दोब्बर बढ्यो हवाई भाडादर


रुपन्देही

दशैंको मौंका छोपेर मुलुकमा आन्तरिक उडान भर्ने वायु सेवा कम्पनीले भाडा बृद्धि गरेपछि सर्वसाधरण मर्कामा परेका छन् । दशैं अगाडि मुलुकभर भारी वर्षा भइरहेको छ । जसले गर्दा राजमार्गमा यात्रा गर्न सहज छैन । बुटवल–नारायणगढ लगायत मुलुकमा प्रमुख राजमार्ग स्तरोन्नतीमा भएको ढिलाईले गाडीबाट यात्रा सहज छैन ।

यस्तो बेला विकल्पका रुपमा रहेको हवाई यातायात पनि महंगो भएपछि नागरिक मारमा परेका छन् । दशैंको मौंका छोपेर हवाई कम्पनीले भाडा दोब्बर बनाएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले केही दिन अघि भैरहवा–काठमाडौं उडान भर्ने वायु सेवा कम्पनीका स्टेशन म्यानेजर र गौतम बुद्ध विमानस्थलका प्रतिनिधि बोलाएर भाडाका विषयमा छलफल गरेको प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बताए ।

‘मुलुकभित्रै यात्रा सहज नभएका बेला वायु सेवा कम्पनीले अचाक्ली भाडा बढाएका छन्,’ उनले भने, ‘भाडाका विषयका नागरिकले प्रशासनसित गुनासो गरिहेका छन् । हामीले वायुसेवा कम्पनीका प्रतिनिधि बोलाएर यस विषयमा छलफल गरेका छौं ।’

यसअघि भैरहवा–काठमाडौं एकतर्फी भाडा ५ हजार रुपैयाँ भन्दा बढी थियो । अहिले बृद्धि गरेर दोब्बर बनाइएको छ । बुटवल–नारायणगढ खण्ड सहज भएका बेला भैरहवा–काठमाण्डौं एकतर्फी भाडा १ हजार ८ सम्म झरेको थियो । त्यतिबेला ३ हजार रुपैयाँ भन्दा बढी भाडा हुन्थेन ।

वायुसेवा कम्पनीहरूले थोरै यात्रुको चाप हुने गन्तव्यको तुलनामा धेरै यात्रु हुने स्थानको भाडा अधिक बढाएका छन् । भैरहवा, धनगढी, नेपालगन्ज, भद्रपुर, विराटनगर अन्य गन्तव्यको तुलनामा अत्यधिक यात्रु हुने गन्तव्य हो । काठमाडौँबाट उडान हुने मुख्य गन्तव्यमा बुद्ध एअरलाइन्स, यती एअरलाइन्स र श्री एअरलाइन्सको सबैभन्दा धेरै उडान छ । बुद्ध र यती एअरलाइन्सले भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, सिमरा, पोखरा र नेपालगन्जमा उडान गर्दै आएका छन् । बुद्ध एअरलाइन्सले चितवनको भरतपुरमा पनि उडान गर्छ ।

बुद्ध एअरले १६ वटा एटीआर–७२–५०० जहाजमार्फत देशभर दैनिक करीब ८० वटा उडान गर्दै आएको छ । दसैँको समयमा उडान संख्या अझ बढ्छ । बुद्ध एअरसँग तीन वटा एटीआर–४२–३२० जहाज पनि छन् । यती एअरलाइन्ससँग अहिले सात वटा एटीआर ७२–५०० जहाज छन् । यतीकै स्वामित्वमा रहेको तारा एअरले दुर्गम गन्तव्यमा उडान गर्दै आएको छ । तारा एअरसँग ट्वीनअटर डीएचसी–३०० को एउटा र ट्वीनअटर भिकिङ ४०० सिरिजका दुई वटा विमान छन् ।
श्री एअरलाइन्ससँग ११ वटा फिक्स विङ्स जहाज छन् । यिनीहरू ८० सिटे जहाज हुन्। श्री एअरलाइन्सले काठमाडौँ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत र पर्वतीय उडानहरू सञ्चालन गरिरहेको छ । हवाई सेवा कम्पनीहरूले सस्तो मूल्यको टिकट सकिएको बहानामा सबैजसो यात्रुलाई अधिकतम मूल्यको टिकट बिक्री गर्छन् ।

दसैँको सम्मुखमा वर्षा भइरहेको, स्थलमार्ग विभिन्न ठाउँमा अवरुद्ध रहेकाले यात्रुहरूको रोजाइमा हवाई यात्रा परेको छ । सबैभन्दा बढी यात्रुको चाप हुने नागढुंगा–मुग्लिन सडक विस्तारको क्रममा छ । बीपी राजमार्गमा गत वर्ष असोजको बाढीले क्षति पुर्याएका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ छ । नारायणगढ–बुटवल सडकखण्ड पनि निर्माणका क्रममा रहेकाले सहजै यात्रा गर्न सकिने अवस्था छैन । एकातिर सडकमार्गको दुरवस्था र यात्रा कष्टकर हुने र अर्कातिर चाडबाडमा छिटोछरितो यात्रा गर्न धेरैले हवाई यात्रा रोज्ने भएकाले हवाई यात्रुको चाप हुने देखिन्छ । यसैको फाइदा लिएर वायुसेवा कम्पनीहरूले टिकटको मूल्य यात्रुको ढाड सेक्ने गरी बढाएका छन् ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

काठमाडौंरसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम...