नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अन्तिम सुनुवाइ सुरु


काठमाडौँ

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने योजना अन्तर्गत दायर मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु हुने भएको छ ।

जिल्ला अदालत काठमाडौँमा करिब दुई वर्षदेखि विचाराधीन रहँदै आएको उक्त मुद्दा बुधबारदेखि अन्तिम बहसका लागि पेशी तोकिएको हो । पछिल्लो समय साक्षी बयान र बकपत्र प्रक्रिया पूरा भएपछि यो मुद्दालाई नियमित साप्ताहिक पेशी सूचीमा राखिएको हो ।
यस प्रकरणमा तत्कालीन जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रारम्भिक प्रमाणका आधारमा पक्राउ परेकाहरूमाथि कसुर देखिँदै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

पछिल्लो चरणमा केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटेका छन् भने बाँकी अहिले पनि थुनामै रहेका छन् ।

यस प्रकरणमा अघिल्ला दुई वर्ष २०८०र ८१ मा मुद्दाले प्राथमिकतै पाएन । वैशाखयता मात्रै शरणार्थी प्रकरणको मुद्दामा १० पटक साप्ताहिक र १६ पटक पूरक पेसी चढेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, किर्ते, सङ्गठित अपराध तथा राज्यविरुद्धको अपराधका अभियोगमा १० जेठ २०८० मा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

छुटाउनुभयो कि ?

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

बुटवलबलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्...
दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

काठमाडौंकाठमाडौंको थापाथलीको सुकुम्वासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन् । अस्थायी बास...
बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...