गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले गर्यो रक्तदान


बुटवल
गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
सोमबार रक्तसञ्चार केन्द्र बुटवल परिसरमा रक्तदान कार्यक्रम गरिएको हो।
कसैले रगतको अभावमा ज्यान गुमाउनु र समस्यामा पर्नु नपरोस् भन्ने मानव सेवाको भावना लिएर समाजले रक्तदान कार्यक्रम गरेको हो।
सम्पर्क समाजका अध्यक्ष बुद्धिप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका संस्थापक अध्यक्ष नारायण प्रसाद ज्ञवालीले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उनले सम्पर्क समाजले गरिरहेका समाजसेवाका कर्महरू सँगै रक्तदानलाई पनि प्राथमिकतामा राख्दै समय-समयमा रक्तदान गरी बिरामी लगायत कसैलाई रगत अभाव नहोस् भन्ने धारणा राखेर गरिएको कार्यक्रम आफैमा महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले सम्पर्क समाजले रक्तदान जस्तो पुण्यकर्म गरेकोमा खुसी व्यक्त गर्दै यसैगरी सबै सामाजिक मन र स्वस्थ व्यक्तिहरूले रक्तदान गर्नुपर्ने धारणा राखेका थिए।

आफूले समेत रक्तदान गर्दै समाजका अध्यक्ष बुद्धिप्रसाद ज्ञवालीले सम्पर्क समाजले यी र यस्तै सामाजिक कामहरू गर्दै आएको उल्लेख गर्दै सबै रक्तदाताहरु लाइ धन्यबाद प्रकट गरेका थिए। यसैगरी सम्पूर्ण समाजका सदस्य एक भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे।
१५ जनाले रक्तदान गरेको कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक रामप्रसाद ज्ञवाली ,निवर्तमान अध्यक्ष कपिल ज्ञवाली ,सल्लाहकारहरू बिन्दु गौतम ,वीरबहादुर क्षेत्री, हेमबहादुर थापा ,वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद ज्ञवाली, उपाध्यक्ष गिरिराज पन्थ ,सचिव बरुण ज्ञवाली ,सदस्य किरण ज्ञवालीलगायतले बोल्दै रगतको अभावले कसैले ज्यान गुमाउन र समस्यामा पर्न नपरोस् भनी रक्तदान कार्यक्रमको आयोजना गरिएको धारणा राखेका थिए ।

छुटाउनुभयो कि ?

राजनीतिक सहिष्णुता

राजनीतिक सहिष्णुता

नारायण ज्ञवालीराजनीति समाजको ऐना हो भनिन्छ । समाज जति सभ्य, सहिष्णु र परिपक्व हुन्छ, राजनीति पनि त्यत्तिकै उत्तरदायी र सन्तुल...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...