्षका नारायण आचार्यले आफैलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।  जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाका अनुसार गोली प्रहारबाट उनको मृत्यु भएको छ। आचार्य लामो समयसम्म रेडक्रस दाङको अध्यक्ष भएर काम गरेका थिए। घटनाबारे प्रहरीले दिउसो २ बजे तिर खबर पाएको थियो। घटनास्थलमा पुग्दा प्रहरीले हतियार कोठाभित्रै फेला पारेको जनाएको छ। ...
नववर्षको शुभकामना तथा पात्रो वितरण गर्न अध्यक्ष व्यवसायीहरूका पसलमा

नववर्षको शुभकामना तथा पात्रो वितरण गर्न अध्यक्ष व्यवसायीहरूका पसलमा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देही रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष शान्तराज खराल नयाँ वर्षको शुभकामना साटासाट गर्न संघका पदाधिकारी सहित रुपन्देहीका विद्युतीय व्यवसायीहरूका पसल-पसलमा पुगेका छन्। अध्यक्ष खरालले नववर्ष २०८२ ले एकता ,सद्भाव ,व्यावसायिक सफलता ,शुस्वास्थ्य एवं देशमा स्थिरता र समृद्धि हासिलगर्न हरेक व्यक्ति- व्यक्तिबाट सकारात्मक चिन्तन, बोली र व्यवहार आवश्यक रहेकोले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दै भेटघाट गरिरहेका छन् । अध्यक्ष खरालले सबै व्यवसायीसँग दुःखसुख साटासाट गर्ने शुभकामना आदानप्रदान गरी भातृत्व बढाउने र व्यवसायीहरूलाई नजिकबाट पहिचान गर्ने उद्देश्यले भेटघाट कार्यक्रमलाई प्राथमिकता दिएको बताउँछन्। अध्यक्ष खराल संगै वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंह , महासचिव विष्णु भण्डारी लगायतका पदाधिकारीहरू पसल पसलमा पुगेर शुभकामना साथै भित्ते तथा टेबल पात्रो वितरण गरेका हु...
बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार

बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल बुटवलमा एक युवतीमाथि गाेली प्रहार भएकाे छ। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-११ बुद्ध नगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गाेली प्रहार भएकाे हाे । उनकाे कम्मर माथि गाेली लागेको छ। रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगरबस्ने  बिष्टमाथि गाेली प्रहार भएकाे र उनकाे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले बताए । ...
बुटवलमा एमालेको जागरण सभा: ५० हजार जनता उतार्ने दावी

बुटवलमा एमालेको जागरण सभा: ५० हजार जनता उतार्ने दावी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
रुपन्देही नेकपा (एमाले)ले चैत २९ गते शुक्रबार बुटवलमा आयोजना गर्न लागेको जागरण सभामा ५० हजार जनता उतार्ने दावी गरेको छ । एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम बुटवल मण्डपभित्र गरिने भएको छ ।एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेका अनुसार पार्टीको सम्पूर्ण शक्ति परिचालन गरी जागरण सभामा केन्द्रित गरिएको जानकारी दिए । “जनता अझै पनि एमालेको पक्षमा छन्, एमाले नेतृत्वको सरकारले गरेका कामलाई बुझेका छन्, २९ गतेको जनसभाले पनि यसको सन्देश दिने छ”–उनले भने ।उनले एमालेको जनसभाले सुशासन, विकास र समृद्धिको पक्षमा सन्देश दिन खोजेको बताए । उनले भने, “लोकतन्त्र, विधिको शासन र कानुनी राजको पक्षमा नेकपा ९एमाले० दृढतापूर्वक उभिन्छ । कुनै पनि किसिमको अराजकता र अस्थिरतालाई अस्वीकार गर्छ भन्ने हाम्रो सन्देश हो ।”मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्वहरु सल्वालाएकाले जनताल...
शंकरनगर सामुदायिक वनको विशेष साधारण सभा : मेडिकल कलेजलाई ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित

शंकरनगर सामुदायिक वनको विशेष साधारण सभा : मेडिकल कलेजलाई ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
तिलोत्तमा रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शंकरनगर सामुदायिक  वन उपभोक्ता समूहको विशेष साधारण सभाले सामुदायिक वन क्षेत्रमा निर्माण हुने बुटवल मेडिकल कलेजका लागि ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरेको छ । समुदायले संरक्षण गरेको जंगल भएको र बुटवल मेडिकल कलेजलाई उक्त जग्गा भोगाधिकारका लागि सामुदायिक वनको शिफारिस आवश्यक पर्ने भएकाले सामुदायिक वनले विशेष साधारणसभाको आयोजना गरी मेडिकल कलेजलाई ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव सर्वसम्मत पारित गरेको हो । विशेष साधारणसभामा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले शंकरनगर सामुदायिक वन क्षेत्रमा निर्माण हुने मेडिकल कलेज यस क्षेत्रको गौरवको आयोजना भएकाले कलेज स्थापनाका लागि सामुदायिक वन समूहले जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरेर सह्रानिय कार्य गरेको वताउनु भयो । उहांले मेडिकल कलेज स्थानीयको ला...
रूपन्देही विद्युतीय व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान

रूपन्देही विद्युतीय व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
रूपन्देही रूपन्देही विद्युतीय व्यवसायी संघले नयाँ वर्ष २०८२ को टेबल तथा भित्तेपात्रो विमोचन तथा नववर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। संघले सोमबार तिलोत्तमा ७ भलबारी संघको सचिवालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो। पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा संघका अध्यक्ष शान्तराज खरालले सबैतिर उज्यालो प्रवाह गर्ने विद्युत र विद्युतीय सामग्रीको व्यवसाय गर्नेहरूको पनि भविष्य उज्यालो भएको भन्दै विगतका केही वर्षहरूबाट ओरालो लागेको व्यवसाय स्वस्थ प्रतिस्पर्धाबाट निराश नभई अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे। विद्युतीय व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सचिव दीपक पौडेलले व्यवसायमा उपयुक्त मुनाफा राखी स्वस्थ प्रतिस्पर्धामा व्यवसाय गर्नु व्यावसायको धर्म रहेको र विकृतिमा सचेत र संयम हुन आवश्यक रहेको बताए। उनले प्रदेशलाई आर्थिक ,भौगोलिक हिसाब...
लागुपदार्थ नियन्त्रणमा सबैको सहकार्य आवश्यक

लागुपदार्थ नियन्त्रणमा सबैको सहकार्य आवश्यक

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
बुटवल मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने लागुपदार्थ दुव्र्यसनी नियन्त्रणमा ल्याउनका लागि समाजका सबै संयन्त्रहरु सक्रिय हुनुपर्ने एकजना लागूऔषधविरुद्धको अभियान सञ्चालन गरिरहेका अभियन्ताले बताएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले नार्कोनन् नेपालको सहयोगमा आइतबार बुटवलमा आयोजना गरेको ड्रग्स नियन्त्रण र पत्रकारको भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै लागूऔषधको नियन्त्रणका क्षेत्रमा काम गरिरहेको संस्था नार्कोनन् नेपालका कार्यकारी निर्देशक तथा नेपाल प्रहरीका पूर्व एसएसपी वसन्त कुँवरले प्रहरीले मात्रै लागूऔषध नियन्त्रण गर्न नसक्ने बताउनुभयो ।  उहाँले समाजका सबै संयन्त्रहरु मिलेर मात्रै लागूऔषधको दुव्र्यसन नियन्त्रण गर्न सकिने भएकाले पत्रकारिता क्षेत्रबाट पनि सक्रियताको खाचो औल्याउनुभयो । उहाँले लागूऔषधको प्रयोगले मानिसको जीवनलाई समाप्त पार्ने भएका सचेतना फैलाउनका ल...
नेपाल बारको अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय मिश्र र श्रेष्ठबीच प्रतिस्पर्धा

नेपाल बारको अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय मिश्र र श्रेष्ठबीच प्रतिस्पर्धा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । बारको आज बिहान ८ बजेदेखि सुरु हुने कार्यसमिति निर्वाचनमा वरिष्ठ अविधक्ताद्वय प्राडा मिश्र र श्रेष्ठ फरक–फरक प्यालन नै बनाएर चुनावमा प्रतिस्पर्धा गर्दै छन् । न्यायालयको सुधारका लागि दुवैले आ–आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरिसकेका छन् । अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहले आफ्नो उम्मेदवारी नेपाल बारको संस्थागत, संरचनागत र नीतिगत सुधार गर्नका लागि आवश्यक कदम चाल्न, सशक्त, प्रभावकारी एवं कार्यमुखी बार निर्माण गर्न भनेको छ । ‘न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउ...