व्यवसायिक मर्यादा र नैतिकतालाई ख्याल राख्न शैक्षिक सामग्री व्यवसायीलाई अभिभावक संघको आग्रह


बुटवल
अभिभावक संघ नेपाल लुम्बिनी प्रदेशले नयाँ शैक्षिक सत्र शुरु भएसंगै पाठ्यपुस्तक, शैक्षिक सामग्री र पोसाकको व्यवसाय गर्ने व्यवसायीलाई व्यवसायिक मर्यादा र नैतिकतालाई ख्याल राख्न आग्रह गरेको छ।
प्रेस विज्ञप्ति जारी गर्दै संघले २०८३ को शुरुवातसँगै देशभरका शिक्षण संस्थाहरूमा विद्यार्थी भर्ना तथा पठनपाठनको तयारी तीव्र रूपमा भइरहेको र विद्यार्थीहरूलाई समयमै गुणस्तरीय पाठ्यपुस्तक, शैक्षिक सामग्री र पोसाक उपलब्ध गराउनु सबै सरोकारवालाहरूको साझा दायित्व रहेको जनाएको छ।
संघले विगतका अनुभवहरूलाई मध्यनजर गर्दै, यस नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरूले शैक्षिक सत्रको पहिलो दिनमै सबै पाठ्यपुस्तक र स्टेशनरी प्राप्त गर्ने वातावरण निर्माण गर्न सरोकारवालाले सक्रियता देखाउनु पर्ने वताएको छ।
सरकारद्वारा तोकिएको र पुस्तकमा छापिएको मूल्य (MRP) भन्दा बढी नलिन तथा स्पष्ट मूल्य सूची राखेर बिक्री वितरण गर्न अनुरोध गरेको छ।
पुस्तक तथा शैक्षिक सामग्री खरिद गर्दा अभिभावकहरूलाई अनिवार्य रूपमा आधिकारिक बिल उपलब्ध गराउन समेत आग्रह गरेको छ।
विद्यालय विशेषले तोकेकै पसलमा मात्र सामान किन्नुपर्ने बाध्यता अन्त्य गरी अभिभावकहरूलाई आफ्नो अनुकूलतामा गुणस्तरीय सामग्री खरिद गर्ने स्वतन्त्रताको सम्मान गर्नुपर्ने औंल्याएको छ।
आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि विशेष छुट वा सहुलियतको व्यवस्था मिलाउन समेत यस संघ सम्पूर्ण व्यवसायी हरूलाई अनुरोध गरेको छ।
संघका अध्यक्ष हेम थापाले अभिभावक, विद्यालय र पुस्तक व्यवसायी बीचको सुमधुर समन्वयले नै बालबालिकाको भविष्य सुनिश्चित हुने हुनाले व्यवसायिक मर्यादा र नैतिकतालाई ख्याल गर्दै शैक्षिक सामग्रीको सहज आपूर्तिमा योगदान पुऱ्याउन अनुरोध गरेका छन्।
थापाले कतै नियम विपरीत कार्य भएको पाइएमा वा अनावश्यक भार थोपरिएमा अभिभावक संघले स्थानीय प्रशासनसँग समन्वय गरी कानुनी प्रक्रिया अगाडि बढाउने समेत विज्ञप्ति मार्फत जानकारी गराएको वताएका छन्।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...