काठमाडौ क्यान्सर सेन्टरद्वारा रुपन्देहीमा चिकित्सकहरूसँग अन्तरक्रिया
रुपन्देहीक्यान्सर उपचार र व्यवस्थापनमा भएका नयाँ प्रविधि तथा उपचार विधिबारे जानकारी दिने उद्देश्यले काठमाडौं क्यान्सर सेन्टरले चिकित्सकहरूसँग अङ्कोलोजीसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–स्थित मणिग्रामको ड्रीमगोल्ड रिसोर्टमा शनिबार आयोजित ‘एड्भान्सिङ ओन्कोलोजी केयर इन नेपाल’ शीर्षकको कार्यक्रममा बुटवल र भैरहवाका चिकित्सकहरूको सहभागिता रहेको थियो।
कार्यक्रम सेन्टरका कार्यकारी अध्यक्ष तथा क्लिनिकल अङ्कोलोजिस्ट विशेषज्ञ डा. सिमित सापकोटाले नेपालमा क्यान्सर व्यवस्थापनको समग्र अवस्थाबारे जानकारी गराउँदै उपलब्ध उपचार सेवा, चुनौती र आगामी सम्भावनाबारे प्रकाश पारे। उनले नेपालमै अत्याधुनिक प्रविधिमार्फत सुरक्षित क्यान्सर उपचार सम्भव भइसकेकाले अब उपचारका लागि विदेश जानुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको बताए।
कार्यक्रममा सेन्टरकी...








