कांग्रेसमा दुवै पक्ष अडानमै, टाढिँदै एकता


काठमाडौँ
पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि नरोकेपछि कांग्रेसको एकता प्रयास झन् टाढिएको छ । देउवा समूहका नेता पूर्णबहादुर खड्काले पार्टीको ‘लेटरहेड’ प्रयोग गरेर कार्यवाहक सभापतिकै हैसियतमा गतिविधिलाई निरन्तरता दिन थालेपछि संस्थापन पक्ष आक्रोशित बनेको छ ।

खड्काको गतिविधिलाई कारबाहीको विषय बनाउन तारामान गुरुङ नेतृत्वको केन्द्रीय अनुशासन समितिको बैठक बुधबार बोलाइएको छ । नेता शेखर कोइराला र देउवा समूहभित्रै पनि खड्काको समानान्तर गतिविधिको आलोचना हुन थालेको छ ।

२४ र २५ चैतको भेलापछि खड्काले बोलाएका समानान्तर गतिविधिबाट अलग भएका नेता कोइराला यसबीचमा पार्टी एकताका लागि जुटेका थिए । कोइरालाले देउवा पक्षका नेताहरू नेता मीनेन्द्र रिजाल र संस्थापन पक्षका पूर्वसहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारमार्फत संवाद अघि बढाइरहेका थिए । दुवै पक्षसँग एकताको प्रयास भइरहेका बेला खड्काले कार्यवाहक सभापतिकै हैसियतमा ‘पार्टीको लेटरहेड’ प्रयोग गरेर विज्ञप्ति निकालेपछि संस्थापन पक्ष खड्कामाथि कारबाही गर्ने तहमा उत्रिएको छ भने र कोइराला पक्ष पनि त्यसबाट असन्तुष्ट छ ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...