मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प: के कति क्षति पुग्यो ?
काठमाडौँमंगलबार राति गएको भूकम्पका कारण मुस्ताङको लोमन्थाङमा केही घर भत्किएका छन् । लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार वडा नम्बर ३ मा केही घर भत्किएको र चर्किएको पाइएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५३ मिनेट जाँदा लोमन्थाङ आसपास केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का मुस्ताङका आसपासका जिल्लासहित काठमाडौंमा समेत महसुस भएको थियो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार भूकम्पका कारण कुनै मानवीय क्षति भएको छैन । उनले भनिन्, 'मानवीय क्षति भएको छैन । भौतिक संरचनामा के कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको छ । एकीकृत विवरण आइसकेको छैन । लोमन्थाङमा केही घरहरू भत्किएको खबर छ ।'जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डीएसपी रामचन्द्र तिवारीले लोमन्थाङमा प्राय: माटोका घरहर...






