नवरात्रको दोस्रो दिन: भगवती ब्रह्मचारिणीको पूजा अर्चना गरिँदै


काठमाडौँ

नेपालीको महान् चाड बडादसैँको दोस्रो दिन मङ्गलवार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजा अर्चना गरिंदै छ । ब्रह्मचारिणी देवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजा अर्चना गर्ने प्रचलन छ । ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ ।
सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । साधकहरू आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा धयान लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रूपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ।
ब्रह्मचारिणी माता पार्वतीको विवाहपूर्व को अवस्थाको रूपमा चर्चा गरिएको छ । पार्वतीको यो रूपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवी भागवत लगायतका ग्रन्थहरूमा उल्लेख छ ।
माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दु शास्त्रहरिमा छ । आज विवाह नभएका कुमारीहरूको पूजा गर्ने प्रचलन छ । कन्याहरूलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन छ । देशभरिका देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाआजा गरिँदै छ । देवीलाई ब्रह्म विद्या शक्तिकी माताको विभिन्न शक्तिपीठहरुमा पूजा गर्ने गरिन्छ ।

ब्रह्मचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई अब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरिमा उल्लेख छ । सांसारिक मायामोहको जन्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित हुने शास्त्रहरिमा उल्लेख गरिएको छ ।

ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रह्मचारिणी माता पार्वतीको विवाहपूर्व को अवस्थाको रूपमा चर्चा गरिएको छ । माता पार्वतीको यो रूपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवी भागवत लगायतका ग्रन्थहरूमा उल्लेख छ ।

शास्त्रहरिमा ब्रह्मचारिणीलाई वदन वर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ । देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ ।

दुर्गा कवच मन्त्र–
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्द माता, छौटौं दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धि दात्रीको पूजा गर्ने गरिन्छ । दुर्गाका यी नौ रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको बताइन्छ । दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

दुर्गाको प्रतीकका रूपमा महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नौ कन्याको पूजासमेत गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैंघर, कोत र शक्ति पीठमा बलिसहित विशेष पूजा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गरिन्छ ।

दसैँको टीकाको शुभ साइत:
बडा दशैँको टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गर्दै टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको जानकारी दिएको हो । समितिका अनुसार असोज १३ गते सोमवार फूलपाती, श्री तुलजा भवानी यात्रा बिहान ७: १७ बजे तोकिएको छ भने असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि र असोज १५ गते बुधवार महानवमी स्थिरासन बिहान ९: २३ बजे तोकिएको छ ।

छुटाउनुभयो कि ?

रूपन्देहीका १५ पालिकाले गरे बजेट सार्वजनिक

रूपन्देहीका १५ पालिकाले गरे बजेट सार्वजनिक

बुटवलआर्थिक बर्ष ०८३/८४ का लागि रुपन्देहीका १५ पालिकाले असार १० भित्रैं बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १६ स्थानीय तहमध्य...
फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

काठमाडौंअन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुध...
युक्रेनी ड्रोन आक्रमणपछि मस्कोको तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिना बन्द हुने

युक्रेनी ड्रोन आक्रमणपछि मस्कोको तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिना बन्द हुने

काठमाडौंयुक्रेनले लगातार गरेका ड्रोन आक्रमणहरूका कारण मस्कोको दक्षिणमा अवस्थित एउटा ठूलो तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिनाक...
बुटवल उपमहानगरद्वारा करिब ४ अरबको बजेट सार्वजनिक

बुटवल उपमहानगरद्वारा करिब ४ अरबको बजेट सार्वजनिक

बुटवलबुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३ अर्ब ८५ करोड रुपैयाँको आय अनुमान सहितको बजेट वक्तव्य सार्वजनिक ...