आगजनी गरिएको रुपन्देहीको ड्रिम इन्टरनेश्नलमा अनाथहरुलाई खाना खुवाउँदै पुनः सञ्चालन


रुपन्देही
गत भदौं २३ र २४ गते जेनजी आन्दोलनकारीले आगजनी गरेको बुटवलस्थित ड्रिम इन्टरनेश्नल होटेलले अनाथ तथा अपाङ्गहरुलाई खाना खुवाउँदै मँगलबारदेखि पुनः सेवा सञ्चालनमा ल्याएको छ । होटलका सञ्चालक पर्यटन व्यवसायी तथा समाजसेवी गोपाल रानाले बुटवलको देविनगरस्थित आपाङ्ग आश्रमका आश्रितहरुलाई होटलमा ल्याएर खाना खुवाउँदै सेवा पुनः सञ्चालन गरिएको घोषणा गरे ।
यस होटलमा ६० जना बढी युवाहरु रोजगाररत छन् । तोडफोड तथा आगजनी गरिएको होटलमा सरसफाई तथा मर्मतको काम जारी रहेको बताउँदै सञ्चालक रानाले क्षतिको बारेमा सम्पूर्ण विवरण संकलन गर्ने काम भैरहेको उल्लेख गरे । आन्दोलनका क्रममा घुषपेठ गर्दै केही अराजक तत्वहरुले निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने काम निन्दनीय भएको बताउँदै उनले दोषीलाई राज्यले कानूनी कारबाही गर्ने विश्वास व्यक्त गरे । जेनजी आन्दोलन र उनीहरुको मागप्रति आफ्नो पूर्ण समर्थन र सहयोग रहेको समेत उल्लेख गरे । यद्यपी आन्दोलनका क्रममा केही अराजक कत्वहरुले आफूलाई कुनै अमुक नेताको नामसँग जोडेर गलत अफवाह फैलाइएकोप्रति दुःख व्यक्त गरे । हालसम्म कुनै सार्वजनिक लाभको पदमा नरही नितान्त व्यवसायिक क्षेत्रमा क्रियाशिल रहेको अवस्थामा आफ्नो बारे गलत अफवाह फैलाइएको गुनासो गरे ।
वि.स. २०४८ सालदेखि करिब २ वर्ष जागिरे जीवन, एक दशक बढी निर्माण व्यवसायी र वि.स. २०६१ सालदेखि हालसम्म निरन्तर पर्यटन व्यवसायीको रुपमा काम गर्दै आएका रानाले बुटवल–९ कालिकापथमा तारे होटल सरहको सेवासुविधासहित ड्रिम इन्टरनेश्नल होटल सञ्चालनमा ल्याएका थिए । आफ्नो र शसुरालीको समेत लगानीसँगै होटल सञ्चालनका लागि अहिले पनि करोडौं रकम ऋण रहेको बताउँदै उनले कुनै नेताको लगानी नभएको र नितान्त आफ्नो र परिवारको मेहनतले व्यवसाय गरिरहेको अवस्थामा अराजक तत्वहरुले गलत अफवाह फैलाएको गुनासो गरे ।
यस क्षेत्रका विभिन्न सामाजिक क्रियाकलापहरुमा समेत जोडिँदै आएका रानाले तिलोत्तमामा सञ्चालन गर्दै आएको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा समेत आन्दोलनकारीहरुले तोडफोड, लुटपाट तथा आगजनी गरी पूर्ण क्षति पुर्याएका छन् । एक सय जना युवाहरुलाई रोजगार दिँदै आएको ड्रिमल्याण्ड होटलमा पुनः निर्माणको काम जारी रहेको बताउँदै सञ्चालक रानाले दशै लगत्तै नियमित सेवा सञ्चालनको तयारीमा रहेको जानकारी दिए । आफ्ना दुबै होटलमा आगजनी तथा तोेडफोड गरेर करोडौंको क्षति पुगे पनि त्यहाँ कार्यरत कर्मचारीहरुलाई बेरोजगार नबनाउने सञ्चालक रानाले प्रतिवद्धता गरेका छन् । ‘वर्षौदेखिको मेहनत र पसिना खरानीमा परिणत हुँदा म मात्रै होइन, मेरा कर्मचारीहरु पनि उत्तिकै दुःखीत हुनुहुन्छ । यस्तो अवस्थामा पनि उहाँहरुले मलाई साथ नै दिइरहनु भएको छ ।’–सञ्चालक रानाले भने, ‘होटल खरानी भएपनि मैले उहाहरुको साथ छोड्ने छैन । यहाँ कार्यरत कुनै पनि कर्मचारीलाई बेरोजगार बनाउने छैन, यो मेलै प्रतिवद्धता गरेको छु ।’

तोडफोडबाट भएको क्षति बारे प्राविधिक परीक्षणको काम जारी रहेको बताउँदै उनले एकिन विवरण निकाल्ने र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने काम भैरहेको बताए । सञ्चालक रानाले रुपन्देहीसहित देशभरका सार्वजनिक सम्पत्ति, व्यक्तिको निजी सम्पत्ति तथा व्यवसायिक प्रतिष्ठानहरुमा गरिएको लुटपाट, आगजनी र तोडफोड गर्ने व्यक्तिहरुलाई राज्यले कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरे । निजी क्षेत्रमा भएको आक्रमणले लगानीकर्ताहरु हतोत्साहित भएको बताउँदै राज्यले सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्नेमा जोड दिए । मुलुकमा लगानीको वातावरण बन्दा थप बढी आर्थिक संकट, बेरोजगारी र अराजकता फैलिनेप्रति राज्यले सचेत हुनुपर्ने उनको धारणा छ ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...