Breaking news 2

नीति तथा कार्यक्रम ‘बहिष्कार’ गरेको भन्दै प्रतिपक्षी दलका सांसदले मागे प्रधानमन्त्रीको जवाफ

नीति तथा कार्यक्रम ‘बहिष्कार’ गरेको भन्दै प्रतिपक्षी दलका सांसदले मागे प्रधानमन्त्रीको जवाफ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत हुदा प्रधानमन्त्रीले गरेको व्यबहार बारे प्रश्न गरेको छ ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाहले संसद् बैठक छाडेर हिँडेको विषयमा असहमति राख्दै सो कार्य असंबैधानिक भएको बताएको छ ।काँग्रेसकी प्रमुख सचेतक बासना थापाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री संसदबाट बाहिरिनु संवैधानिक नैतिकताविपरीत भएको बताएकी थिइन् । उनले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले नै बहिष्कार गर्ने कुन संवैधानिक र नैतिक मर्यादा हो ? भन्दै यस विषयमा प्रधानमन्त्रीबाट जवाफ माग गरेकी छन् । ...
रुपन्देहीमा २३ लाख बढीको अवैध सामान बरामद

रुपन्देहीमा २३ लाख बढीको अवैध सामान बरामद

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रुपन्देहीजिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको टोलीले २३ लाख रुपैैयाँ बढीको अवैध सामान बरामद गरेको छ । सोमबार जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली, चोरी पैठारी गरेको अन्दाजी मूल्य २३ लाख ३ हजार २ सय ३७ रुपैयाँ बराबरको सामान बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।बरामद गरिएको सामानमा कैची, बोईलर कुखुरा, जेन्स टिसर्ट, जाली टोपी, पन्जा, फूल, केरा, चिनी, साडी, खुर्सानी, लेडिज सुट, गाडीमा झुण्ड्याउने झुमर, माला, कान बाली, हार, ब्रासलेट, प्याकिङ प्लाष्टिक, लेडिज सेन्डल, ललिपप मिठाई, धानको बिउ, सिसा, किराना सामान, विभिन्न कस्मेटिक सामान, मोटरसाइकल, लगायत रहेका छन् ।नियन्त्रणमा लिइएका सामान आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय तथा भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी...
ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको अल्पकालीन रोक आदेश जारी

ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको अल्पकालीन रोक आदेश जारी

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतको संबैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, विनोद शर्मा र शारङ्गा सुवेदीसहितको संवैधानिक इजलासले बहुमतका आधारमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यस रिटमा न्यायाधीशद्वय विनोद शर्मा र शारङ्गा सुवेदीले फरक मत राखेका थिए । साथै, सर्वोच्चले दुवै पक्षलाई अन्तरिम आदेस बारे छलफल गर्न जेठ ६ गते बोलाएको छ ।आदेशमा भनिएको छ- 'हाललाई केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा १० कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९ को उपनियम (४) बमोजिम विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।’ न्यायाधीशद्वय सुवेदी र शर्माले अल्पकालीन आदेश जारी ग...
भित्रिँदै पानी पार्ने वायुप्रणाली, देशभर वर्षाको सम्भावना

भित्रिँदै पानी पार्ने वायुप्रणाली, देशभर वर्षाको सम्भावना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंदेशभर वर्षा गराउने पश्चिमी वायुको अर्को एक प्रणालीले नेपाल भित्रिँदै छ । यो प्रणालीले मध्यमदेखि भारी वर्षा गराउने र जाडो महसुस हुने पूर्वानुमान छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका अर्का सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी वायुले उत्तरतिरको चिसो हावा नेपाल ल्याउने र यसै हप्ता वर्षासँगै जाडो महसुस हुने जानकारी दिए । उनका अनुसार वैशाख २८ गते रातिदेखि नेपालभर राम्रै वर्षा हुने सम्भावना छ । अर्का मौसमविद उज्ज्वल उपाध्याय पनि यही सोमबार र मंगलबारदेखि काठमाडौं उपत्यकासहित देशभर मध्यमसम्मको र एक–दुई ठाउँमा भारी वर्षा पनि हुनसक्ने सम्भावना रहेको बताउँछन् । यो प्रणालीले श्रीलंका र भारतका तमिलनाडु, आन्ध्र प्रदेशतिर त यसको अझ बढी प्रभाव पर्ने अनुमान गर्दै उनी भन्छन्, ‘यो प्रणाली नेपालभर एकदमै छिटो फैलिने सम्भावना छ र देशभर वर्षा गराउने छ ।’ यस्तो छ द...
वैशाख २८ देखि देशभर सरसफाइ सप्ताह मनाइने

वैशाख २८ देखि देशभर सरसफाइ सप्ताह मनाइने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर सरसफाइ सप्ताह २०८३ सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ।​स्वास्थ्यमन्त्रीद्वारा अभियानको शुभारम्भयस राष्ट्रिय अभियानको औपचारिक उद्घाटन आगामी वैशाख २८ गते बिहान ८:३० बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताको उपस्थितिमा हुने तय भएको छ। यस अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३ समावेश छ। सरकारी कार्यालयहरूमा नियमित सरसफाइ र फोहोर व्यवस्थ...
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँहाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसको प्रभावले हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ ।आज दिउसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भूभाग लगायत बाँकी प्रदेशको पहाडी र हि...
अर्थतन्त्र उकास्नुनै प्रमुख आवश्यकता रहेको, राष्ट्रिय सञ्चार सम्मेलनमा पहिलो दिनको निश्कर्ष

अर्थतन्त्र उकास्नुनै प्रमुख आवश्यकता रहेको, राष्ट्रिय सञ्चार सम्मेलनमा पहिलो दिनको निश्कर्ष

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थनको पहिलो दिन शनिबारको बहसले अर्थतन्त्र उकास्नुनै प्रमुख आवश्यकता रहेको निश्कर्ष निकालेको छ।आज देखि बुटवल उद्योग वाणीज्य संघको सभाहलमा ३ दिनसम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट विभिन्न जिल्लाका महासंघ प्रतिनिधि, केन्द्रीय नेताहरु, विभिन्न पत्रकार सम्बद्ध संघ-संगठनका अध्यक्षहरु, राष्ट्रिय स्तरका तथा मोफसलमा रहेका सञ्चार माध्यमहरुमा लामो समय अनुभवप्राप्त व्यक्तित्वहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको छ।जस अन्तर्गत पहिलो दिन शनिबार ३ वटा कार्यक्रम जसमा सञ्चार माध्यमका सञ्चालक संग सञ्चारमाध्यमका अवसर, चुनौती र समाधानका विषयमा वहस भएको छ।त्यसैगरी स्थानीय सरकारका जनप्रतिनिधिसंग स्थानीय सरकारको भूमिका, थप प्रभावकारी वनाउन आवश्यक योजनासंगै स्थानीयस्तरका सञ्चारमाध्यमलाई व्यवसायीक रुपमा सहयोग गर्...
बुटवलमा आजदेखि तीन दिने राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना

बुटवलमा आजदेखि तीन दिने राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आज (शनिबार)देखि बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थनको आयोजना हुने भएको छ । बुटवल उद्योग वाणीज्य संघको सभाहलमा ३ दिनसम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट विभिन्न जिल्लाका महासंघ प्रतिनिधि, केन्द्रीय नेताहरु, विभिन्न पत्रकार सम्बद्ध संघ-संगठनका अध्यक्षहरु, राष्ट्रिय स्तरका तथा मोफसलमा रहेका सञ्चार माध्यमहरुमा लामो समय अनुभवप्राप्त व्यक्तित्वहरुको सहभागिता रहने महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए । सम्मेलनमा विभिन्न ९ वटा विषयमा समुहगत छलफल (प्यानल डिस्कसन) हुने भएको छ । जस अन्तरगत पहिलो दिन ३ वटा र दोस्रो दिन ६ वटा विषयमा समुहगत छलफल गरिने सचिव सीपी खनालले जानकारी दिए । तेस्रो दिन देशभरबाट सहभागी प्रतिनिधिहरु बीच प्रदेशगत रुपमा पत्रकारिताको विगत, वर्तमान र भविष्य बारे चुनौतिसहित अवसर बारेमा छलफल गरि निश्कर्ष ...
कम्बोडियामा रहेका २ सय ११ नेपाली बैंककस्थित नेपाली दूतावासको सम्पर्कमा, २७ जना कारागारमा

कम्बोडियामा रहेका २ सय ११ नेपाली बैंककस्थित नेपाली दूतावासको सम्पर्कमा, २७ जना कारागारमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंकम्बोडियामा अवैध रूपमा रहेका २ सय ११ जना नेपाली थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् ।आफूहरूलाई उद्धार गरी स्वदेश फर्काइदिन अनुरोध गर्दै उनीहरू दूतावासको सम्पर्कमा आएका हुन् । बैंककस्थित नेपाली दूतावासले कम्बोडिया समेत हेर्ने गर्छ ।यस राजदूतावासले कम्बोडियामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने उद्देश्यले अनलाइन फाराम भर्न अनुरोध गरेअनुसार हालसम्म २११ जना नेपालीहरूले उक्त फाराम भर्नुभएको छ, जसमा ९ जना महिला रहेका छन्,” बैंककस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।दूतावासका अनुसार सम्पर्कमा आएका २११ जना नेपालीहरू सन् २०२२ मे महिनादेखि २०२६ मे महिनासम्म कम्बोडिया पुगेको हुन् । “ट्राभल डकुमेन्ट आवश्यक रहेको भनी ७ मे २०२६ दिउँसो ४ बजेसम्म फाराम भरी विवरण उपलब्ध गराउनुभएका व्यक्तिहरूको ट्राभल डकुमेन्ट तयार गरी कम्बोडिया पठाइसकिएको ...
आज विश्व रेडक्रस दिवस मनाईदै

आज विश्व रेडक्रस दिवस मनाईदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौआज विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरेर मनाइँदैछ ।सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाइन्छ । यस बर्षको विश्व रेडक्रस दिवसको विषयवस्तु 'मानवतामा एकताबद्ध' भन्ने रहेको छ, जुन संकटको समयमा करुणाका साथ काम गर्ने स्वयंसेवक र कर्मचारीहरूको शक्तिमा केन्द्रित छ । यो विषयवस्तुले विभाजित संसारमा एकता, सामुदायिक लचिलोपन र मानवीय कार्यको संरक्षणमा जोड दिएको छ । नेपालमा रेडक्रस अभियानको एक अभिन्न अंकका रूपमा विसं २०२० भदौ १९ गते स्थापना भएको हो । हाल नेपाल रेडक्रसका सातै प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा कार्यालय, सबै स्थानीय तहमा गरी एक हजार छ सय १५ उपशाखा कार्यालय र छ हजार ९३४ जुनियर तथा युवा सर्कल छन् । समुदायस्तरसम्म फैलिएका यी स...