Breaking news 3

भन्सार छली ल्याइएका २४ लाखका ३८ थान आईफोन रुपन्देहीमा बरामद

भन्सार छली ल्याइएका २४ लाखका ३८ थान आईफोन रुपन्देहीमा बरामद

Breaking news 3, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देही प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका करिब २४ लाख रुपैयाँ बराबरका विभिन्न मोडेलका आईफोन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुक्रबार राति करिब ९ः१० बजे ओमसतिया गाउँपालिका–४ सानो बालापुर क्षेत्रमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले लु ५३ प ३३९८ नम्बरको स्कुटरमा शंकास्पद रूपमा ल्याइँदै गरेका मोबाइल फोनहरू बरामद गरेको हो । प्रहरीका अनुसार चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका अनुमानित २३ लाख ९० हजार रुपैयाँ बराबरका ३८ थान एप्पल आईफोन फेला परेका हुन् । बरामद गरिएका मोबाइलहरूमा आईफोन १७ का २ थान, आईफोन १३ (२५६ जिवि) का ९ थान, आईफोन १३ (१२८ जिवि का १२ थान, आईफोन १४ प्रो का २ थान तथा आईफोन ११ (१२८ जिवि) का १३ थान रहेका छन् । साथै, सामान ओसारपसारमा प्रयोग गरिएको लु ५३ प ३३९८ ...
देशभर मनसुन सक्रिय, सोमबारसम्म भारी वर्षा र हावाहुरीको जोखिम

देशभर मनसुन सक्रिय, सोमबारसम्म भारी वर्षा र हावाहुरीको जोखिम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंआउँदो सोमबार रातिसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबारभन्दा आइतबार पानी पर्ने गतिविधिहरू बढ्न सक्ने देखिएको छ। सोमबार पानी पर्ने क्रम झनै बढ्न सक्ने सम्भावना छ।सोमबार राति कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। मधेश प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ। ...
रास्वपामा गुट र ‘टिके प्रथा’ रोक्न चुनाव लडेँ : मनीष झा

रास्वपामा गुट र ‘टिके प्रथा’ रोक्न चुनाव लडेँ : मनीष झा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा पराजित भएका नेता मनीष झाले पार्टीभित्र गुटबन्दी र ‘टिके प्रथा’ (टीका लगाएर पद बाँड्ने प्रवृत्ति) स्थापित नहोस् भन्नका लागि आफूले चुनावी मैदान रोजेको बताएका छन्।चार जनाबीचको प्रतिस्पर्धामा विपिनकुमार आचार्यसँग पराजित भएपछि प्रतिक्रिया दिँदै झाले निर्वाचन परिणामलाई सहज रूपमा स्वीकार गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘मेरो लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एउटा प्रयास थियो। नेतृत्वले मेरो त्यो प्रयासलाई स्वीकार गरेर निर्वाचन प्रक्रिया अगाडि बढाइदिनुभयो, आभारी छु।’ पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन आफूले उम्मेदवारी दिएको प्रष्ट पार्दै उनले नवनिर्वाचित महामन्त्री आचार्यलाई बधाई दिएका छन्। ‘म यो परिणाम स्वीकार गर्छु। मेरो मित्र विपिनलाई बधा...
शान्ति समाज रुपन्देहीद्वारा यातना उन्मूलन र लागुऔषध दुव्र्यसनविरुद्ध कार्यक्रम सम्पन्न

शान्ति समाज रुपन्देहीद्वारा यातना उन्मूलन र लागुऔषध दुव्र्यसनविरुद्ध कार्यक्रम सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलमानव अधिकार तथा शान्ति समाज, जिल्ला शाखा रुपन्देहीको आयोजनामा राष्ट्रसंघीय यातना पीडितहरूको सहायतार्थ दिवस तथा लागुऔषध दुव्र्यसनविरुद्ध अन्तर्राष्ट्रिय दिवस को अवसरमा विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। बिहीबार बुटवल स्थित स्कोलर्सहोम कलेज, इट्टाभट्टीमा आयोजित कार्यक्रममा यातना उन्मुलन र लागू औषध दुव्र्यसनविरुद्ध शान्ति समाजको अवधारणा प्रस्तुत गरिएको थियो। सो सम्बन्धमा रहेर मानव अधिकार संरक्षण, यातना उन्मूलन तथा लागुऔषध एवं मदिरा दुव्र्यसन न्यूनीकरणका विषयमा छलफल गरिएको थियो।कार्यक्रममा स्कोलर्स कलेजका विद्यार्थी, शिक्षक, मानव अधिकारकर्मी, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मानव अधिकारको संरक्षण, यातनामुक्त समाज निर्माण तथा लागुऔषध दुव्र्यसनविरुद्ध सामूहिक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद...
बुटवल उपमहानगरद्वारा करिब ४ अरबको बजेट सार्वजनिक

बुटवल उपमहानगरद्वारा करिब ४ अरबको बजेट सार्वजनिक

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३ अर्ब ८५ करोड रुपैयाँको आय अनुमान सहितको बजेट वक्तव्य सार्वजनिक गरेको छ। उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले असार १० गते बुधबार नगर सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन्। "समानता, स्वाभिमान र अवसर-बस्नयोग्य बुटवल शहर" भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको यस बजेटमा कुल खर्चमध्ये चालुतर्फ ५२ प्रतिशत र पूँजीगततर्फ ४८ प्रतिशत रहने अनुमान गरिएको छ। प्रस्तावित बजेटको व्यय अनुमान अनुसार सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको छ। बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट संघीय समानीकरण अनुदानबापत रु. २९ करोड २२ लाख, ससर्त अनुदान (चालु) तर्फ रु. ५० करोड २५ लाख, ससर्त अनुदान (पूँजीगत) तर्फ रु. ७ करोड ४ लाख, विशेष अनुदान (पूँजीगत) तर्फ रु. ९० लाख र समपूरक अनुदान (पूँजीगत) तर्...
जिप्रका रुपन्देहीद्वारा २७ हजार ४ सय ६२ नागरिकता वितरण

जिप्रका रुपन्देहीद्वारा २७ हजार ४ सय ६२ नागरिकता वितरण

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देही जिल्ला प्रशासन कार्यालयले विसं २०८२ साउन १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्मको अवधिमा २७ हजार ४६२ जनालाई नेपाली नागरिकता वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार उक्त अवधिमा सबैभन्दा बढी २५ हजार ९२७ जनाले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् । त्यसै गरी २९२ जनाले अङ्गीकृत, एक हजार १७६ जनाले वैवाहिक अङ्गीकृत र ६७ जनाले गैर आवासीय नेपाली (एनआरएन) नागरिकता प्राप्त गरेका हुन् ।भारतसँग खुला सीमा जोडिएको तथा तीव्र जनसङ्ख्या वृद्धि भइरहेको जिल्ला भएकाले नागरिकतासम्बन्धी सेवाको चाप अन्य जिल्लाको तुलनामा रुपन्देहीमा बढी हुने गरेको प्रशासन कार्यालयले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी अर्यालले नागरिकता वितरण प्रक्रियालाई छिटो, सहज र पारदर्शी बनाउने प्रयास भइरहेको बताउँदै सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन प्रशासन प्रतिबद्ध रहेको जानकारी दिए । ...
योग,ध्यान र आध्यात्मिक ज्ञानबाट अमनचयन स्थापित हुन्छ

योग,ध्यान र आध्यात्मिक ज्ञानबाट अमनचयन स्थापित हुन्छ

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
बुटवलब्रह्मकुमारी ईश्वरिय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रिय कार्यालय बुटवल द्वारा आईतबार आयोजित स्नेह मिलन तथा पत्रकार सम्मेलन एवं ब्राह्मभोजन कार्यक्रममा वोल्दै राजयोगिनी ब्रह्माकुमारी कमला दिदिले योग, ध्यान र आध्यात्मिक ज्ञानबाट अमनचयन स्थापित हुने वताउनु भयो। उहाँले हिंसा, द्वन्द्व रहित समुन्नत समाजका लागि आत्मज्ञान, सकारात्मक चिन्तन,वोली र व्यवहार आवस्यक रहेको वताउनुभयो।उहाँले ब्रह्मकुमारी विश्वविद्यालयमा आफु सहभागी भए पश्चात यसको सत्संगले आफु प्रेरित भएर जिवन समर्पण गरेको वताउनु भयो। विश्वविद्यालयको आत्मज्ञानबाट नकारात्मकता हटेर जाने र सकारात्मकता प्रवाह हुने हुनाले सहभागी हुन समेत आव्हान गर्नु भयो।आफुमा परिवर्तन भएमा समाज स्वतह परिवर्तन हुने वताउनु भयो। कार्यक्रममा वोल्दै राजयोगिनी ब्रह्माकुमारी परिनिता दिदि, राजयोगी ब्रह्माकुमार डाक्टर गंगाधर ज...
राष्ट्रिय महाधिवेशनको तयारीमा रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

राष्ट्रिय महाधिवेशनको तयारीमा रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँपार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक चितवनको भरतपुरस्थित होटल सिमटीमा दिउँसो १ बजे बस्नेछ । भोलि (आइतबार) देखि सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी स्वरुप केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल हुने पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने उनको भनाइ छ । ...
रुपन्देहीमा महिनामै १ सय ८२ मुद्दा दर्ता, २ सय ४३ जना प्रतिवादी पक्राउ

रुपन्देहीमा महिनामै १ सय ८२ मुद्दा दर्ता, २ सय ४३ जना प्रतिवादी पक्राउ

Breaking news 3, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलजिल्ला प्रहरी कार्यालय रुपन्देहीले जेठ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अन्य विविध गतिविधिबारे विस्तृत जानकारी गराएको छ। प्रहरीका अनुसार यस महिनामा मात्रै जिल्लाभर कुल १८२ वटा विभिन्न मुद्दाहरू दर्ता भएका छन्। जसमा जघन्य तथा गम्भीर अपराधका २३, महिला तथा बालबालिका सम्बन्धी १४, आर्थिक अपराधका ७५, आत्महत्याका १४, चोरीका ९, सङ्गठित तथा आर्थिक अपराधका ५९ र सामाजिक अपराधका ५२ वटा मुद्दा रहेका छन्। यसै अवधिमा चालू मुद्दाका २४३ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। यस्तै, अदालतको फैसला कार्यान्वयनका क्रममा ४६ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन्, जसबाट ५२ लाख ६६ हजार ४१२ रुपैयाँ जरिवाना असुल हुनुका साथै १६ वर्ष ५ महिना २५ दिन कैद सजाय फर्स्योट भएको छ। महिला तथा ज्येष्ठ नागरिक हिंसाका घटनाहरूमा पनि प्रहरीले सक्रियता देख...
सडक र यातायात व्यवस्थापनप्रति सरकार गम्भीर नभएको आरोप

सडक र यातायात व्यवस्थापनप्रति सरकार गम्भीर नभएको आरोप

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षाजस्तो संवेदनशील विषयमा सरकार र सम्बन्धित मन्त्रालय गम्भीर नभएको बताएका छन् ।मंगलबार बसेको समितिको बैठकमा बोल्दै उनले संसद्को आकस्मिक बैठकमा सडक दुर्घटनाका कारण हुने मृत्युका विषयले ठाउँ लिइरहेको भएपनि मन्त्रालयले आवश्यक चासो नदिएको बताएका हुन् । उनले सडक सुरक्षा विधेयक तयार भएको पाँच–छ वर्ष बितिसक्दा पनि संसद्मा पेस हुन नसक्नु गम्भीर विषय भएको बताए । उनले भने, ‘संसद्को आकस्मिक बैठकमा धेरै भन्दा धेरै सडक सुरक्षामा मृत्यु भएको विषयले ठाउँ लिइरहेको छ । यस्तो संवेदनसिल विषयमा पनि मन्त्रालय गम्भीर नहुनु दुःखद हो । यस विषयमा उत्तर चाहिएको छ । सडक सुरक्षा विधेयक बनेको पाँचट वर्ष हुँदा पनि संसद्मा पेस गर्न सकेको छैन ।’यातायात मन्त्रालयको जिम्मेवारी घटाउने विषय उठिरहेको अवस्थामा यसलाई गम्भीर रूपमा लिनुपर्ने उ...