जेन्जी आन्दोलन र त्यसपछिको नजरिया
सुजन ज्ञवाली
१३ देखि २८ बर्ष उमेरका तातो रगत भरिएका जेन्जी युवापुस्ताले आन्दोलन को घोषणा गरे।जुन एजेन्डा उठाएर सडकमा आउने उद्घोष गरे त्यो निकै नै महत्त्वपूर्ण र अर्थपूर्ण माग थिए।बिडम्बना त्यो आन्दोलन उनिहरुले सोचे जस्तो भएन र एउटा नरसंहार मा परिणत भयो।।उक्त आन्दोलनमा ज्यान आहुती दिने सम्पुर्णमा हार्दीक श्रद्धाञ्जली।
त्यो आन्दोलन को जुन मर्म थियो र जुन उदेश्य थियो त्यसको बिपरित अर्को दिन एउटा विध्वंस देखा पर्यो।तर कतै पनि जेन्जी पुस्ताका युवाहरु त्यसमा देखिएनन।बरु त्यसमा बिघटित प्रतिनिधि सभाका सदस्य,र पाका उमेर समूह र साना बालबालिका को प्रयोग देखियो।जसको सहभागिताले देशलाइ खरानी बनाउने काम भयो।त्यो दुबै दिनको छानबिन निष्पक्ष हुन जरुरी छ र खरानिलाई उडाउने होइन त्यसमा माटो मिसाएर बीउ रोप्ने काम गरौ।खरानी उडाए केही बाकी रहदैन तर माटो मिसाए उत्पादन गर्न सकिन्छ।अब खुसी रोपौ।जनताका आ...







