Breaking news 2

मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।शाह नेतृत्वको १६ सदस्यीय मन्त्रिपरिषद्मा छ जना महिला मन्त्री नियुक्त भएसँगै सङ्ख्याका आधारमा महिला प्रतिनिधित्व करिब ३७.५ प्रतिशत पुगेको हो । यो सङ्ख्या संविधानले तोकेको न्यूनतम ३३ प्रतिशत भन्दा बढी हो । यो विश्वकै कतिपय देशका औसत प्रतिनिधित्व भन्दा उच्च रहेको प्रधानमन्त्री शाहकी प्रेस विज्ञ तथा अनुसन्धान विज्ञ दीपा दाहाल बताउछिन् ।वर्तमान सरकारमा महिलालाई केवल परम्परागत सामाजिक मन्त्रालयमा सीमित नराखी कानुन, स्वास्थ्य, कृषि, प्रशासन र उद्योग जस्ता महत्वपूर्ण तथा प्राविधिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसले महिला नेतृत्वलाई केवल सङ्ख्यामा मात्र नभई निर्णय प्रक्रियामा सशक्त बनाउने प्रयास भएको बताइएको छ । प्रधानमन्त्री शाहको नेतृत्वमा गठित सरकारलाई विश्लेषकहरूले स...
अमेरिकाको नाकाबन्दीपछि होर्मुज ठप्प

अमेरिकाको नाकाबन्दीपछि होर्मुज ठप्प

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँअमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमा जाने जहाजमाथि अमेरिकी नौसेनाले नाकाबन्दी गर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सो मार्ग प्रयोग गर्ने जहाजलाई रोकेर जाँच गरिने बताएका हुन् ।ट्रम्पका अनुसार विशेषगरी इरानलाई शुल्क तिरेका जहाजहरू कडाइका साथ निगरानीमा राखिने बताएका छन् । उनले इरानलाई गैरकानुनी शुल्क तिर्ने जहाजलाई सुरक्षित मार्ग नदिइने चेतावनी दिँदै यसबाट इरानको आर्थिक शक्ति कमजोर पार्ने उद्देश्य रहेको उल्लेख गरेका छन् ।यसअघि इरानका उपसभामुख हाजी बाबाएईले होर्मुज जलडमरूमध्य इरानको नियन्त्रणमा रहेको दाबी गरेका थिए । उनले यसलाई तेहरानको ‘रेड लाइन’ भन्दै सो मार्ग प्रयोग गर्ने जहाजले इरानी मुद्रा रियालमा शुल्क तिर्नुपर्ने बताएका थिए । यसैबीच, अमेरिका र इरानबीच पाकिस्तानमा करिब २१ घण्टा चलेको वार्ता निष्कर्षविहीन बनेको छ । रिपोर्टअनुसार होर्मुज म...
होर्मुजमा इरानको नौसेनाले अमेरिकी जहाजलाई रोक्यो

होर्मुजमा इरानको नौसेनाले अमेरिकी जहाजलाई रोक्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँहोर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी युद्धपोतसँग सम्बन्धित घटनाले फेरि तनाव बढाएको छ । रिपोर्टअनुसार ईरानी नौसेनाले एक अमेरिकी जहाजलाई होर्मुज जलडमरूमध्य पार गर्नबाट रोकेको दाबी गरिएको छ ।फार्स समाचार संस्थाका अनुसार अमेरिकी युद्धपोत संयुक्त अरब इमिरेट्सको फुजैराह बन्दरगाहबाट होर्मुज तर्फ अघि बढिरहेको थियो । सो गतिविधि देखेपछि ईरानी सेनाले निगरानी बढाएको र यसबारे पाकिस्तानमा रहेको मध्यस्थ टोलीलाई जानकारी गराएको जनाइएको छ । त्यसपछि पाकिस्तानी मध्यस्थमार्फत तत्काल अमेरिकी पक्षलाई सन्देश पठाइएको बताइएको छ ।ईरानले पठाएको सन्देशमा यदि जहाज होर्मुज नजिक पुगेमा कारबाही गरिने चेतावनी दिइएको उल्लेख छ । चेतावनीमा जहाज अघि बढे ३० मिनेटभित्र निशाना बनाउन सकिने भनिएको थियो । यसैबीच, कडा सैन्य प्रतिक्रिया र कूटनीतिक चेतावनीपछि अमेरिकी युद्धपोतलाई अघि बढ्नबाट रोकिएको दाबी गरिएको छ । यसअघि...
जेनजी घाइतेलाई निःशुल्क एमबिबीएसको अवसर दिने निर्णय नियम विपरीत छैन : शिक्षा मन्त्रालय

जेनजी घाइतेलाई निःशुल्क एमबिबीएसको अवसर दिने निर्णय नियम विपरीत छैन : शिक्षा मन्त्रालय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंशिक्षा मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबिबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको स्पष्ट गरेको छ ।चिकित्सा शिक्षा आयोगको व्यवस्थाअनुसार छात्रवृत्ति ‘मेरिट’ र कानुनी मापदण्डका आधारमा वितरण हुने गरेकामा यस वर्ष एमबीबीएस सिटका लागि विद्यार्थी छनोट भइसक्दा पनि शाहलाई नियम विपरीत कोटा दिइएको भन्दै विरोध भएपछि मन्त्रालयले स्पष्ट गरको हो ।मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार व्यवस्था गरिएको निःशुल्क छात्रवृत्ति कोटाअन्तर्गतको नभएर अतिरिक्त कोटाका रुपमा विशेष छात्रवृत्ति कोटामा अध्ययन गराउने गरी सरकारले बजेट व्यवस्थापन गरी निर्णय गरिएको स्पष्ट पारेको छ । साथै सरकारको यस निर्णयले प्रचलित कानुन बमोजिम अरु कसैले पाउने अवसरलाई संकुचन एवं बाधासमेत नपरेको मन्त्रालयले बताएको छ । जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूलाई...
आज देशका पहाडी–हिमाली क्षेत्रमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

आज देशका पहाडी–हिमाली क्षेत्रमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभाग का अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश स्थानमा मौसम सफा रहने विभागले जनाएको छ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।आज राति हिमाली ...
आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको समयमा स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएपछि मन्त्रालयले स्वास्थ्य सेवा अवरुद्ध नहुने गरी आवश्यक व्यवस्था मिलाउन देशभरका अस्पताललाई निर्देशन दिएको हो । मन्त्रालयले अस्पतालहरूले आफ्नो कार्यभार (वर्कलोड) र उपलब्ध जनशक्तिका आधारमा आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।मन्त्रालयले अस्पतालहरूले आइतबारको हकमा आफ्नो वर्कलोड र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्ने यस व्यवस्थाको लागू गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन विदा दिने व्यवस्था गर्ने र विदा दिन नसक्ने अवस्थामा सट्टा विदा उपलब्ध गराउने व्यवस्था गर्ने । प्रादेशिक अ...
इरान युद्धमा सहयोगका लागि नेटाेलाई दबाब दिँदै ट्रम्प

इरान युद्धमा सहयोगका लागि नेटाेलाई दबाब दिँदै ट्रम्प

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोलाई कडा चेतावनी दिएका छन्। साथै उनले ग्रिनल्यान्डको विषयमा आफ्नो धम्की दोहोर्‍याएका छन् । ट्रम्पको उक्त चेतावनीले अमेरिका भविष्यमा सात दशक पुरानो सुरक्षा सङ्गठनबाट बाहिर जान सक्ने डर नेटो गठबन्धनका केही सदस्यहरूमा उत्पन्न गराएको छ ।बैठकपछि नाटो महासचिव मार्क रुटसँगको छलफलमा ट्रम्पले इरानसँगको युद्धमा नेटोले आवश्यक सहयोग नदिएको अवस्थामा गठबन्धनमा भरोसा गर्न नसकिने स्पष्ट पारे ।उनले ट्रुथ सोशलमा पोस्ट गर्दै भने, “नाटो त्यहाँ थिएन जब हामीलाई उनीहरूको आवश्यकता थियो, र यदि हामीलाई तिनीहरूलाई फेरि आवश्यक पर्छ भने तिनीहरू त्यहाँ हुने छैनन् ।” उनले ग्रिनल्यान्डको बारेमा ‘ठूलो, खराब दौड, आइसको पिस’ भनेर टिप्पणी गरे, तर यसले के अर्थ राख्छ भन्ने स्पष्ट पारेनन् । पूर्व डच प्रधानमन्त्री रुटले बैठकको वातावरणलाई खुला र स्पष्ट छलफल भएको बताए । तर ...
श्रममन्त्री दीपककुमार शाह पदमुक्त

श्रममन्त्री दीपककुमार शाह पदमुक्त

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँप्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार शाहलाई पदमुक्त गरेका छन् ।यसअघि, रास्वपा सभापति रवि लामिछानेले साहलाई पदमुक्त गर्नका लागि प्रधानमन्त्रीलाई पत्र पठाएका थिए । पत्रमा भनिएको थियो, ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपक कुमार साहले मन्त्रीमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समय देखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको व्यहोरा पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट देखिएको र आयोगबाट आवश्यक कारवाहीको लागि मिति २०८२ चैत्र २५ गते पत्र प्राप्त भएको जानकारी गराउँदछु । यसबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको छ ।’पत्रमा थप भनिएको छ, ‘पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नद...
लेबनानमा इजरायलको भीषण आक्रमण: २५४ जनाको मृत्यु

लेबनानमा इजरायलको भीषण आक्रमण: २५४ जनाको मृत्यु

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंइजरायलले लेबनानको राजधानी बेरुतसहित विभिन्न क्षेत्रमा भीषण आक्रमण गरेको छ। बुधबार गरिएको आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।आक्रमणमा ११ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेको संख्या धेरै रहेकाले मृतक संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।इरानको इस्लामिक रिभोलुशनरी गार्ड्स कोर्प्सले उक्त आक्रमणको निन्दा गर्दै इजरायलले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको जनाएको छ। आक्रमणको विरोधस्वरूप इरानले हर्मुज जलघाँटीबाट तेलका ट्यांकर बाहिरिनमा रोक लगाएको उल्लेख गरिएको छ। अर्ध–सरकारी फार्स न्युज एजेन्सीका अनुसार हर्मुज जलघाँटी बन्द गर्ने निर्णय सार्वजनिक गरिएको हो। यसअघि बुधबार बिहान हर्मुज जलघाँटी खोल्ने र १४ दिनका लागि युद्धविराम गर्ने विषयमा सहमति भएको उल्लेख गरिएको थियो। सोही सहमतिअनुसार दुई वटा तेलका ट्यांकरले अनुमति लिएर जलघाँट...
बढ्यो गाडीभाडा, कहाँ जान कति लाग्छ ?

बढ्यो गाडीभाडा, कहाँ जान कति लाग्छ ?

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएपछि यातायात व्यवसायीले भाडा समायोजनको माग गरेका थिए। सोही अनुसार सरकारले अधिकतम २२ प्रतिशतसम्म भाडा बढाएको जनाएको छ।यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँसम्म घटबढ हुँदा भाडा समायोजन गर्ने व्यवस्थाअनुसार निर्णय गरिएको हो। संशोधित भाडादर लागू भएको छ।नयाँ व्यवस्थाअनुसार यात्रुबाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढेको छ। यस्तै, पहाडी क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनमा २१.६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारी साधनमा १५.७५ प्रतिशतले भाडा वृद्धि गरिएको छ। ...