Breaking news 1

यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना

यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार ३, मंगलबार) कुन-कुन प्रदेशमा कत्रो वर्षाको सम्भावना छ भन्ने विषयमा जानकारी दिएको छ। मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसो: सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ। आज राति: कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भ...
सभामुखले अवरोध बेवास्ता गरेपछि वेल घेरेर उत्रिए रास्वपा सांसद

सभामुखले अवरोध बेवास्ता गरेपछि वेल घेरेर उत्रिए रास्वपा सांसद

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसदमा विरोध गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गरेपछि वेल घेराउ गर्दै नाराबाजी गरेका छन्। सभामुख घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरू उठेका थिए। सभामुखले त्यसक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिए। लिङ्देनले जबर्जस्ती बैठक नचलाउन आग्रह गर्दै, आफूहरू बैठक बहिष्कार गर्ने र त्यस दिनको बैठक भत्ता नलिने चेतावनीसमेत दिए। त्यसपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई पनि सभामुखले बोल्न समय दिए। परियारले पनि संसद जबर्जस्ती चलाउनु नहुने भन्दै बैठक रोक्न माग गरे। तर सभामुख घिमिरेले आग्रह अस्वीकार गर्दै बैठक अघि बढाए...
नेपालले बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरु 

नेपालले बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरु 

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, समाचार
काठमाडौं नेपालले आजदेखि बंगलादेशमा नियमित रूपमा ४० मेगावाट विद्युत निर्यात गर्न थालेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शनिबार रातिदेखि नै यो विद्युत निर्यात सुरु भएको जानकारी दिएका छन्। मन्त्री खड्काले आजको दिनलाई ऐतिहासिक उपलब्धि भएको बताएका छन्।गत वर्षबाटै नेपालले बंगलादेशलाई एकदिनका लागि विद्युत निर्यात गरेको थियो, जुन औपचारिकता मात्र थियो। अब भने नियमित रुपमा नेपालबाट तेस्रो मुलुकमा विद्युत निर्यात हुन थालेको छ। नेपालले भारतको ग्रिडमार्फत बंगलादेशलाई विद्युत पठाउन थालेको हो। साथै ऊर्जा मन्त्री खड्काले बिहार राज्यलाई समेत ८० मेगावाट विद्युत निर्यात थालिएको बताए। ...
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने निश्चित भएको छ । प्रधानमन्त्री ओलीकाे भारत भ्रमण पछिल्लो भेटघाटले निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारत भ्रमणमा जाने मिति तय भइनसके पनि तयारी भने थालिएको मन्त्रालयका एक अधिकारीले बताए । परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास यसकाे तयारीमा जुटेको छ । भ्रमणमा के–के विषयमा छलफल हुने, समझदारी र सम्झौता हुने त्यसको खाका तयार भइरहेको मन्त्रालय स्रोतको भनाइ छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले तयारी धेरै अघिदेखि भएको र पछिल्लो अपडेट के छ त्यो बुझेर मात्र भन्न सकिने बताए । भ्रमणको मिति तय भइसकेपछि सबैलाई यसबारे जानकारी दिइने उनले बताए । प्रधानमन्त्री ओली असार १५ गते स्पेन भ्रमणमा जाँदैछन् । उताबाट फर्केपछि भारत भ्रमण तालिकाबारे छलफल हुने उनको भनाइ थियो । भारतीयसँग ओलीको सम्बन्ध चिसिँदै ग...
तीनकुने घटना: दुर्गा प्रसाईँसहित ७ जनालाई थुनामै राख्न जिल्ला अदालतको आदेश

तीनकुने घटना: दुर्गा प्रसाईँसहित ७ जनालाई थुनामै राख्न जिल्ला अदालतको आदेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन आदेश दिएको छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार मध्यराति गरेको आदेशअनुसार दुर्गा प्रसाईंसहित ७ जना अभियुक्त यस मुद्दाको किनारा नलाग्दासम्म थुनामै बस्नुपर्नेछ। यद्यपि जिल्ला अदालतको आदेश चित्त नबुझे उच्च अदालत जाने कानुनी बाटो भने खुला छ। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएकाहरुमा तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशब बस्नेत र कुमार तामाङ छन्। अन्य ३२ अभियुक्तलाई धरौटीमा छाड्न अदालतले भनेको छ। चैत १५ गतेको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। आन्दोलनकारीले आगो लगाउँदा पत्रकार सुरेश रजकको जलेर ज्यान गएको थियो। निजी तथा सार्वजनिक घर तथा सम्पत्ति तोडफोड, आगजनी र लुटपाट पनि...
प्रतिनिधिसभा अवरोध हटाउन सभामुख र प्रचण्डबीच छलफल

प्रतिनिधिसभा अवरोध हटाउन सभामुख र प्रचण्डबीच छलफल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल जारी छ।छलफलमा उपसभामुख इन्दिरा रानामगर र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन्। विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने अडानमा रहेकाले संसद् अवरुद्ध गरिरहेका छन्। उनीहरूले जेठ १३ गतेदेखि सदन अवरुद्ध पार्दै आएका छन्। जेठ १५ मा बजेट पेस गर्ने भनिए पनि विपक्षी दलहरूले सबै बैठकमा विरोध जनाउँदै आएका छन्। सत्तापक्ष भने गृहमन्त्रीमाथि छानबिन हुन नसक्ने दोहोर्‍याउँदै आएको छ। ...
देशभर पानी पर्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर पानी पर्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (जेठ २९, बिहीबार) को सम्भावित वर्षाबारे संक्षिप्त जानकारी दिएको छ। मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिअनुसार, आज दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। आज राति: कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको प...
भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा प्रशासनले लगायो ताला

भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा प्रशासनले लगायो ताला

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
भैरहवा भैरहवामा सञ्चालित अवैध स्वास्थ्य संस्थामा बुधबार अनुगमन टोलीले ताला लगाएको छ । जिल्लास्तरीय संयुक्त अनुगमन समितिले दर्ताविनै संचालित १० वटा व्यवसायिक स्वास्थ्य संस्थालाई बन्द गराएको हो । अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै संचालनमा रहेको पाइएपछि ती व्यवसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले जानकारी दिए । अनुगमन समितिले ८ वटा क्लिनिक र २ वटा ल्याब बन्द गरेको हो । १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरिएकोमा १० वटा बन्द गरिएको रानाले बताए । ‘दर्ताविनै गैरकानूनी रुपमा स्वास्थ्य संस्था संचालनमा रहेको भन्दै प्रशासनमा उजुरी आएको थियो’, उनले भने, ‘यसलाई आधार मानेर अनुगमन गर्दा अधिकांश गैरकानूनी रुपमा संचालिन रहेको पाइएको छ । कतिपय क्लिनिकले विरामी भर्ना गरेरै उपचार गरिरहेको पनि ...
संवैधानिक नियुक्तिको फैसलाअघि तीव्रगतिमा अख्तियार, महिनामै दर्जन ठूला मुद्दा

संवैधानिक नियुक्तिको फैसलाअघि तीव्रगतिमा अख्तियार, महिनामै दर्जन ठूला मुद्दा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा गरिएको ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेका रिटको छिनोफानो हुने दिन नजिकिँदै गर्दा भ्रष्टाचार मुद्दा अभियोजनले तीव्रता पाएको छ । अख्तियारले जेठमा मात्रै २६ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ ।  अख्तियारले पछिल्लो समय दिनहुँजसो मुद्दा अभियोजन गरिरहेको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार सोमबार एकै दिन ६ मुद्दा विशेष अदालतमा दर्ता गरिएको छ । अख्तियारले चालु आर्थिक वर्षमा हालसम्म १ सय १८ मुद्दा दायर गरेको छ । सुरुका ६ महिना (साउन–पुस) मा ४६ मुद्दा दायर भएकामा त्यसपछिका पाँच महिना (माघ–जेठ) मा ७२ वटा मुद्दा विशेष अदालत लगिएका छन् । सर्वाधिक मुद्दा दायर गरिएको महिना जेठ हो । अभियोग लागेका व्यक्तिको पद र बिगोका हिसाबले यही महिनामै सबैभन्दा ठूला मुद्दा दायर भएका छन् । पतञ्जलि योगपीठ तथा ...
१३ खर्ब ५६ अर्ब ६१ करोड दश महिनामा विप्रेषण आप्रवाह

१३ खर्ब ५६ अर्ब ६१ करोड दश महिनामा विप्रेषण आप्रवाह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं चालु आर्थिक वर्षको दश महिनामा रु १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक प्रतिवेदनअनुसार गत वैशाख मसान्तसम्म उक्त रकम स्वदेश भित्रिएको हो ।  वैशाख महिनामा मात्र रु एक खर्ब ६५ अर्ब ३० करोड भित्रिएको थियो । गत वैशाख मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि  चार लाख पाँच हजार ६१० जनाले अन्तिम स्वीकृति र दुई लाख ८० हजार ३१४ ले पुनः श्रम स्वीकृति लिएका छन् । प्रतिवेदनअनुसार वैशाख मसान्तसम्ममा मुलुकको चालु खाता रु दुई खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो । वैशाख मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर रु आठ अर्ब ४८ करोड रहेको छ भने रु १० अर्ब ६० करोड बराबर प्रत्यक्ष वैदेशिक लगा...