Breaking news 2

आज सबै प्रदेशमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

आज सबै प्रदेशमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परिरहेको छ। जसका कारण आज आइतबार पनि देशभर विभिन्न स्थानमा मौसम बदली वर्षा, हुरी र हिमपात सम्भावना देखिएको छ। मौसम महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। यस क्रममा दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्य...
प्रदेश सरकारलाई वित्तीय र प्रशासनिक अधिकार दिईनुपर्छ:  मन्त्री भूमिश्वर ढकाल

प्रदेश सरकारलाई वित्तीय र प्रशासनिक अधिकार दिईनुपर्छ: मन्त्री भूमिश्वर ढकाल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले आम निराशालाई सम्बोधन गर्न प्रदेश सरकारलाई वित्तीय र प्रशासनिक रुपमा पूर्ण अधिकार नआएकोले उक्त अधिकार दिनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल रूपन्देहीद्वारा शनिबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले अहिले प्रदेश संरचनामा अन्य कामहरू भएता पनि वित्तीय र प्रशासनिक अधिकार नहुँदा अपेक्षाकृत काम नहुँदा जनतामा निराशा छाएको बताएका हुन्। मन्त्री ढकालले विगतका महत्वकांक्षी योजना र सीमित स्रोत हुँदा योजना पुरा नहुने समस्या देखिएकाले आउने नीति तथा कार्यक्रम र बजेटमा ,स्रोतका आधारमा प्राथमिकता हेरेर बजेट विनियोजन गरिने बताए। उनले लुम्बिनी प्रदेश सरकारद्वारा भए गरेका काम र योजना, काम नभएर निराशा भएको मात्र नभई भए गरेका काम र योजना आम जनता माझ नपुगेका कारणले पनि निराशा देखिएको धारणा राखे। उनले भौत...
असल र नवीन अभ्यासले कान्ति छर्दै,  बुटवलको कान्ति मावि

असल र नवीन अभ्यासले कान्ति छर्दै,  बुटवलको कान्ति मावि

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवल रुपन्देहीको बुटवलमा रहेको कान्ति मावि ,२००८ सालमा पुरानो बुटवलमा शुरू भएको गणेश विद्या भवन प्राइमरी स्कूल र खस्यौलीमा शुरू भएको जनता विद्या भवन प्राइमरी स्कूलको एकीकरण गरी २ पुस २०१० देखि गणेश जनता विद्या भवन प्राथमिक विद्यालयको नामबाट हालको कान्ति माविको सुरुवात भएको हो । २०१६ सालमा मिडिल स्कूल र २०२६ सालमा हाईस्कूलको स्वीकृति प्राप्त गरेको विद्यालय २०२९ सालमा गणेश जनता माध्यमिक र २०३३ सालदेखि कान्ति माविको नामबाट सञ्चालन हुँदै आएको छ । २०६४ सालदेखि कक्षा ११/१२ सञ्चालन गरेको विद्यालयमा हाल विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा समूहका विभिन्न विषयको पठनपाठन हुँदै आएको छ । विद्यालय बजारको घना बस्ती बीच भए पनि विद्यार्थीहरू पढ्न अन्यत्रै जान्थे । परिसरमै साढे दुई बिघा जग्गा भएको विद्यालयमा जम्मा ४०० विद्यार्थी थिए । २०६६ मा गोविन्द ज्ञवाली प्रधानाध्यापकमा नियुक्त भए ...
वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा

वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र, गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्...
सर्वोच्चको आदेशसँगै रविन्द्र मिश्र थुनामुक्त

सर्वोच्चको आदेशसँगै रविन्द्र मिश्र थुनामुक्त

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं सर्वोच्च अदालतको आदेशसँगै रवीन्द्र मिश्र थुना मुक्त भएका छन् । न्यायाधीशहरू डा. कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो । सर्वोच्चको आदेशसँगै ४८ दिन थुनामा बसेर मिश्र हाजिर जमानीमा थुनामुक्त भएका छन् । यसअघि सात पटकसम्म काठमाडौं जिल्ला अदालतबाट म्याद थप भइ थुनामा रहेका मिश्रका तर्फबाट श्रीमती सारिका कार्कीले वैशाख ३० मा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । उक्त रिटमा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउँसहित बन्दी उपस्थित गराउने आदेश गरेको थियो । शुक्रबार दिनभरको बहसपछि न्यायाधीशद्वय चुडाल र श्रेष्ठको इजलासले थुनामुक्त गर्न आदेश जारी गरेको हो । गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनीसहितमा प्रदर्शनकारीलाई उक्साएको आरोपमा त्यसै दिन पक्राउ परेका मिश्र ...
आजदेखि माओवादीको मध्यपहाडी राजमार्ग यात्रा

आजदेखि माओवादीको मध्यपहाडी राजमार्ग यात्रा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं राजमार्गकेन्द्रित अभियान गरिरहेको माओवादी केन्द्रले शुक्रबारबाट पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सुरू गर्दैछ । त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैतडी पुगिसकेका छन्। बैतडीको पाटनबाट अभियानको थालनी हुनेछ। अभियानको उद्घाटन अध्यक्ष प्रचण्डले नै गर्नेछन्। विशेष गरेर यो अभियानमा नागरिकसँग संवादमा जोड दिने, स्थानीय समस्याहरू सुन्ने माओवादी केन्द्रले जानकारी दिएको छ। कूल १ हजार ७६७ किलोमिटर यो राजमार्गकेन्द्रित अभियान जेठ महिनाभरमा पूरा गर्ने माओवादी केन्द्रले जनाएको छ। यसअघि माओवादी केन्द्रले दक्षिणी तराईको हुलाकी राजमार्गकेन्द्रित अभियान गरेको थियो। फागुन १२ गतेदेखि सुरू भएको उक्त अभियान वैशाखसम्म चलेको थियो। अभियानमा मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले एकएक ठाउँमा जनसभा र...
प्रदेश सरकारमा बेरुजु बढ्दै: लुम्बिनीको बेरुजु दर घट्यो, रकम बढ्यो

प्रदेश सरकारमा बेरुजु बढ्दै: लुम्बिनीको बेरुजु दर घट्यो, रकम बढ्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल लुम्बिनी प्रदेश सरकारको बेरुजु रकमको दर प्रतिशत आधारमा गतवर्षभन्दा घटेको देखिए पनि रकममा भने वृद्धि नै भएको छ । महालेखाको ६२ औँ प्रतिवेदन अनुसार लुम्बिनीमा आर्थिक वर्ष २०८०/८१ मा बेरुजु रकम ४ अर्ब ५७ करोड ५१ लाख ३७ हजार रहेको छ । जबकी अघिल्लो वर्ष बेरुजु रकम ३ अर्ब ९१ करोड ६९ लाख २१ हजार रहेको छ । यस तथ्याङ्कका आधारमा लुम्बिनी प्रदेशमा बेरुजु रकम ६५ करोड ८२ लाख १६ हजार रुपैयाँले बढेको छ ।  प्रतिशतको आधारमा भने लुम्बिनी प्रदेशको बेरुजु दर घटेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा लुम्बिनीको बेरुजु दर १ दशमलव १३ प्रतिशत रहेको छ । यसअघिको प्रतिवेदनमा यो दर १ दशमलव ६० रहेको थियो । यो तथ्याङ्कलाई तुलना गर्दा लुम्बिनीमा बेरुजु दर ०.३० ४३ प्रतिशतले अटेको देखिन्छ ।  महालेखाको ६१ औँ प्रतिवेदनमा पनि मधेश प्रदेशको बेरुजु अन्य प्रदेशभन्दा बढी देखिएको थियो । उक्त प्रतिवेदनमा मधेशको बेर...
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ। मन्त्रालयले महासंघको प्रतिबद्धता समेतका आधारमा आवश्यक व्ययस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरेको उल्लेख गरेको छ। ‘पेसागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थितिलगायतका सवालको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय भएकाले यस्तो आग्रह गरिएको हो’, विज्ञप्तिमा उल्लेख छ । यस्तै, शिक्ष...
सोलुखुम्बु केन्द्रविन्दू भएर भूकम्पको धक्का

सोलुखुम्बु केन्द्रविन्दू भएर भूकम्पको धक्का

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ सोलुखुम्बुमा आज (बुधबार) साँझ ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा ४.६ म्याग्निच्यूडकोको धक्कका महसुस भएको हो । भूकम्पको केन्द्रबिन्दु सोलुखुम्बुको छेस्काम आसपास रहेको भूकम्पविद लोकविजय अधिकारीले जानकारी दिएका छन् । भूकम्पको धक्का निरन्तर गइरहने भएकाले सबै जना सचेत हुनुपर्ने उनले बताए । ...
नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ : परराष्ट्रमन्त्री राणा

नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ : परराष्ट्रमन्त्री राणा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपाल हिमाली देश भएको हुनाले, नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यशाला दक्षिण एसियाका लागि जलवायु अनुकूलन र लचिलोपन परियोजना कार्यक्रममा उनले नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको भन्दै सगरमाथा संवादले विश्वका नीति निर्माता, पत्रकार र विभिन्न समाजलाई जलवायु परिवर्तको बारेमा छलफल गर्न एकै ठाँउमा ल्याउने बताएकी हुन् ।   उनले भनिन्, ‘नेपाल हिमाली देश भएको हुनाले, नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ । सगरमाथा संवादले विश्वका नीति निर्माता, पत्रकार र विभिन्न समाज सबैलाई जलवायु परिवर्तको बारेमा छलफल गर्न एकै ठाँउमा ल्याउने काम गर्छ । हामीले यो संवादमा विशेष गरेर हिमालहरुलाई प्राथमिकता दिने छौ ।’यस्तै, उनले नेपाललाई बलियो पूर्वाधारको आवश्यकता भएको भ...