आजको मौसम: कोशी–बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौँ
जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र न्यून चापीय क्षेत्र बङ्गालको खाडीकोपश्चिम-मध्य भू-भाग आसपास रहेको बताएको छ ।

उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको रुपमा पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने देखिएको महाशाखाले बताएको छ । हाल बागमती प्रदेशका साथै देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने र तराई भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थआनमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
त्यस्तै, दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशको धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको थोरै स्थानमा, बागमती प्रदेशको पहाडी र तराई भु-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | साथै कोशी प्रदेशको पहाडी र तराई भू-भाग एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।

छुटाउनुभयो कि ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...
आजको मौसम: कोशी–बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम: कोशी–बागमतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...