गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले गर्यो रक्तदान


बुटवल
गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
सोमबार रक्तसञ्चार केन्द्र बुटवल परिसरमा रक्तदान कार्यक्रम गरिएको हो।
कसैले रगतको अभावमा ज्यान गुमाउनु र समस्यामा पर्नु नपरोस् भन्ने मानव सेवाको भावना लिएर समाजले रक्तदान कार्यक्रम गरेको हो।
सम्पर्क समाजका अध्यक्ष बुद्धिप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका संस्थापक अध्यक्ष नारायण प्रसाद ज्ञवालीले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उनले सम्पर्क समाजले गरिरहेका समाजसेवाका कर्महरू सँगै रक्तदानलाई पनि प्राथमिकतामा राख्दै समय-समयमा रक्तदान गरी बिरामी लगायत कसैलाई रगत अभाव नहोस् भन्ने धारणा राखेर गरिएको कार्यक्रम आफैमा महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले सम्पर्क समाजले रक्तदान जस्तो पुण्यकर्म गरेकोमा खुसी व्यक्त गर्दै यसैगरी सबै सामाजिक मन र स्वस्थ व्यक्तिहरूले रक्तदान गर्नुपर्ने धारणा राखेका थिए।

आफूले समेत रक्तदान गर्दै समाजका अध्यक्ष बुद्धिप्रसाद ज्ञवालीले सम्पर्क समाजले यी र यस्तै सामाजिक कामहरू गर्दै आएको उल्लेख गर्दै सबै रक्तदाताहरु लाइ धन्यबाद प्रकट गरेका थिए। यसैगरी सम्पूर्ण समाजका सदस्य एक भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे।
१५ जनाले रक्तदान गरेको कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक रामप्रसाद ज्ञवाली ,निवर्तमान अध्यक्ष कपिल ज्ञवाली ,सल्लाहकारहरू बिन्दु गौतम ,वीरबहादुर क्षेत्री, हेमबहादुर थापा ,वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद ज्ञवाली, उपाध्यक्ष गिरिराज पन्थ ,सचिव बरुण ज्ञवाली ,सदस्य किरण ज्ञवालीलगायतले बोल्दै रगतको अभावले कसैले ज्यान गुमाउन र समस्यामा पर्न नपरोस् भनी रक्तदान कार्यक्रमको आयोजना गरिएको धारणा राखेका थिए ।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...