गौतमद्वारा लिखित ‘शब्दका छर्रा’ लोकार्पण
रुपन्देहीकृतिकार नारद गौतमद्वारा लिखित शब्दका छर्रा नामक कृतिको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।शनिबार श्री जनजागृति माध्यमिक विधालय योगीकुटी रुपन्देहीमा लेखक, साहित्यकार , शैक्षिक, सामाजिक व्यक्तिहरूको सहभागितामा पुस्तक लोकार्पण गरिएको हो।राजनैतिक, सामाजिक,शिक्षा, प्रेम, वेदना लागतका विषयमा खरो कलम चलाउने साहित्यकार गौतमका धेरै कृतिहरु प्रकाशित भईसकेका छन्।गुल्मीको रुरुक्षेत्रमा जन्मिएका गौतम लामो समय नेपाली र व्याकरण विषय प्राध्यापन गरेका थिए भने नेपाली भाषा, साहित्य र व्याकरण कमजोर हुंदै गएकोमा आवाज उठाउंदै आएका छन्।
लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा भएको लोकार्पण कार्यक्रममा स्वागत मन्तव्यका क्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयले कृतिकारलाई बधाई र कृतिको सफलताका लागि शुभकामना दिँदै उपस्थित सम्पूर्ण साहित्यकारलाई स्वागतका शब्दसहित प्रतिष्ठान...








