नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अन्तिम सुनुवाइ सुरु


काठमाडौँ

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने योजना अन्तर्गत दायर मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु हुने भएको छ ।

जिल्ला अदालत काठमाडौँमा करिब दुई वर्षदेखि विचाराधीन रहँदै आएको उक्त मुद्दा बुधबारदेखि अन्तिम बहसका लागि पेशी तोकिएको हो । पछिल्लो समय साक्षी बयान र बकपत्र प्रक्रिया पूरा भएपछि यो मुद्दालाई नियमित साप्ताहिक पेशी सूचीमा राखिएको हो ।
यस प्रकरणमा तत्कालीन जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रारम्भिक प्रमाणका आधारमा पक्राउ परेकाहरूमाथि कसुर देखिँदै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

पछिल्लो चरणमा केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटेका छन् भने बाँकी अहिले पनि थुनामै रहेका छन् ।

यस प्रकरणमा अघिल्ला दुई वर्ष २०८०र ८१ मा मुद्दाले प्राथमिकतै पाएन । वैशाखयता मात्रै शरणार्थी प्रकरणको मुद्दामा १० पटक साप्ताहिक र १६ पटक पूरक पेसी चढेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, किर्ते, सङ्गठित अपराध तथा राज्यविरुद्धको अपराधका अभियोगमा १० जेठ २०८० मा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

छुटाउनुभयो कि ?

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...
भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...