Breaking news 3

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौं मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसमविदले जनाएका छन् । आज (सोमबार) बिहान सातै प्रदेशका विभिन्न भू–भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो एक घण्टामा सर्लाहीको मलंगवामा २५ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै बर्दियाको मानपुरमा २५.८ मिलिमिटर वर्षा भएको छ । अरू विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू–भाग र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशभर साधारणतया बदली रहनेछ । राति मधेश प्रदेश लगायत को...
लायन्स क्लब द्वारा संयुक्त इण्डक्सन तथा मेगा इन्स्टलेशन कार्यक्रम सम्पन्न

लायन्स क्लब द्वारा संयुक्त इण्डक्सन तथा मेगा इन्स्टलेशन कार्यक्रम सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल डिष्ट्रिक्ट ३२५P नेपाल अन्तर्गत रिजन–१४ का जोन ३०, ३१ र ३२ का लायन्स क्लबहरूले बुटवलमा भव्य इन्डक्सन तथा मेगा इन्स्टलेशन कार्यक्रम सम्पन्न गरेका छन्।कार्यक्रममा नयाँ सदस्यहरूको शपथ ग्रहण, क्लब पदाधिकारीहरूको पदस्थापन तथा सामूहिक सेवाभावको पुनः प्रतिवद्धता व्यक्त गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर लायन बलराम भट्टराई रहनु भएको थियो। विशेष अतिथिहरूमा निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग, दोश्रो भाइस डिष्ट्रिक्ट गभर्नर लायन मिना पन्थी, पूर्व डिष्ट्रिक्ट गभर्नर लायन अर्जुन मान सैंजु तथा लायन महेन्द्र नारायण श्रेष्ठ रहनु भएको थियो। यसैगरी डिष्ट्रिक्ट ३२५P नेपालको सिनियर प्रोटोकल मा रहनु भएका बिभिन्न पदाधिकारीको उपस्थितिमा १४० जना लायन सदस्यको पदस्थापन भएको थियो | पहिलो चरणको कार्यक्रम संचालक जोन चियर पर्सन लायन रितु गुरुङ त...
गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजको पदस्थापन

गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजको पदस्थापन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलगुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजकाे पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार बुटवलमा सम्पन्न पदस्थापन कार्यक्रममा वाेल्दै नवनिर्वाचित अध्यक्ष बुद्धिप्रसाद ज्ञवालीले समाजले अग्रजहरुले गरेका कामहरुकाे प्रसंसा गर्दै समाजले रुपन्देहीमा बसाेबास गर्ने बलेटक्सारेली र बलेटक्सारका सुख-दु:खकाे सारथि बन्ने घाेषणा गरे।ज्ञवालीले निर्वाचित गराउन सहयाेग गर्ने पुर्व अध्यक्षहरु,सल्लाहकारहरु र समाजमा आवद्द सवैलाई कार्यसमितिको तर्फबाट धन्यवाद दिए।नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै संस्थापक अध्यक्ष नारायण प्रसाद ज्ञवाली, पुर्व अध्यक्षहरु हेमबहादुर थापा ,वीरबहादुर क्षेत्री निवर्तमान अध्यक्ष कपिल ज्ञवाली , पुर्ब महिला उपाध्यक्ष बिन्दु गौतम, पुर्वसचिव डिल्लीराज गाैतम ,सल्लाहकार लक्ष्मण ज्ञवाली लगायतले कार्यसमिति लाई वधाई तथा शुभकामना दिएका थिए। ...
गाईजात्रा पर्वको दिन बुटवलमा सार्वजनिक विदा

गाईजात्रा पर्वको दिन बुटवलमा सार्वजनिक विदा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बुटवल बुटवल उपमहानगरपालिकाले आइतबार गाईजात्रा पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको छ । शुक्रबार एक सुचना जारी गरि यही साउन २५ गते आइतबार गाईजात्रा पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको बुटवल उपमहानगरपालिकाले जनाएको हो । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयद्वारा जारी सुचनामा गाईजात्रा पर्वको अवसरमा साउन २५ गते आइतबार एक दिनका लागि स्थानीय सार्वजनिक बिदा दिइएको जनाउँदै उक्त दिन उपमहानगरपालिका मातहतका वडा कार्यालयहरू बन्द रहने जनाइएको छ । ...
स्थापनाकालदेखि नै अब्बल रहेको बुटवलकाे दिप बाेर्डिङकाे दाबी

स्थापनाकालदेखि नै अब्बल रहेको बुटवलकाे दिप बाेर्डिङकाे दाबी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको दिप बोर्डिङ हाइ स्कुल स्थापनाकालदेखि ४५ वर्षसम्म निरन्तर देशकै उत्कृष्ट नतिजा हासिल गरी अब्बल रहेको विद्यालयले बताएको छ।२०८१ मा कक्षा १२ को नतिजामा ३.९६ जिपिए सहित उत्कृष्टता हासिल गरेको छ। सोही अवसरमा विद्यालयले शुक्रबार पत्रकार सम्मेलन मार्फत संस्थागत विद्यालयहरूमा आफ्नो विद्यालयले देशमै उत्कृष्ट नतिजा ल्याएको बताएको छ।विद्यालयले २०८१ को कक्षा १२ को परीक्षामा १७८ जना विद्यार्थी सहभागी रहेको र नतिजा राम्रो ल्याउन सफल भएको बताएको छ।३.९६जीपीए ल्याउने विद्यार्थी सञ्जोग राज भण्डारी र ३.९५ जीपीए ल्याउने उत्सव राज भट्टराई रहेका छन्।त्यसैगरी दीप बोर्डिङले २०८१ को एसईईमा सक्रिना कुँवर र सुधांसु शेखर झालेसमेत ४ जीपीए प्राप्त गरी अन्य विद्यार्थी समेत उत्कृष्ट जिपिए ल्याई देशकै अब्बल विद्यालयको रूपमा रहन गएको जनाएको छ।विद्यालयले अध्ययनसँगै व्यावहारिक शिक्षा पनि प्रदान गर्दै आएको छ।...
रविले थुनामुक्त गर्न माग गर्दै दिए रुपन्देही जिल्ला अदालतमा निवेदन

रविले थुनामुक्त गर्न माग गर्दै दिए रुपन्देही जिल्ला अदालतमा निवेदन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा  रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका हुन्  । आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले  मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् । रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन् । लामिछानेको सचिवालयले  १९ साउनमा अदालतमा निवेदन दिएको भएपनि यो विषय  तीन दिनसम्म सार्वजनिक नगरी गुपचुप राखिएको थियो । रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले लामिछानेले थुनामुक्त हुन निवेदन दिएकोबारे चार दिनपछि बिहीबार (आज) मात्रै ...
लुम्बिनी बिकास कोषलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न आग्रह

लुम्बिनी बिकास कोषलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न आग्रह

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीलाई राजनीतिक पूर्वाग्रह नराखीकन मिलेर परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा भएको ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती’ विषयक छलफलमा उनले लुम्बिनी विकास कोषले केही कामहरु गरे पनि अपेक्षाअनुसार काम गर्न नसकेको बताए । उनले भने, “कोषले काम गरेको छ, तर अपेक्षाअनुुसार भएको छैन, आगामी दिनमा लुम्बिनी क्षेत्रलाई थप व्यवस्थित गरेर अगाडि बढ्ने योजना छ ।” लुम्बिनी क्षेत्रको समग्र विकासको निम्ति सबैभन्दा पहिला सङ्घीयतापछि स्थानीय तह र प्रदेशलाई पनि समावेश गरेर ऐन नै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै कानुन परिवर्तन गर्ने विषयमा काम भइरहेको मन्त्री पाण्डेले बताए । उनले भने, “लुम्बि...
बुटवलको सिद्धार्थ केवलकार अपग्रेडपछि पुनः सञ्चालनमा

बुटवलको सिद्धार्थ केवलकार अपग्रेडपछि पुनः सञ्चालनमा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, समाचार
बुटवल  पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण पूर्वाधार सिद्धार्थ केवलकार सिष्टम अपग्रेड र नयाँ पूर्वाधार निर्माणसँगै पुनः सञ्चालनमा आएको छ। बुटवल–पाल्पा सीमास्थित नुवाकोट गढी जोड्ने केवलकार केही समयका लागि बन्द गरिएको थियो। सिद्धार्थ केवलकार लिमिटेडका अध्यक्ष राजेन्द्रसिंह गुरुङका अनुसार, असार दोस्रो सातादेखि बन्द गरिएको केवलकार साउन दोस्रो साता देखिनै नियमित सञ्चालनमा आएको हो। यस अवधिमा केवलकारमा प्रविधिगत सुधारसहित पहुँचमार्गमा विद्युतीयकरण, बटम स्टेशनस्थित सिद्धार्थ गार्डेनमा उडन परगोला र लाइटिङ प्रणाली, नयाँ रेष्टुरेन्ट भवन, टप स्टेशनमा रहेको सिद्धार्थ स्ट्याचुको क्षेत्र विस्तार, शौचालय निर्माण लगायतका कार्य गरिएको कम्पनीका प्रवन्धक नरबहादुर कार्कीले जानकारी दिनुभयो। हाल बटमदेखि टप स्टेशनसम्म २ किलोमिटर दुरीमा ८ जनाको क्षमता भएका २५ वटा गोण्डुला सञ्चालनमा छन्। पूर्वमा चेन ह...
गुल्मीको सत्यवतीमा खोलाले कार बगायो, एक्साभेटरको सहायताले निकालियो

गुल्मीको सत्यवतीमा खोलाले कार बगायो, एक्साभेटरको सहायताले निकालियो

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, समाज, स्थानीय
बुटवल गुल्मीको सत्यवती गाउँपालिका–६ उर्लीखोलास्थित डहरे खोलामा मंगलबार बिहान आएको भेलले शान्तिपुरबाट बुटवलतर्फ जाँदै गरेको बीएए ००१७ नम्बरको कार बगाएको छ। सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेका अनुसार खोलाले बगाएको कारलाई स्थानीयको सहयोगमा एक्साभेटर र ट्याक्टरको प्रयोग गरी निकालिएको हो। “मानविय क्षति नभए पनि कारमा क्षति पुगेको छ,” अध्यक्ष पाण्डेले बताए। प्रहरीका अनुसार बिहान ११:४५ बजेको समयमा खोलाले कारलाई करिब ५० मिटर तल पुर्‍याएको थियो। डहरे खोलामा पक्की पुल नहुँदा वर्षातको समयमा यो सडक खण्डमा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। सडक डिभिजन कार्यालय पाल्पामार्फत डहरे खोला लगायत अन्य खोलामा पुल निर्माणको काम भइरहेको जनाइएको छ। ...
रोटरी तिलोत्तमा रुपन्देहीमा होमियोप्याथिक उपचारबारे अभिमुखिकरण

रोटरी तिलोत्तमा रुपन्देहीमा होमियोप्याथिक उपचारबारे अभिमुखिकरण

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
तिलोत्तमा रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा होमियोप्याथिक चिकित्सा पद्धतीमा आधारित उपचारबारे अभिमुखिकरण गरिएको छ । क्लवको शनिबार भएको साप्ताहिक नियमित बैठकमा होमियोप्याथिक चिकित्सा पद्धतीका माध्यमबाट गरिने उपचारका बारेमा क्लवका पदाधिकारी सदस्यहरुलाई जानकारीमुलक अभिमुखिकरण गरिएको हो ।कार्यक्रममा भैरहवाको साईराम होमियोप्याथिकका होमियोप्याथिक डा. सञ्जय करणले होमियोप्याथिक चिकित्सा पद्धती, यसको सरुवात र विकासक्रमका बारेमा जानकारी गराउनु भएको थियो । त्यस अवसरमा उहाँले लामो खोज र अनुसन्धानपछि सन् १७९६ मा जर्मनबाट सुरु भएको होमियोप्याथिक चिकित्सा पद्धती अरु उपचार पद्धती भन्दा राम्रो भएको दावी गर्नुभयो । उहाँले ६८ वटा रोगमा अनुसन्धान गरेर प्रमाणित भएको होमियोप्याथिक उपचार पद्धती जती विकास हुनुपर्ने हो त्यो हुन नसकेको बताउँदै उहाँले भारतमा अलि धेरै विकास भएपनि नेपालमा कोशी प्रदेशमा अस्...