Breaking news 2

रसुवा भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

रसुवा भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौँरसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको राससलाई जानकारी दिए । बेपत्ता भएका विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ लिङ्ग नखुलेका नागरिक छन् । वेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतीय छन् । विभागका अनुसार भारतका १८९ नागरिक वेपत्ता भएका छन् । यसबाहेक अष्ट्रेलियाका ३३, बेलारुसका दुई, क्यानडाका ३०, फिनल्याण्डका एक, फ्रान्स चार, जर्मनी आठ, हङ्गेरी एक, आइरिस दुई, इजरायल एक, लिथ्वानियाका एक, मलेसियाका ५५, नेदरल्याण्डका दुई जना बेपत्ता भएका छन् । न्यूजरल्याण्डका पाँच, पोर्चुगलका दुई, रसियाका छ, सिङ्गापुरका नौ, साउथ अफ्रिकाका छ, स्पेनका दुई, युक्रेनका ५४, ब...
नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, समाचार
काठमाडौँभारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ।भारतको विद्युत् मन्त्रालयका अनुसार सेप्टेम्बर १३ देखि डिसेम्बर ३१, २०२६ सम्म नेपाल विद्युत् प्राधिकरणलाई मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनमार्फत थप ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिनेछ।बाढीका कारण नेपालको जलविद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि आन्तरिक विद्युत् उत्पादनमा कमी आएको अवस्थामा भारतले थप विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो। भारतले सन् २०२७ जनवरीदेखि नेपालतर्फ हुने विद्युत् निर्यातको परिमाणबारे डिसेम्बर २०२६ मा पुनरावलोकन गर्ने जनाएको छ। भारतको विद्युत् मन्त्रालयले उक्त निर्णयले विपद्का कारण कठिन अवस्थामा रहेको नेपालको विद्युत् आवश्यकता पूरा गर्न सहयोग पुग्ने ...
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ‘बालापनको रक्षा: भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ । बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्द्धन गर्न÷गराउन नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जबाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ । यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा धनजनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका स्वयं नै घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ । त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्शलगायतका सेवा उपलब्ध गराउन राज्य तल्लीन रहेको राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो । यस अवसरमा आज परिषद्लगायत विभिन्...
डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवलडाक्टर कृष्ण न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह नामक पुस्तकको परिचर्चा सम्पन्न भएको छ।शनिबार रुपन्देहीको तिलोत्तमा स्थित शहीद गंगालाल पुस्तकालयमा तिलोत्तमा साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा साहित्य संगम २४औं श्रृङ्खला कार्यक्रममा पुस्तक परिचर्चा सम्पन्न भएको हो।कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका पुर्व प्रदेश सभा सदस्य समेत रहेका लेखक डा. न्यौपानेले वोल्दै बुद्धको जिवनी र सन्देश बाट हिंसा र मतभेद रहित समाजको शिक्षा हासिल गर्न सकिने वताउदै बुद्धको मावली आफ्नै क्षेत्र रुपन्देहीकै देवदह रहेकोले पनि बुद्धकालीन देवदह नामक पुस्तक पस्कने सोच आएको वताएका छन्।उनले यसै विषयमा थेसिस समेत लेखेको वताउदै विषेश गरि बुद्धको मावली देवदह हरेक हिसाबले महत्वपूर्ण रहेको वताएका छन्।देवदहको नामाकरण समेत ( देव) देवताहरूले नुहाउने पोखरी (दह) जसका कारण देवदह नाम रहन गएको पाइएको समेत वताए।सिद्धार...
नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंरसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गरी उद्धार तथा राहतमा खटिएको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले शुक्रबार रिट दायर गरेका हुन्। रिटमा ‘ग्रिन आर्मी नेपाल’ले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न प्रयोग गर्नु संविधान तथा प्रचलित कानुनविपरीत भएको दाबी गरिएको छ। रिटमा ‘ग्रिन आर्मी नेपाल’सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद्, काठमाडौं जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका र कम्पनी रजिस्ट्रारको कार्यालयलाई विपक्षी बनाइएको छ। रिटको पहिलो पेसी आगामी सोमबारका लागि तोकिएको ...
हानि तथा नोक्सानी कोषले नेपाललाई पठायो पत्रको जवाफ

हानि तथा नोक्सानी कोषले नेपाललाई पठायो पत्रको जवाफ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाललाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचनाअन्तर्गतको हानि तथा जोखिम सम्बोधन कोष (फन्ड फर रेस्पोन्डिङ टू लस एन्ड ड्यामेज) ले जवाफ पठाएको छ। १० भदौको रसुवा बाढीमा जलवायु परिवर्तन कारक भएको भन्दै नेपालले आपतकालीन रकम उपलब्ध गराउन माग राखेर १५ भदौमा पत्राचार गरेको थियो । हानि तथा जोखिम सम्बोधन कोषको बोर्डलाई नेपालले पठाएको पत्रको जवाफ एक हप्तापछि प्राप्त भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।बोर्डले २४ भदौमा पठाएको जवाफमा नेपालले तत्काल सहयोगको अनुरोधलाई यथासम्भव छिटो सम्बोधन गर्न बोर्डसँग छलफल तथा समन्वय भइरहेको उल्लेख छ।कोषका सहअध्यक्षद्वय क्यामिला मिनर्भा रोड्रीगिज तावरेज र जर्ज ब्रोस्टिनले पठाएको पत्रमा भनिएको छ, ‘यस क्रममा, हाम्रो प्रतिक्रिया यथासम्भव शीघ्र र अर्थपूर्ण बनाउन हानी तथा जोखिम सम्बोधन कोषका विद्यमान कार्यादेश, संरचना, ढाँचा, नीति तथा क...
आज कुशेऔँसी : मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

आज कुशेऔँसी : मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार
काठमाण्डौ – वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन् । हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने गरिन्छ । धार्मिक मान्यताअनुसार यसरी विधिपूर्वक घरमा राखिएको कुशले परिवारको कल्याण हुने विश्वास गरिन्छ । आजका दिन उखेलिएको कुश वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कुश त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । कुशेऔँसीलाई बाबुको मुख हेर्ने दिन तथा पितृसम्मान दिवसका रूपमा पनि मनाइन्छ । यस दिन छोराछोरीले जीवित बाबुलाई आफूलाई मन पर्ने मिठाइ तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्छन् र बाबुको आशीर्वाद लिने चलन छ । बाबु दिवङ्गत भइसकेकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने र सिदादान गर्ने गर्छन् । ...
उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँ सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति समक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गर्न उनलाई सिफारिस गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । साहलाई मन्त्री पदमा आजै शपथ गराउने कार्यक्रम रहेको जनाइएको छ । ...
पहाड र तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

पहाड र तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, माैसम, समाचार
काठमाण्डौ – अहिले गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । गएराति बागमती प्रदेशदेखि पश्चिमका विभिन्न क्षेत्रमा हल्कादेखि केही ठाउँमा ठूलो पानी  पर्‍यो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा बर्दियामा सबैभन्दा बढी ६३ दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै, देशका पश्चिमी पहाडका धेरैजसो ठाउँमा वर्षा भएको महाशाखाले जनाएको छ । पूर्वमा भने तुलनात्मक रूपमा कम वर्षा भएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडका साथै मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण पहाडी तथा भिरालो ठाउँमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।  ...
तिलोत्तमाको सुलभ फार्मेसी विवादमा: रोक्ने कि चलाउने ?

तिलोत्तमाको सुलभ फार्मेसी विवादमा: रोक्ने कि चलाउने ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रुपन्देहीनागरिकलाई सहुलियत दरमा औषधि उपलब्ध गराउने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्याएको सुलभ फार्मेसीमा औषधी आपूर्तिको विषयलाई लिएर नगरपालिका र औषधी व्यवसायीबिच विवाद बढेको छ । नगरपालिकाले फार्मेसीका लागि आवश्यक औषधी उपलब्ध गराउन औषधी उत्पादक कम्पनी तथा थोक बिक्रेताबाट असहयोग भएको दाबी गरेको छ भने व्यवसायीहरूले भने औषधी व्यवस्था विभागमा फार्मेसी दर्ता नभएको अवस्थामा औषधि आपूर्तिका लागि गरिएको निर्देशन कानुनसम्मत नभएको बताएका छन् । नगरपालिकाले केही समयदेखि सुलभ फार्मेसी सञ्चालनमा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको भन्दै प्रेस विज्ञप्तिमार्फत त्यससम्बन्धी प्रचारप्रसारको खण्डन गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा नागरिकलाई आवश्यक औषधि सहज, सुलभ, गुणस्तरीय तथा पारदर्शी रूपमा उपलब्ध गराउने उद्देश्यले फार्मेसी सञ्चालनमा ल्याइएको उल्लेख छ ...